समाचार

लागुऔषधसहित विराटनगरबाट सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

विराटनगर, ३१ असार । विराटनगर महानगरपालिका–१६ हुलासमेटल चोकबाट ठूलो परिणामको लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार मंगलबार पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरी धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेका हुन् । सशस्त्रको सुनसरीक�. . .


मंगलबारे खोलाले बगाएर एक जनाको ज्यान गयो

संखुवासभा, ३१ असार । मकालु गाउँपालिका–३, एकुवामा मंगलबारे खोलाले बगाएर एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा ३४ वर्षीय मिङ्मा खङडु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताउनुभयो । उहाँका अनुसार, स्थानीय रिदाक शेर्पाको श्रीमती मिङमालाई स्थानीय स्वास्थ्य चौकीमा �. . .


ईलामबाट ३ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

ईलाम,  ३१असार ।  ईलाम नगरपलिका-३ बाट प्रहरीले ३ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ  ।   हतियारधारी समुहबाट शंकास्पद गतिबिधी भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले सन्दकपुर गाउँपालिका-१ का ३५ बर्षीय राम कुमार राई र २७ बर्षीय कुमार फागो लिम्बुल�. . .


साईकलबाट लडेका सुनसरीका अक्षयकुमारको ज्यान गयो

विराटनगर, ३१ असार । साईकलमा यात्रा गर्दै गरेका एक ब्यक्तिको लडेर ज्यान गएको छ । सुनसरीको ईनरुवा नगरपालिका ७ चांदबेला बस्ने बर्ष २१ को अक्षय कुमार रामको लडेर ज्यान गएको हो । सुन्दरहरैचा ३ बेलगाछीस्थित पूर्व पश्चिम राजमार्ग छेउमा लडेका उनको अनुहार, हात, खुट्टामा चोट लागेको थियो । बोल्ने नसक्ने अबस्थामा �. . .


मन्त्रालयकाे काम हाेटलमा, पत्रकार देखेपछि कर्मचारी भागाभाग

जनकपुरधाम,३१ असार । प्रदेश २ को मन्त्रालयहरुको काम जनकपुरधामको होटेलमा बसेर भइरहेको सार्वजनिक भएको छ । मन्त्रालयमा काम गर्दा गोप्यता नहुने भएकाले यसो गरिएको कर्मचारीहरुले बताएका छन । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले कमिसनको भरमा उपभोक्ता समितिमार्फत भएका कामको मूल्यांकन होेटेलमै बसेर ग. . .


विराटनगरको नोबेलअस्पतालमा ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु

बिराटनगर, ३१ असार । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो । सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्�. . .


विराटनगरको सेन्ट्रल बजारले ल्यायो मनसुन अफर , चिनी ४९ मै पाईने

विराटनगर ३१ असार । विराटनगर मेन रोडमा केही समय अगाडी सञ्चालनमा आएको सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी मनसुन अफर ल्याएको छ । मनसुन अफर अन्र्तगत सेन्ट्रल बजारले आफ्ना ग्राहक महानुभवहरुको लागी विभिन्न सामानको खरिद गरेवापत अफर दिएको छ । सेन्ट्रल बजारको खाद्यन्न सामाग्रीमा १,९९९ वा सो भन्दा बढीको. . .


पहिरोले पुरिएर हजुरआमाकोे मृत्यु, नाती घाईते

उदयपुर, ३१ असार । उदयपुरको रौतामाई नगरपालिका(८ डिल्लीवरमा आज बिहान १ बजे पहिरोले पुरिएर स्थानीय ५५ बर्षीया रनमाया रिठ्ठा मगरको मृत्यु भएको छ भने मृतककै ९ बर्षीय नाती महेश ग्रान्जा मगर घाईते भएका छन् । घरमा सुतिरहेको अबस्थामा एक्कासि आएको पहिरोले पुरीएर घरमा क्षति भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प. . .


अदालतमा पुरुष सम्बन्ध बिच्छेद गर्ने बढे, मोरङमा तीन हजार बर्ष कैद असुली बाँकी

विराटनगर, ३१ असार । एक बर्षको अबधिमा मोरङ जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गर्ने २५ प्रतिशत पुरुष रहेका छन् । एक हजार एक सय १२ मुद्दा दर्ता भएकोमा ८७६ महिला वादी भएर मुद्दा दर्ता गराएका छन् भने २३६ जना पुरुषले सम्बन्ध बिच्छेदको लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । सम्बन्ध बिच्छेदका ८ सय ३५ मुद्दा. . .


भीरबाट लडेर १ जनाको मृत्यु

ओखलढुङगा, ३१ असार । ओखलढुङगाको चिसङखुगढी गाउँपालिका(६ की २२ बर्षीया कबिता आले मगरको भिरबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे घरबाट नजिकै रहेको जंगलमा घास काट्न गएकी उनी भिरबाट लडेर गम्भीर घाईते भई उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।. . .


फुपुको घर जाने क्रममा पैनिमा डुबेर १ को मृत्यु १ जना बेपत्ता

विराटनगर ३१ असार । मोरङको पथरी शनिशचरे नगरपालिका(६ मा पैनीमा डुबेर १ बालिकाको मृत्यु भएको छ भने १ जना बालिका बेपत्ता भएकी छन् । मंगलबार दिउँसो पौने १ बजेको समयमा पथरी(शनिशचरे नगरपालिका(६ का राजिव तामाङको ११ बर्षीया छोरी सृजना तामाङ र ईलाम दानावारी(९ घर भई राजिव तामाङको घरमा बस्दै आएकी कृष्ण तामाङको ८ बर�. . .


विराटनगरमा ‘सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर ‘म अघि बढ्छु’ शुभारम्भ

विराटनगर ३१ असार । प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको छ । विराटनगरको जैन भवनको सभाहलमा प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्री र विशिष्ट व्यक्तित्वमाझ कार्यक्रम शुभारम्भ गरिएको हो ।   प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘म अघि �. . .