समाचार

झापाको मेचीनगरमा जमेको पानी मोटर लगाई तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बिर्तामोड, साउन ५ गते । झापाको मेचीनगरमा आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मुत्यु हुनेमा मेचीनगर–६ का ५५ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । धनकुमारीलाई आफ्नै घरको बाहिर जमेको पानी मोटर लगाई तान्ने क्रमम�. . .


सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु

लहान, साउन ५ गते । सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ । आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्. . .


बिराटनगरको शिक्षादिप कलेजको सहयोगमा लियो युनिकद्वारा राहत बितरण

बिराटनगर साउन ५ , बिराटनगर -१२ स्थित सिम्राह टोलका राहातबाट बन्चित भएका २१ वटा परिवारलाइ लियो क्लब अफ बिराटनगर युनिकले राहत बितरण गरेको छ। उक्त कार्यक्रममा लायन्स क्लब अफ बिराटनगर युनिकका अध्यक्ष लक्ष्मण घिमिरे , लियो जिल्ला ३३५ ए १ का अध्यक्ष नाजिर मोहम्मद , लियो क्लब अफ बिराटनगर युनिकका अध्यक्ष पेरि�. . .


विराटनगरको नोबेलमा विरामीको मृत्युपछि तनाव, डाक्टरलाई कार्वाहीको माग

विराटनगर, ५ साउन । उपचारको क्रममा बिरामीको ज्यान गएपछि बिराटनगरमा रहेको नोबेल अस्पतालमा तनाव भएको छ । गत बिहिवार उपचारको लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का अनिल कुमार साहको ज्यान गएको थियो । सोनापुरमा रहेको एसियन थाईफुड्समा कार्यरत साह कार्यालयमा पार्किङमा मोटरसाईल र. . .


पहिरोले सडक अवरुद्ध भएपछि भोटखोलामा खाद्यान्न अभाव, खाद्य डिपोमा न कर्मचारी छन् न चामल

संखुवासभा,५ साउन ।  सदरमुकाम खाँदबारीदेखि भोटखोला गाउँपालिका जाने कोशी ल्हासा राजमार्गको मकालु गाउँपालिकाको नयाँबस्तीमा सडक अवरुद्ध भएपछि भोटखोलामा खाद्यान्न अभाव भएको छ । [caption id="attachment_90964" align="alignnone" width="934"] सदरमुकाम खाँदबारीदेखि १ सय ६२ किलोमिटर उत्तरी क्षेत्रमा रहेको भोटखोला गाउँपालिकामा करिब एक महिना अ�. . .


पाँचथरको हिलिहाङ गाउँपालिकाका दुई किशोर तमोर नदीमा बगेर बेपत्ता

पाँचथर, ५ साउन । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङका दुई किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ तमोरमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । छिमेकी जिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सिमखर्क भन्ने स्थानमा पाहुना गएका उनीहर. . .


उदयपुरका बाढीपीडित घरपरिवारका लागि राहत वितरण

उदयपुर, ५ साउन । जिल्लाको सबैभन्दा बढी बाढीपीडित क्षेत्र बन्न पुगेको बेलका नगरपालिका वडा नं १ र २ का पीडित परिवारका लागि बेलका नगरपालिका र जिल्लाका विभिन्न गैरसकारी सङ्घसंस्थाले राहत वितरण शुरु गरेका छन् । शनिबार उदयपुर प्रदेश नं १ का प्रदेशसभा सदस्य, नेपाल रेडक्रस र बेलका नगरपालिकाका प्रतिनिधिको उप�. . .


धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको सिन्धुली जोड्ने पुल खोलाले बगायो

सिन्धुली, ५ साउन । धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको मकवानपुर र सिन्धुलीको सीमानामा निर्माणाधीन पुलमा बाढीले क्षति पु-याएको छ । बागमती खोलामा आएको बाढीका कारण निर्माणाधीन पुलको टेको बगाउँदा एउटा स्ल्याब बगाउनुका साथै एउटामा क्षति पुगेको छ । बाढीका कारण निर्माणाधीन पुलमा करिब . . .


विराटनगरका ब्यापारी भन्छन्, एक हजारभन्दा बढीको खरिदमा प्यानले गाउँका जनतासम्म मारमा पर्ने

विराटनगर, ५ साउन। एक हजारभन्दा बढीको खरिदमा प्यान बिल नभए कम्पनीले आयकर प्रयोजनका लागि खर्च देखाउन नपाउने नियमले तल्लो तहका जनता मारमा परेको व्यवसायीले बताएका छन्। गाउँगाउँका किसान धान, गहुँ, मकै, कोदो, तोरी, जुट र फापरजस्ता उपज बेचेर जीविका चलाइरहेका छन्। उनीहरूले स्थायी लेखा नम्बर (प्यान) लिएका हुँद�. . .


देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने

काठमाडौँ , ५ साउन । देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्व र मध्यका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले देशका पूर्वी र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । यस. . .


धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिँधुवामा अत्याधुनिक रंगशाला निर्माण हुने

धनकुटा, ५ साउन । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। खेलमैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भएको गाउँपालिकाले जनाएको छ। करिब ३० करोड रुपियाँको लगानीमा सिँधुवामा निर्माण हुने खेलमैदानमा फुटबल मैदान, प्यारापिट, पार्किङ, कभर्ड हल, फु. . .


भत्ता माग्न जाँदा मृत्यु दर्ताको प्रमाणपत्र !

दैलेख, ५ साउन । भगवतीमाई गाउँपालिका–४ जगनाथकी ज्योतिकला खत्री ८२ वर्षकी हुनुभयो । उहाँका श्रीमान् मनिराम खत्री पनि ८४ वर्षको हुनुभयो । उहाँहरु दुवै जनाले ७० वर्ष नाघेदेखि नियमित रुपमा ज्येष्ठ नागरिक भत्ता पाइराख्नुभएको थियो । असारको पहिलो साता नै सबैको घरघरै पुगेर गाउँपालिकाका कर्मचारीले हातहातै भ. . .