समाचार

झापामा धान काट्न भारतीय खेताला

काँकडभिट्टा,२ मङ्सिर ।  झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओईरिएका छन् ।  विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको ईस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरु डेरा लिएरै बसेका छन् । मेचीनगर क्षेत्रमा मात्रै करिब सय जना भ�. . .


भारतीय प्रहरीले ट्यांकर चालक कुटेपछि विराटनगर नाकाबाट इन्धन ढुवानी ठप्प

विराटनगर,२ मंसिर । पेट्रोल लोड गरेको ट्यांकर लिएर नेपालतर्फ आउँदै गरेका एक नेपाली ट्यांकर चालकमाथि भारतको जोगवनी बजारमा भारतीय प्रहरीले शनिबार कुटपिट गरेका छन्। भारतको बरौनीबाट पेट्रोल लोड गरेर आउँदै गर्दा को १ ख ६००९ नम्बरको ट्यांकरका चालक मोनु कुमारमाथि बिहान ४ बजे कुटपिट भएको चालकले बताएका छन्। . . .


जाडाेमा ओठ फुट्नबाट बचाउने घरेलु उपाय यस्ताे छ

काठमाडाैं । ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने धेरै समस्या पर्छ । केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ । �. . .


करका विषयमा कांग्रेसले भ्रम फैलाएको मन्त्री आङ्बोको आरोप

बिर्तामोड, १ मङ्सिर ।  प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले करका बारेमा प्रतिपक्षी दलहरुले भ्रम फैलाएको आरोप लगाएका छन्। आङ्बोले भ्रम फैलाउने दलहरुमा नेपाली कांग्रेस मुख्य रहेको आरोप लगाएका हुन्। झापाको बिर्तामोडमा कर सप्ताह उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै आङ्बोले भन. . .


‘आकाशैमा जून छ ?’ गंगा लोहनी र नकुल गौतमको सार्वजनिक (भिडियाे)

काठमाडौँ, १ मंसिर । गंगा लोहनी र नकुल गौतमको स्वर रहेको लोकदोहोरी गीत ‘आकाशैमा जून छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।गीतमा नेत्रप्रसाद ज्ञवाली र गायक नकुल गौतमको लय तथा शब्द रहेको छ।आफ्ना प्रेमी तथा प्रेमिकालाई आकाशको जूनसँग तुलना गरेर प्रेमको मार्मिक अभिव्यक्ति र एकअर्काको तारिफमा केन्द्रित र�. . .


नदीमा डुबेर वडाध्यक्षको निधन

सिन्धुपाल्चोक, १ मङ्सिर । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको नदीमा डुबेर निधन भएको छ। इन्द्रावती नदीमा डुबेर वडाध्यक्षको मृत्यु भएको  वडासचिव डुम बाहादुर बिकले बताए। शनिबार बिहानैदेखि हराएका वडाध्यक्ष श्रेष्ठको शव नदीमा डुबेको अवस्थामा शनिबा. . .


झापाबाट डेढ वर्षअघि कुवेत गएका घिमिरेको हृदयघातका कारण मृत्यु

झापा, १ मङ्सिर । झापाको कनकाई नगरपालिकास्थित माइधारका विष्णु घिमिरेको खाडी मुलुकको कुवेतमा मृत्यु भएको छ। ३५ वर्षीय विष्णुको शुक्रबार मृत्यु भएको हो। विष्णुका आफन्त ज्ञानेन्द्र घिमिरेले हृदयघातका कारण उनको मृत्यु भएको हो। विष्णु डेढ वर्षअगाडि कुवेत गएका हुन्। बिहीबार साँझ साथीको कोठामा गएका उनी श. . .


सिंचाईको निहुँमा छिमेकीको कुटाईबाट महिला गम्भीर घाईते

कपिलवस्तु, १ मङ्सिर । महाराजगंज नगरपालिका– ८ सिग्राहामा छिमेकीको कुटाईबाट ३५ बर्षे मुन्नुदेबी कहार गंभीर घाईते भएकी छिन । बाणगंगा नदीबाट पम्पसेटले तोरी खेतमा सिंचाई गर्नेक्रममा बिवाद भएपछि स्थानीय झकुरी भन्ने राजेश कहार र उनका बुवा चिन्कु कहारले मुन्नुदेबीलाई निर्धात कुटेका थिए । दुबैले लठ्ठीले ह. . .


आजबाट देशभरका कपडा उद्योग बन्द, कपडा उद्योग संरक्षण गर्न सरकारले चासो नदिएकाे अाराेप

सुनसरी, १ मङ्सिर ।  सरकारले रुग्ण स्वादेशी कपडा उद्योग संरक्षणमा ध्यान नदिएको भन्दै आजबाट देश भरका कपडा उद्योग बन्द भएकाे नेपाल कपडा उद्याेग संघले जानकारी दिएकाे छ । सरकारले दिँदै आएको भ्याट फिर्ताको सुविधा आर्थिक ऐन ल्याएर खारेज गरेको, भारतीय बजारबाट भन्सार छलेर कपडा नेपाल भित्रिरहँदा पनि सरकारले �. . .


नगदेबालीको बजारीकरण र गुणस्तरीय उत्पादनमा प्रदेश तथा सङ्घीय सरकारले सहयोग गर्नुपर्ने

ईलाम, १ मङ्सिर । गुणस्तरीय कृषिउपज उत्पादन र बजारीकरणका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइएको छ । जिम्मेवार व्यवसायको प्रवद्र्धन र नीतिगत अवस्थाका विषयमा इलाममा आयोजित कार्यक्रमका सहभागीले कृषिउपज उत्पादन वृद्धि भए पनि गुणस्तरीय नहुँदा बजारीकरणको समस्या भएको सरोका. . .


झापाको बुधबारेमा प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने

विर्तामोड, १ मङ्सिर । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले (एनएमसी) को मुख्य प्रायोजनमा हुने भलिवल प्रतियोगितामा झापा जिल्ला भलिवल संघको प्राविधिक सहय�. . .


ईटहरीकाे तरहराबाट लागूऔषध सहित २ जना पक्राउ

सुनसरी, १ मंसिर। सुनसरीको इटहरी उप-महानगरपालिका-२० तरहरा चौकबाट प्रहरीले शुक्रबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर  र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान-१९ बस्ने वर्ष ३० को रक्कि देवान र बिराटनगर-१६ बस्ने वर्ष १८ को जिवछ शर्मालाई प. . .