समाचार

नगरपालिकाले आफैं उठाउन थाल्यो फोहोर

छोरा स्कुल पुर्याउन जादा आमाको दुर्घटनामा ज्यान गयो

छोरालाई स्कुल पुर्याउन हिँडेकी बिर्तामोड नगरपालिका–१ निवासी २६ वर्षीया होमा धितालको स्कुल बसको ठक्करबाट मृत्यु भएको छ । छ वर्षीय छोरा इसानलाई स्थानीय हिमरेश बोर्डिङ स्कुल पुर्याउन साइकलमा पछाडि राखेर हिँडेकी उनलाई एमिटी एजुकेसन फाउन्डेसन बिर्तामोडको मे १ ख २२८ नम्बरको बसले अतिथि सदन सडकखण्डमा ठक�. . .


डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप

इनरुवा, २१ जेठ : बिरामी भएर जिल्ला अस्पताल इनरुवा सुनसरीमा भर्ना भएकी एक महिलाको मृत्यु भएपछि आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । दमको बिरामी भएर अस्पताल भर्ना भएकी सुनसरीको मधेशा–१ बस्ने ६० वर्षीया दीर्घमाया कटवालको उपचार अभावले मृत्यु भएको भन्दै मृतकका आफन्त र छिमेकीले ब. . .


इटहरी क्षेत्रमा मोटरसाइकल चोरीमा संगठित गिरोह सक्रिय

इटहरी, २१ जेठ : पछिल्लो समय इटहरी र आसपासको क्षेत्रमा मोटरसाइकल चोरीमा संगठित गिरोह सक्रिय रहेको पाइएको छ । दर्जनौं मोटरसाइकल चोरी भइसक्दा पनि प्रहरीले चोरलाई समाप्त सकेको छैन । केही दिनअघि मात्रै इटहरीस्थित प्लस कम्युनिकेशनका विनोद चौधरीको मोटरसाइकल चोरी भएको छ । कार्यालयको ताला फोरेर मोटरसाइकल चो�. . .


आमा छोराले गरे आत्महत्या

 तेह्रथुम/ तेह्रथुममा एक परिवारका आमाछोराले आत्महत्या गरेका छन् । मोरहाङ–३ बस्ने २० वर्षीया चित्रमाया लिम्बु उनकै घरको धुरीमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएर मृत्यु भएको र उनका २ वर्षीय छोरा हाङगु लिम्बु ओछ्यानमा बुधबार मृत अवस्थामा फेला परेका हुन् । घटनाको कारण खुल्न सकेको छैन् । प्रहरीले अन. . .


कवाडीको सामान भन्दै ल्याइएको पोकाभित्रबाट कम्प्युटरको पार्टपुर्जा बरामद

विराटनगर, २० जेठ : कवाडीको सामान भन्दै ल्याइएको पोकाभित्रबाट प्रहरीले विराटनगरमा कम्प्युटरको पार्टपुर्जा बरामद गरेको छ । विराटनगर–१७ स्थित राजमार्गमा कवाडीको गोदाम अगाडि थुपारिएको अवस्थामा इलाका प्रहरी कार्यालय रानीले भण्डै ७० पोका नयाँ तथा पुराना विद्युतीय सामग्रीको पोका नियन्त्रणमा लिएको छ । व. . .


९० देखी १०४ बर्षसम्मका जेष्ठ नागरिकहरुलाई सम्मान

सुमन सुस्केरा विराटनगर, २० जेठ ः नेपाल ग्रामिण बिकास समाज केन्द्र मोरङ र टंकिसिनवारी गाबिसले ३० जना जेष्ठ नागरिकहरुलाई आज सम्मान गरेको छ । जिबिस मोरङको सहयोगमा ९० बर्ष भन्दा माथिका ३० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । ९० देखी १०४ बर्षसम्मका जेष्ठ नागरिकहरुलाई जिविसका योजना अधिकृत डमरुबल्लभ . . .


आज देखि १२ कक्षाको परीक्षा

  बिराटनगर । भुकम्पले सरेको उच्च माध्यमिक बिद्यालयको परिक्षा २० जेठ बुधबारदेखी सुरु हुँदैछ। भुकम्पले अति प्रभाबित बनाएका सात जिल्ला बाहेकका सबै जिल्लामा कक्षा १२ को परिक्षा २० जेठ देखी र कक्षा ११ को १ असारदेखी सुरु भएको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । एक महिना पहिलै नै हुनुपर्ने उमाबि अन्�. . .


जिल्ला प्रशासन कार्यालय सुनसरीको चरम लापरबाही,एउटै नम्बरबाट दुई नागरिकता

इनरुवा, १९ जेठ : जिल्ला प्रशासन कार्यालय सुनसरीको चरम लापरबाहीका कारण एउटै नम्बरबाट दुईजना व्यक्तिले नागरिकता पाएको खुलासा भएको छ । इटहरी–५ की अनुजा सापकोटाको नागरिकतामा अर्कै व्यक्तिको नागरिकता नम्बर अंकित भएको खुलासा भएको हो । २०६१ असार ४ गते प्रशासकीय अधिकृत विश्वराज नेपालले प्रमाणित गरेको अनुज�. . .


दुर्गापुरी आम्बारी सडक फराकिलो हुँदै

राजघाट जेठ १९ गते । मोरङको राजघाटमा विकासको लहर चलेको छ । मंगलवारबाट राजघाटको दुर्गापुरी देखी आम्बारीसम्मको भित्री सडकको स्तरोउन्नतीको लागि बाटोको चौडाई बढाउन सुरु गरिएको छ । उक्त वाटोको चौडाई बढाएर ४० फुटेबाटो बनाइने भएको हो । जसको लागि स्थानीय उपभोक्ताले प्रतिफुटको २५ रुपैयाका दरले एक्जाभेटर लग�. . .


कुवेतमा गाडीको ठक्करले मोरङका छविलालको मृत्यु

  उर्लाबारी । कुबेतमा गल्फ कन्सल्ट कम्पनिमा कार्यरत मोरङको उर्लाबारी–९ का ४० बर्षीय छविलाल पौडेलको सोमबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।बिहान करिब १० बजे कम्पनीको काम गर्ने क्रममा निस्केका उनको गाडीको ठक्करबाट घटना स्थलमै मृत्यु भएको जनाइएको छ । बिगत १६ बर्ष देखि कुवेतमा कार्यरत उनी १३ बर्ष. . .


नक्सापास नगरी बनाइएका बिराटनगरका घर पनि भत्किने

मोरङ, १९ जेठ– विराटनगर उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि बनाइएका घर विराटनगर उपमहानगरपालिकाले भत्काउने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीका अनुसार उपमहानगर क्षेत्रमा नक्सापास नगरी दुई तलाभन्दा माथि घर निर्माण गरेको पाइएमा भत्काउन लागिएको हो । सरकारी. . .


चट्याङले लागेर सुनसरी र सप्तरीमा तीन जनाको मृत्यु

 प्रबिन दाहाल बिराटनगर जेठ १९/पानीसँगै परेको चट्याङले लागेर सुनसरी र सप्तरीमा तीन जना महिलाको मृत्यु भएको छ । हिजो साँझ परेको चट्याङले लागेर सुनसरी तनमुना ५ बस्ने ५५ वर्षकी सावित्रीदेवी साह, नर्सिङ ३ बस्ने ४५ वर्षकी लक्ष्मी मण्डल र सप्तरी कंचनपुर नगरपालिका ४ बस्ने ५० वर्षकी मञ्जुदेवी साहको मृत्यु भ�. . .