बिराटनगर मङ्सिर ६, धेरै पटक मिति घोषणा भएपनि संचालन हुन नसकेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यहीँ पुस ८ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको काठमाडौमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । प्रतियोगितामा ३० वटा खेल खेलाइने साथै खेलहरु विराटनगर , सिरहा , झापा, सुनसरीमा हुने छन् । . . .
मोरङ, मंसिर ६ मोरङको डाईनियाँ-८ मा आइतबार मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा मोरङ गोविन्दपुर-५ बस्ने ५० बर्षिया माहावती ताजपुरीया रहेकी छिन्। ताजपुरियालाई साँझ ६ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको को ४ प ८९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा उनी घाइते भएकी हुन्। घाइते त�. . .
बिराटनगर मङ्सिर ६ , बिराटनगरका पत्रकार मिनकुमार नवोदित र जिल्ला अस्पताल रंङ्गेलीका प्रमुख डा. समीर पौडेललाई बिराटनगर जेसिजले सम्मान गरेको छ । शनिबार भएको कार्यक्रममा कला, साहित्यका क्षेत्रमा योगदान दिएका पत्रकार नवोदित र स्वास्थ्य क्षेत्रमा योगदानको कदर गर्दै डाक्टर पौडेललाई सम्मानित गरिएको बिरा�. . .
बिराटनगर मङ्सिर ५ , भोजपुर सदरमुकाममा भीषण आगलागी भएको छ । दिउँसो ४:३० बजेबाट लागेको आगो हाल सम्म पनि पुर्णरुपमा निभाउन सकिएको छैन । भोजपुरमा हामीले सम्पर्क गर्दा स्थानीय रितिसा शाहले आगो निभाउने प्रयास जारी रहेपनि अहिलेसम्म निभाउन नसकिएको बताइन् । आगो लागेर दर्जनभन्दा बढी घर जलेको पनि उनलेे जानकारी �. . .
बिराटनगर मङ्सिर ५ , स्वास्थ्य मन्त्रालयद्वारा गठित अमुगनम टोलीले अनुगमनको क्रममा नियम विपरीत सञ्चालन भएका औषधि पसल, क्लिनिक र ल्यावहरुलाई बन्द गराएको छ । शनिबार गरिएको अनुगमनका क्रममा विराटनगरको नोबेल अस्पताल आसपासका सुनसरी मेडीकल हल र गौरव फार्मेसीका सञ्चालकले पसल नै बन्द गरेर भागेका थिए भने भा�. . .
बिराटनगर मङ्सिर ५ , आन्तरिक राजस्व कार्यालय विराटनगरले कर सप्ताहको पाँचौ दिन बृद्धाश्रमका आश्रितहरुलाई खाद्यान्न र फर्निचर वितरण गरेको छ । विराटनगर–११ मधुमारा अशोकचोकस्थित विराटेश्वर बृद्धाश्रमका आश्रितहरुलाई कार्यालयले एक कार्यक्रमका बीच खाद्यान्न र फर्निचर वितरण गरेको हो । मंसिर १ गतेबाट सु. . .
विराटनगर, मंसिर ५ "प्रहरी मेरो साथी” को ब्यानर मुनि संचालन गरिने प्रहरी-नागरिक हातेमालो कार्यक्रम अन्तर्गत मोरङको बिराटनगर उपमहानगरपलिका १४ स्थित शिक्षादिप कलेजमा आइतबार चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरबाट खटिएका प्रहरी टोलीले आइतबार बिहान उक्त कले. . .
झापा, मंसिर ५ झापाको शरणामती गाविस ४ स्थित रानी सामुदायिक वनमा आइतबार जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५० वर्षकी झुमादेवी भट्टराई रहेकी छिन। भट्टराईलाई आइतबार बिहान जंगलमा घाँस दाउरा गर्न गएकी बेला ३/४ वटाको समुहमा रहेको जंगली हात्तीले आक्रमण गर्दा उनको घ�. . .
बिराटनगर मङ्सिर ५ , बिराटनगर-५ कञ्चनवारि स्थित नोबेल मेडिकल कलेज बिराटनगरमा आजबाट न्यूरो सर्जरी सेवा सुरु भएको छ । अस्पतालका निर्देशक लोकनाथ न्यौपानेले आज रिवन काटेर उक्त सेवाको उद्घाटन गर्नुभएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण प्रसाद दाहालले बताउनुभयो । सि.एम.सि. भेलोरबाट एम.सिएच गरेका साथै विश�. . .
बिराटनगर मङ्सिर ४ , अब बिराटनगरमा कहाँ कुन समान पाईन्छ , बिराटनगरमा कस्ताकस्ता कलेज/स्कुल छन् , अस्पताल कुनकुन छन् यहाँ ? यी सबै प्रश्नको जवाफमा ओ.बि मिडिया प्रालिले बिराटनगरको मोबाइल सिटि एप सार्वजनिक गरेको छ । उक्त सिटि एपमा बिराटनगरका विभिन्न स्कुल/कलेज, अस्पताल, पसलहरु , बिराटनगरका ताजा समाचार,बिराट. . .
बिराटनगर मङ्सिर ५, मोरङको बिराटनगर-१८ स्थित मलाय रोडमा बिराटनगरबाट रानीतर्फ आउदै गरेको को १३ प ९९५५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत पुर्णीया बस्ने ६५ बर्षिय भोला मेहता घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक विराटनगर-७ बस्ने अक्तर अली समेत घाइते भएका छन्। घाइते दुवैको कोशी अंञ्चल अ�. . .
बिनु तिम्सिना मोरङ जिल्ला फुटबल संघ र नेपाल पत्रकार महासंघ मोरङबीच शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलमा फुटबल संघ विजयी भएको छ । खेलमा फुटबल संघले पत्रकार महासंघलाई ३–० गोलले पराजित गरेको हो । संघका लागि किरण गिरी, दुर्गा श्रेष्ठ र प्रकाश मास्केले १–१ गोल गरेका थिए । खेलको उद्घाटनमा पूर्वाञ्चल खेलक�. . .