समाचार

आजदेखी मोरङको कटहरीमा धार्मीक महोत्सव सुरु

आजदेखी मोरङको कटहरीमा धार्मीक महोत्सव सुरु हुदै छ । मोरङको कटहरीमा २१ दिने अखण्ड विष्णु महायज्ञ सहितको पुर्वाञ्चल धार्मिक महोत्सव –२०७१ सुरु हुन लागेको हो । आज देखि सुरु हुने महोत्सब २१ दिने सम्म संचालन हुने आयोजक नेपाल मेला महोत्सव संघ एवमं मुल कार्य सम्पादन समितिले जनाएको छ । धार्मीक कार्यक्रम सँ�. . .


आगलागीबाट ४ घर जलेर नष्ट

सप्तरीको जोगनिया ४ मा गएराती भएको आगलागीबाट ४ घर जलेर नष्ट भएको छ । आगलागीमा परि ४ लाख ५० हजार भन्दा बढीको क्षती भएको छ । घुरबाट आगो सल्किदा बम्सी रजकको गाईगोठ, खतुनी मन्सुरको १ तले २ वटा कच्ची घर र डम्बर शर्माको १ वटा कच्ची घर गरी ४ घर जल्दा ४ लाख ५० हजार भन्दा बढीको क्षती भएको हो । आगलागीमा परी १ वटा भैसिको. . .


१ सय ६० किलो गांजा सहित एक जनालाई नियन्त्रणमा

सप्तरीको शम्भूनाथ ११ बाट प्रहरीले गएराती १ सय६० किलो गांजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा गएरको द्यइए पातो र प्रहरी चौकी कठौनाको संयुक्त टोलीले शम्भुनाथ ११ स्थित गुल्टेन मण्डलको घर नजिक परालको थुप्रोमा लुकाई राखेको अवस्थमा करिब १सय६० किलो गांजा बरामद गरेको हो । गाँजा बराम�. . .


आर्किड उच्च मावि कक्षा ११ उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान

विराटनगर – १४ मा रहेको आर्किड उच्च माविले कक्षा ११ उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । उच्च माविले आज विराटनगरमा एक कार्यक्रम विज्ञान संकायमा उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो । उच्च माविका कवित लाभले ८८ प्रतिशत अंक ल्याएर बोर्ड तेस्रो भएका छन् । उच्च माविले लाभसँगै सम्पूर. . .


जुटमिलमा आगलागी हुदा १८ लाख भन्दा बढीको क्षती

मोरङ्गको कटहरीमा आज बिहान जुटमिलमा आगलागी हुदा १८ लाख भन्दा बढीको क्षती भएको छ। मेसिन तातिएर आगो सल्किदा कटारी २ स्थित बाबा जुटमिलमा आगलागी भएको हो। आगलागीबाट मिलमा रहेको मेसिनरी सामान र १५ टन बराबरको जुट जलेर करिब १८लाख २५हजार रुपैयाँ बराबरको क्षती भएको वड ा प्रहरी कार्यालय हाटखोलाले जनाएको छ । बिह�. . .


प्रहरी कार्यालय बिराटनगरद्वारा चेतनामुलक कक्षा सञ्चालन

पूर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले प्रहरी नागरिक हातेमालो  कार्यक्रम अन्तर्गत आज बिराटनगर १३ स्थित कोशी बिधा मंदिर बोर्डिङ स्कुलमा एक चेतनामुलक कक्षा सञ्चालन गरेको छ । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरका प्रहरी निरीक्षक लक्ष्मी भण्डारी, प्रहरी नायव निरीक्षक संजय न्यौपान. . .


सुनसरी र उदयपुरमा सवारी दुर्घटनामा २ जना घाईते

सुनसरी र उदयपुरमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना घाईते भएका छन्। सुनसरीको ईनरुवा ५ पूर्वपश्चिम राजमार्गमा को ५ प ८३७९ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिदाँ भएको दुर्घटनामा मोटरसाइकलका चालक स्थानिय ४५ बर्षिय देवेन्द्र पौडेल घाईते भएका हुन । घाइते पौडेलको न्यूरो अस्पताल बिराटनगरम�. . .


मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीको टीकापुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज विहान गाडामा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालक पथरैयाका १८ वर्षीय एकेन्द्र जैसीको मृत्यु भएको हो । यसैगरी धनुषाको गणेशमान चारनाथमा भारतीय नम्बरको ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छ । आज विहान ५ बजे भारतबाट कोईला लिएर म�. . .


सबारी दुर्घटनामा ३ जनाको मृत्यु

पुुर्वका छुट्टाछुट्ै स्थानमा भएको सबारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् । सप्तरीको बकधुवा ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान बस पल्टिदा १ को मृत्यु भएको छ। दुर्घटनामा १० यात्रु घाईते भएका छन्। पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ४ ख ६९७६ नम्बरको बस अनियन्त्. . .


हिसान फुटबलकोे उपाधि रेडस्टारलाई

उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान मोरङ) को आयोजनामा छैटौ हिसान स्पोर्टस विक २०७१ प्रतियोगिताको मंगलबार सम्पन्न फुटबलकोे उपाधि रेडस्टारले जितेको छ । त्यैगगरी भलिबलतर्फ छात्रमा अन्नपुर्ण तथा छात्रातर्फ रेडस्टार जितेको छ । शहिद मैदानमा भएको फुटबलको फाइनल खेलमा रेटस्टार उमावि पथरीले सिटी उमाव. . .


मिल्सएरियामा त्रिदिवसिय नौ कुण्डि गायत्री महायज्ञ तथा ध्यानयोग शिविर संचालन हुने

विराटनगर–२० स्थित मिल्सएरियामा त्रिदिवसिय नौ कुण्डि गायत्री महायज्ञ तथा ध्यानयोग शिविर संचालन हुने भएको छ । अखिल विश्व गायत्री परिवारको आयोजनामा दुर्गा मन्दिरको प्रागणमा माघ–१६ गतेदेखी तिनदिन सम्म महायज्ञ संचालनहुन लागेको हो । महायज्ञ आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलनगरी सो कुराको जा. . .


आगोले जलेर एक महिलाको मृत्यु

ओखलढुंगाको बिलन्दु ६ मा आज बिहान एक घरमा आगलागी हुदा आगोले जलेर एक महिलाको मृत्यु भएको छ। ढुङ्गामाटोले बनेको २ तले घर पूर्ण रुपमा जल्दा ६५ बर्षिया दिलमाया बरालको मृत्यु भएको हो। आगलागीबाट १ लाख ५० हजार रुपैयाँ बरारबको धनमाल समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बिहान ३ बजेब�. . .