समाचार

तयार भयो राष्ट्रपति चढ्ने चर्चित हेलिकोप्टर, अर्काे सातादेखि उडान भर्ने सम्भावना

काठमाडाैँ, १ जेठ ।  कमिसनको चक्कर, शक्तिकेन्द्रको अनुचित प्रयोग र राष्ट्रपतिसमेतलाई बदनाम गर्न खोजिएको एउटा हेलिकोप्टरले बल्ल नेपालको फन्को मार्न पाउने भएको छ। पार्टपुजा र पैसाको लफडामा महिनौंदेखि थन्केर बसेको अगुस्ता वेस्टल्यान्ड हेलिकोप्टरको मामिला हो यो। इटाली र ब्रिटिस कम्पनीको साझेदार पर�. . .


बिराटनगरको डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षा

बिराटनगर जेठ १, बिराटनगरको डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षा सम्पन्न भएको छ । त्रिभूवन विश्वबिद्यालयको कलेजमा पढ्न चाहिने बिद्यार्थीहरुले भर्ना हुन उक्त परिक्षा दिनुपर्ने हुन्छ । डाइनामिक एजुकेसनमा सी म्याटको अभिमुखीकरण कक्षामा ५० बढीको उपस्थिति रहेको थियो । डाइनामिक एजुकेसनको उ�. . .


मोरङको नेता चोकबाट बालुवा सहित २ वटा ट्याक्टर नियन्त्रण

बिराटनगर जेष्ठ १ । मोरङको ग्रामथान गाउँपालिका-७ नेता चोकबाट प्रहरीले बालुवा सहित आज २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका-५ कसेनीमा निषेधित क्षेत्रको लोहान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेर लैजाँदै गरेको �. . .


डरलाग्दो चट्याङ : मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु

बिराटनगर , जेष्ठ १ । मोरङको रतुवामाई नगरपालिका-४ कटघरा भन्ने स्थानमा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती १ बजे हावाहुरी, बर्षासंगै खसेको चट्याङले लागेर सोही स्थान बस्ने ५० बर्षीया सञ्जोदेवी गनगाँई सिंहको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । त्यसैगरी निजक�. . .


पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको तेजपात उत्पादक किसान निराश

लेटाङ (मोरङ), जेठ १ गते । मूल्य लगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा मूल्य घटेको किसानहरू बताउँछन् । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो । उत्तरी मोरङका साविक आठवटा पहाडी गाविस, धनकुटा, पाँचथर र . . .


कृषककाे अनुदान काटेर मन्त्रालयका लागि गाडी खरिद

सुर्खेत, १ जे७ ।  कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ । चालू आर्थिक वर्षमै चार वटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो । यसका लागि विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ । स्र�. . .


विराटनगरको न्यूरोमा रक्तदान, ३४ पिन्ट रगत संकलन

विराटनगर, १ जेठ । न्यूरो कार्डियो एण्ड मलिटस्पेसियालिटी हस्पिटल र नेपाल महिला व्यवसायी मंच संगको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको छ । नेपाल रेड क्रसको प्राविधिक सहयोगमा न्यूरो अस्पतालमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा ३४जनाले रक्तदान गरेका हुन । अस्पतालका च�. . .


विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदै

विराटनगर, १ जेठ। विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन। विकिपिडियाको पहिचान, सुधार र नेपालका विभिन्न समुदायहरूमा यसको प्रयोगको बारेमा जानकारी गराउन विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदैँ छ।यस अन्तर्गत बिलबोर्डस् पहल परियोजनामा नेपालका दुईवटा सहरहर. . .


रातारात अतिक्रमण हुन लागेको ३ विगाह जग्गा प्रहरीले जोगायो

उदयपुर, १ जेठ। प्रहरीले रातारात अतिक्रण हुन लागेको जमिन जोगाएको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको करिब ३ विगाह जमिन प्रहरीले जोगाएको हो । दुई दिनयता रातिको समय पारेर अतिक्रमण गरेको जग्गा प्रशासनको आदेशमा प्रहरीले मंगलबार दिउँसो स्थानीय जनप्रतिनिधि र उद्योगका कर्मचारीको रोहबरमा खा�. . .


करेन्ट लागेर घाईते भएका सुनबर्सीका ईलयाज उपचारका लागि भौतारिँदै, नगरपालिकाको २ हजार सहयोग

रबिन्द्र बराल रंगेली, ३१ बैशाख । मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर ८ कुडेलीकको बिश्वकर्मा टोल छ । यहाँ बसोवास इलयाज मियाँका २२ बर्षका छोरा रहेमान मियाँको टाउकामा ठुलो घाउ छ तर उपचार हुन् सकेको छैन। उनी उपचारको सहयोगको आग्रह गर्दै सुनवर्सी नगरपालिका गए तर नगरपालिकाले आर्थिक सहयोगको नामा जम्मा २ हज�. . .


सात दिनमै काजकिरिया सकेकोमा गाउँलेबाट बहिस्कार, दिए प्रशासनमा उजुरी

वीरगञ्ज, ३१ बैशाख । काजकिरिया १३ दिनको सट्टा सात दिनमै सकेको भन्दै गाउँबाट विस्थापित गरिएको बारा सुवर्ण गाउँपालिका–६ काे पीडित परिवारले मंगलबार जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्ता गराएका छन्। पीडित परिवारका तर्फबाट मृतक अनुठा यादवकी श्रीमती विन्दा देवीले मंगलबार आफ्नो परिवारका लागि शान्त. . .


विराटनगरकाे साल्ट ट्रेडिङबाट १९ लाख बढी मूल्यको रासायनिक मल  गायव

विराटनगर, ३१ बैशाख।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोशी कार्यालय विराटनगरमा भण्डारण गरिएको १९ लाख भन्दा बढी मूल्यको रासायनिक मल  गायव प्रकरण सार्वजनिक भएको छ। सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १६७ बोरा अर्थात् १९ लाख ७ हजार ३५० रुपैयाँ बराबरको रासायनिक मल भण्डारण गरिएको गोदामबाटै हराए�. . .