समाचार

साढे चार केजी आइस ड्रग्ससहित पोर्चुगिज नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं, ३ साउन । साढे चार केजी आइस ड्रग्ससहित जापान जान लागेका एक पोर्चुगिज नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्। २५ वर्षीय मेन्डिज पेरिरा टिआगो भारत हुँदै जापान जान लागेका थिए। इन्डियन एयरबाट नयाँ दिल्ली प्रस्थान गर्नुअघि चेकजाँच कक्षमा मेन्डिस समातिएका हुन्। मेन्डिसले मोबाइल र पर्स�. . .


युवतीसंग होटलमा बसेका युवा मृत भेटिए, युवती पक्राउ

तुलसीपुर,३ साउन । दाङको तुलसीपुर स्थित घोराही रोडमा रहेको मानसरोवर होटेलमा बास बस्न गएका कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर २ बस्ने अन्दाजी २९ बर्षीय रमेश हमाल होटेलको कोठा भित्र झुन्डिएको अवस्थामा मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानका�. . .


रोजगारीको प्रलोभन देखाई काश्मिर लैजाँदै गर्दा मोरङबाट १० जनाको उद्धार, तीन जना पक्राउ

विराटनगर , ३ साउन। रोजगारी दिलाउनेभन्दै अवैध बाटोबाट भारतको काश्मिर लैजान लागेका १० जनालाई मोरङ प्रहरीले उद्धार गरेको छ । प्रलोभन देखाउँदै ललाई फकाई भारत लैजान खोज्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ उर्लाबारी नगरपालिका वडा नं. ४ बस्ने विभिन्न १० जना व्यक्तिहरु (पुरुष ८ र महिला २) लाई बिहीबार �. . .


कान्तिपुर कलेजले गर्यो अभिमुखिकरण गोष्ठी तथा स्वागत

विराटनगर, ३ साउन । नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी विराटनगरमा १० मा रहेको कान्तिपुर कलेजले एक दिने अभिमुखिकरण गोष्ठी तथा नयाँ बिद्यार्थीलाई स्वागत गरेको छ । कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट संकायमा पाँचौ औं ब्याचका ६ सय ९० जना विद्यार्थीहरुलाई कलेजको बा�. . .


विराटनगरबाट पक्राउ परेका शसस्त्रका हवल्दारसँग कनेक्सन रहेका लागुऔषधका व्यापारी पक्राउ

विराटनगर ३ साउन । लागुऔषधसहित पक्राउ परेका सशस्त्र प्रहरीका हवल्दासँग कनेक्सन देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । लागुऔषधका व्यापारी धरान उपमहानगरपालिका–६ का सुनिल भनिने चन्द्रबहादुर रानामगरलाई पक्राउगरि विराटनगर ल्याइएको हो । सशस्त्रका सहायक हवल्दार ३१ वर्षीय पूर्णबहादुर थाप�. . .


फोनमा ‘हेल्लो’ भन्ने चलन कसरी चल्यो ? यस्तो छ वास्तविकता

एजेन्सी । फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ : हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये एउटा भरपर्दो तथ्य चाहिँ यस्तो छ । टेलिफोनका आविष्कारक हु�. . .


विराटनगर महानगरपालिकाको पोशाक भत्ता : वडा सदस्यले पनि त्याग्न थाले

विराटनगर, ३ साउन । बिराटनगर महानगरपालिकाका केही वडा सदस्यले पनि पोशाक भत्ता फिर्ता गर्न थालेका छन् । वडा अध्यक्ष सहित उपमेयरले पोशाक भत्ताको रकम नलिने तथा बिभिन्न ठाउँमा दिने घोषणा गरेसँगै वडा नम्बर १२ का ३ जना वडा सदस्यले पोशाक सुबिधा नलिने बताएका हुन् । चौथो नगरसभाबाट जनप्रतिनिधिका लागि १० हजार पो�. . .


मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

सुनसरी, ३ साउन । सुनसरीको गढी गाउँपालिका–५ मा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। बिहीबार अपरान्ह ५ बजे तिनमोहडीस्थित भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिई छेउमै रहेक�. . .


झापामा बाढीले बगाई बेपत्ता भएका बालक मृत फेला

झापा, श्रावण ०३ । झापाको बाह्रदशी गाउँपालिका-३ का केदार खड्काको ११ बर्षीय छोरा बिजय खड्का अदुवा खोलाको किनारामा मृत फेला परेका छन् । असार ३१ गते दिउँसो अदुवा खोलामा खेल्न गएका बालक बेलुका सम्म फर्किएर नआए पश्चात बाढीले बगाएको आशंकामा खोततलास शुरु गरिएको थियो । खोजतलासकै क्रममा बिहिवार दिउँसो ३ बजे अ. . .


पूर्वी पहाडलाई तराई र काठमाडौंसँग जोड्ने तमोर करिडोरको ट्रयाक खोल्ने काम तिव्र

पाँचथर, साउन ३ । पूर्वी पहाडलाई तराई र काठमाडौंसँग जोड्ने पुष्पलाल लोकमार्ग अन्तर्गत तमोर करिडोरको ट्रयाक खोल्ने कामले तिव्रता पाएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत तमोर करिडोरको काम ६० प्रतिशत सम्पन्न भएको र असोजसम्म ट्रयाक खोल्ने काम सक्नेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । १४८ कि�. . .


इलाममा अब चिया मात्रै हैन कफीको व्यावसायिक खेती पनि फस्टाउदै

इलाम, साउन ३ गते । इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ । किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर. . .


फेस एपले विगारेको अनुहार, कलाकार देखि विराटनगरका ब्यक्ति चिन्नुस्, ‘फेसएप’ मा सुरक्षा चुनौती

प्रेम देवान । विराटनगर, ३ साउन । सामाजिक संजाल फेसबुकमा अहिले कसैको प्रोफाईलमा गएर हेर्नुभयो भने तपाई आफैं तर्सनुहुन्छ । भर्खरैको कलकलाउदो उमेरलाई बुढ्यौलीपनको फोटोले भरिएका देखिन्छन । ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामान्य नागरिकदेखि चर्चित सेलीव्रेटीहरुले समेत यसलाई प्रयोग गरेर. . .