समाचार

विराटनगरमा ४ घण्टा बैंक तथा निर्माण सामग्रीका पसल खोल्न दिने तयारी

विराटनगर जेठ ९,  विराटनगरमा बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने गरि टाइम कार्ड बनाउने तयारी गरेको छ। महानगरपालिकाको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउनका बेला पनि विकास–निर्माणका काम नरोक्न निर्माण सामग्रीका पसल खोल्ने निर्णय गरेको हो। महानगर प्रमुख भीम पराजुली�. . .


मोरङको लेटाङमा सम्भावित कोरोना जोखिम कम गर्न नगर सिल गर्ने निर्णय

नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमण हुनेको संख्या बढिरहेको छ । विषेशगरी प्रदेश नम्बर १ मा पनि संक्रमित बढ्दै गएको अवस्थामा सबै नगरपालिका तथा गाउँपालिकाहरु सचेत भएको अवस्था रहेको छ । यसै महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मोरङको लेटाङ नगरपालिकाले पनि नगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । . . .


विराटनगरमा आफ्नै छोराहरु मिलेर गरे बुबाको हत्या, यस्तो थियो घटना

विराटनगर । विराटनगर १४ झटियारि स्थित आफ्नै घरभित्र गाडिएको अवस्थामा बुधबार साझ शव फेला परेका ६९ वर्षिय सत्यराम भनिने सिताराम चौहानको हत्यामा उनकै दुई छोराको संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बावुको हत्या आरोपमा प्रहरीले जेठा छोरा रोहित र माइला छोरा नागेन्द्र चौहानलाई पक्राउ गरेको हो ।. . .


खोटाङमा सबै नाका बन्दः पैदल आवत जावतमा समेत रोक

खोटाङ । कोरोना भाइरसको जोखिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको हो । गाउँपालिकास्तरीय कोरोना भाइरस �. . .


अपडेट : संक्रमित संख्या ४४४ पुग्यो , सबै नयाँ संक्रमित प्रदेश १ का

काठमाण्डौ - नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो । झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २. . .


प्रदेश नम्बर १ मा थप ७ जना कोरोना संक्रमित, नेपालमा संख्या ४३४ पुग्यो

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै प्रद. . .


अपडेट : विराटनगरमा घर भित्रै गाडेको अवस्थामा भेटिएको शव घरधनी सत्यनाराण कै हुन सक्ने प्रहरीको आशंका

विराटनगर । विराटनगर १४ झटियाई स्थित एक घरमा शव गाडेको अवस्थामा भेटिएको छ । ५५ वर्षीय सत्यनारायण चौहानको घरमा भित्र गाडिएको अवस्थामा शव भेटिएको हो । फेला परेको शव धरधनी सत्यनारायण कै हुन सक्ने मोरङ प्रहरीले आशंका गरेको छ । बाबु छोरा मात्रै बस्दै आएका सत्यनारणको घरमा बुधबार बेलुकी शव फेला परेको हो । स�. . .


काठमाण्डौबाट पैदल आएका आठ भारतीय मजदुर हाल विराटनगरमा,आफ्नै देश फर्कने चाहाना

विराटनगर । सिहारा क्वारेन्टाईनबाट आएका ८ जना भारतीय मजदुरलाई युवा नेता वोसिम आलमको नेतृत्वमा उद्धार गरिएको छ । सिराहाबाट एम्बुलेन्सबाट मोरङको धनपालथान कदमामा आइपुगेका मजदुरहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङको आग्रमा मंगलबार १२ बजे राती उद्धार गरेको युवा नेता वोसिम आलमले बताए । आलमको अनुसार उन�. . .


प्रदेश नम्बर १ कोरोना अपडेट : आजसम्म १३ हजार ५ सय ४४ जनाको नमुना परीक्षण

विराटनगर । प्रदेश १ मा १३ हजार ५ सय ४४ जनाको नमुना परीक्षण गर्दा ६६ जनामा कोरोना देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पीसीआर) विधि र द्रुत परीक्षण विधिबाट परीक्षणलाई तीव्रता दिइएसँगै संक्रमणको दर पनि बढ्न गए�. . .


मोरङमा दन्त उपचार बन्द गर्न अपिल, कोरोनाको जोखिम कारण

विराटनगर जेठ ७, कोरोनाबाट दन्त चिकित्सकहरु बढी जोखिममा हुने भएको भन्दै मोरङमा डेन्टल उपचार बन्द गर्न आव्हान गरेको छ । विश्वभरी संक्रमण फैलिरहेको कोभिड-१९ को संक्रमण फैलिने मुख्य माध्यम नाक तथा मुखबाट निस्किने थुक जन्य पदार्थ भएकाले कुनै पनि दन्त उपचारको क्रममा यस्ता मुखबाट निस्किने थुकहरु फैलिने �. . .


विराटनगर १४ मा घरभित्र गाडेको अवस्थामा शव भेटियो

विराटनगर वडा नम्बर १४ झटियाइमा घर भित्रै गाडेर राखेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । घटनास्थलमा पुगेको प्रहरीले शव खनेर निकाल्ने कार्य गरिरहेको छ । घटनास्थलमा हाम्रा सहकर्मी पुग्नुभएको छ यस घटनाबारे थप जानकारी केहि बेरमै अपडेट गराउने छौं ।. . .


चक्रवतको प्रभाव नेपालमा : मोरङमा पनि सतर्क रहन जिल्ला प्रशासनको आग्रह

विराटनगर । भारतको उडिसा र वेष्ट बगांल क्षेत्रमा विकसित शक्तिशाली आँधी अर्थात् चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङद्धारा जिल्लावासीलाई सर्तक रहन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार एक सुचना जारी गर्दै सम्पुर्ण जिल्लावासीलाई सर्तक रहन आग्र�. . .