कञ्चनपुर २ वैसाख । चार दिन अघि वेपत्ता भएका १ युवकको शव फेला परेको छ । कृष्णपुर नगरपालिका ७ का १९ वर्षीय युवक सुविल बडायकको शव लम्वा चद्दरको न्युरा खोलामा फेला परेको प्रहरीले जनाएको छ । शव खाल्डोमा आधा गाडिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय रैकवार विचुवाका प्रहरी नायब नीरिक्षक दिल वहादुर कुँव�. . .
काठमाडौं २ वैसाख । नयाँ वर्षको पहिलो दिन आइतबार एक किलो सुनसहित भारतमा एक नेपाली गिरफ्तार भएका छन् । रुपन्देही जिल्ला घर भएका धनवन्त कुमार अग्रवाललाई भारतीय सुरक्षाकर्मीले आइतबार एक किलो सुनसहित पक्राउ गरेको हो । उनलाई नेपाल–भारत सीमास्तम्भ नजिकैबाट पक्राउ गरिएको जनाइएको छ । स्कुटरमा सवार उनलाई भा�. . .
झापा २ वैसाख । झापाको कमल गाउँपालिका–६ गेउरिया भन्ने ठाउँमा आइतवार २ वटा मोटरसाईकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत राती साढे ८ बजे पाडाजुगीबाट दक्षिण तर्फ जाँदै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ४. . .
सुनसरी २ वैशाख । सुनसरीमा कुटपिटबाट एक वृद्धको ज्यान गएको छ । सुनसरीको भोक्राह–नरसिंह गाउँपालिका–३ सर्बैया टोलमा कुटपिटबाट आइतबार एक बृद्धको मृत्यु भएको हो । राति साढे ११ बजे भोक्राह–नरसिंह गाउँपालिका–७ बस्ने २९ वर्षीय शंकर मण्डल र २५ वर्षीय बुदु मण्डलले सोही ठाउँका ७५ वर्षीय जागेश्वर मण्डल पुरानो. . .
विराटनगर,२ बैशाख । तराईका विभिन्न स्थानमा हिले माटो छ्यापा–छयप गरेर सिरुवा पर्व मनाईने चलन छ । विशेष गरी पूर्वी झापा, मोरङ सुनसरी, सप्तरी, सिरहा, उदयपुर लगायत जिल्लामा आज सिरुवा पर्व धुमधामका साथ मनाइँदैछ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरु. . .
पाँचथर, २ बैशाख । नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गर्नुभएकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ । दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए । उनको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दा�. . .
विराटनगर, २ बैशाख । मादकपदार्थ सेवन गरी बसमा सुतेका एक व्यक्तिले मोरङको उर्लाबारीमा एक यात्रुवहाक बसमा सोमबार बिहान आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका ७ मा केहीदिन देखि हल्ट गरिराखेको बसमा सर्लाहीको लालबन्दी घर भएका रामहरि माझीले आगजनी गरेका हुन्। ३० वर्षिय . . .
एजेन्सी, २ वैशाख। केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो । त्यसक्रमा प्रहरीले क्�. . .
हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा खेलिएको खेलमा क्रिस मोरिस र कगिसो रबाडाको घातक बलिङको मद्दतले दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ३९ रनले हराएको छ । दिल्लीका रबाडाले ३.५ ओभरमा २२ रन दिएर ४ विकेट लिए । दिल्लीका मिको पाल र क्रिस मोसिरले पनि तीन–तीन विकेट लिएर टीमलाई जिताए । दिल्ल�. . .
सोलुखुम्बु, २ वैशाख। सोलुखुम्बुको लुक्का विमानस्थलमा दुर्घटनामा परेको समिट एयरको विमान कोपाइलट सुजित ढुंगानाले चलाएको पुष्टि भएको छ । समिट एयरका अनुसार यात्रु र कार्गोरहित विमान भएकाले कोपाइलट सुजित ढुंगानाले चलाएका थिए । बिहानैदेखि हतारमा रहेको उक्त विमानले आठौं उडान भर्ने क्रममा दुर्घटनामा पर�. . .
काठमाडौँ, २ बैशाख । बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वी केन्द्रबिन्दु बनाएर सोमबार बिहान स्थानीय समय अननुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ । भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्�. . .
विराटनगर, २ बैशाख । नयाँ वर्षको पहिलो दिन आइतबार प्रदेश १ का चर्चित पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए। आन्तरिक र वाहिय पर्यटकको चहलपहल बढेसँगै ती स्थानमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ। धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा र सुनसरीका चर्चित पर्यटकीयस्थल वन. . .