बिराटनगर चैत्र ३ , बिराटनगर ९ मा रहेको किड्स हेभेन मन्टेशवरीमा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा स्कुलका साना बिद्यार्थीहरुले बिभिन्न आकर्षक प्रस्तुति दिएका थिए । स्कुलमा हाल ७० बिद्यार्थी अध्यानरत रहेका छन् । कार्यक्रममा अभिभावकलाई बिभिन्न खेलहरु पनि खेलाइएको थियो ।. . .
विराटनगर, ३ चैत । नेकपका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउने कार्यक्रम तय भएको छ । विराटनगरमा निर्माण पुरा भएको एकिकृत कृषि बजार उद्घाटनको लागि ओली बिराटनगर आउन लागेका हुन् । बिहान १० बजेको यति एयरलाईन्सबाट बिराटनगर आउन लागेका ओली कृषि बजारको उद्घाटन पछि तिनपैनी स्थित पार्टी का. . .
विराटनगर, ३ चैत । महिला साफ च्याम्पियनसिपमा समूह बी को अन्तिम खेलमा आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेलले सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धीको हुने भन्ने पक्का गर्नेछ । चार पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारत यसपटक आफ्नो उपाधिको यात्रालाई कायम राख्ने लक्ष्यका साथ . . .
तेह्रथुम, ३ चैत । तेह्रथुमको लालीगुँरास नगरपालिका-६ सल्लेरी सामुदायिक बनमा लागेको आगो गाउँ पस्दा २ घर जलेर नष्ट हुँदा साढे १० लाख मूल्य बराबरको क्षति भएको छ । बनमा आगलागी हुँदा नजिकै रहेको दुर्गा बहादुर कार्कीको ढुंगा, माटोले बनेको फुसको छानो भएको १ तले घर, घर नजिकै रहेको गाईगोठ, घर भित्र रहेको अन्नपात, . . .
खोटाङ, ३ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा शनिवार भालुको आक्रमणबाट १ जना घाइते भएका छन् । बर्ष ३३ को दिनेश गिरी घाइते भएका हुन् । गिरीलाई कोप्चे सामुदायिक बनमा घाँस काट्ने क्रममा जंगली भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट घाइते गिरीको जिल्ला अस्पताल दिक्तेल पठाईएको. . .
विराटनगर, ३ चैत । १ नम्बर प्रदेश अन्तर्गत झापा र खोटाङ जिल्लामा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका-२ किच्चकवधमा पोखरीमा नुहाउने क्रममा पानीमा डुबेर १ बालकको मृत्यु भएको छ । सोही नगरपालिका बस्ने राम लिम्बुको घरमा पाहुना आएका ताप्लेजुङ फुङलिङ नगरपालिका-४ बस्ने लोकेन्द्र लि�. . .
विराटनगर, ३ चैत । उपन्यासकार ममता श्रेष्ठको ‘अधुरो नाता’ उपन्यास विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘अधुरो नाता’ उपन्यास विमोचन गरेको हो । सामाजिक घटना र प्रेमलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई प्रतिष्ठानले प्रकाशित गरेको हो । . . .
मोरङ,३ चैत । मोरङ पथरी शनिस्चरेस्थित भुटानी शरणार्थी शिविर सी ३ घर नम्बर ६१ का रामप्रसाद सुवेदीका चार छोरा, तीन छोरी र श्रीमती सबै थिए तर उनको अन्तिम दाहसंस्कार गर्दा सहोदर आफन्त कोही पनि थिएनन् । शरणार्थीहरूले मिलिजुली उनको अन्तिम दाहसंस्कार गरिदिए र मलामीलाई बिस्कुट खुवाएर किरिया सम्पन्न भएको जनाउ . . .
विराटनगर, ३ चैत ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शहरी क्षेत्रमा हुन सक्ने र लुकेका अपराध प्रहरीले उजागर गर्न सक्नुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई शनिबार निर्देशन दिदै प्�. . .
काठमाण्डाै, ३ चैत । डेब्यु फिल्म होस्टेल रिटन्र्सबाट सम्भावना बोकेकी अभिनेत्रीमा दरिइन्, स्वस्तिमा खड्का।सुन्दरतासँगै अभिनयले दर्शक मोहित भए। नयाँ फिल्मबाट भटाभट प्रस्ताव आउन थाले। त्यही बेला स्वस्तिमाले बोल्ड निर्णण गरिन्, निर्देशक-अभिनेता निश्चल बस्नेतको दुलही बन्ने। प्रायः हिरोइन करिअरबाट क. . .
बिर्तामोड, २ चैत । झापाको कचनकवल गाउँपालिकाबाट प्रहरीले गोरु काट्ने एक जनालाई पक्राउ गरेको छ। शनिबार बिहान कचनकवल ४ खुट्टामुनी भन्ने स्थानमा गोरु काटेर मासु बनाउँदै गरेको अवस्थामा सोही स्थानका ४५ वर्षीय फत्ते मोहमद मियालाई पक्राउ गरेको हो। मियालाई प्रहरीको गस्ती टोलीले गोरुको मासु काट्दै गरेको अ. . .
विराटनगर, २ चैत । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताएका छन् । नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट (नाटा)को आठौँ प्रदेशस्तरीय वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उ�. . .