विराटनगर

बिराटनगरमा हुने मिडिया कपको टाइसिट ड्रा सम्पन्न , यस्ता छन् खेल !!

बिराटनगर असार २९ , बिराटनगरका पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् । बिराटनगरमा असार ३० गते आयोजना हुने “मिडिया फुटसल कप” मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच मैत्रीपूर्ण खेल हुनेछ । रसियामा जारीरहेको विश्वकपको रौनक बढाउन तथा मिडियाकर्मी . . .


नोवेलको बद्मासी:सुत्केरीको मृत्यु पछि नोबेलको प्रसुती सेवा बन्द

विराटनगर, २९ असार । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा एक सातामा ३ जनाको ज्यान गएपछि प्रशुती सेवा बन्द गरिएको छ ।  उपचारकालागि आएका विरामीको निरन्तर मृत्यु भएपनि न अस्पताल संवेदनशिल बनेको छ नत नियमनकारी निकाय नै । उपचारका क्रममा मृत्यु भएकाहरुलाई अस्पतालले क्षतिपूर्ती दिएर थामथुम पारीरहेको छ । तर �. . .


हातिमुढामा रहेको क्वालिटी उद्योगमा स्थानीयद्धारा तालाबन्दी, आफन्त नपर्दा गाउँपालिका अध्यक्षसम्मको चलखेल

विराटनगर, २९ असार । मोरङ्गको बुढीगगां गाउँपालिका बडा नम्बर ५ हातिमुडामा रहेको क्वालिटी नुडल्स चाउचाउ उद्योग अनिश्चितकालका लागि स्थानीयले बन्द गराएका छन् । स्थानियवासीले उद्योगसंग गरेको सझौता पुरा नगरेको भन्दै उनीहरुले उद्योग बन्द गराएका हुन् । २०७३ साल पुस २२ गते तत्कालिन हात्तिमुडा गाविस सचिव हर. . .


मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

विराटनगर, २९ असार । आगामी असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ ।lल्ला खोप समन्वय समिति मोरङको  विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । जिल्लाका १५ महिना उमेर पुगेका सबै बाबालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित ज�. . .


विराटनगरमा एक हप्ते वडिविल्डिङ तालिम गरिने

विराटनगर, २८ असार । बडिविल्डीङ र फिटनेस क्लवहरु ब्यावस्थित ढंगले संचालन गर्न विराटनगरमा पहिलो पटक एक हप्ते तालिम संचालन गरिने भएको छ । मोरङ बडिविल्डङ एण्ड फिटनेस एसोसिएसनले विराटनगरमा पत्रकार सम्मेलन गर्दै बर्षौ देखी फिटनेस क्लवहरु संचालन हुदै आएका भएपनि दक्ष प्रशिक्षक नभएका कारण प्रशिक्षकलाई दक्�. . .


विराटनगरका भौतिक संरचना अपाङ्गता मैत्री बनाउन माग

विराटनगर, २८ असार । सामथ्र्य समाजले विराटनगर महानगरपालिका भित्रका सार्वजनिक भवन अपाङ्गता मैत्री हुनुपर्ने माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, वडा नम्बर ८का वडाध्यक्ष मीनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाउँदै सामथ्र्य समाजको नेतृ. . .


‘वुगीवुगी’ डान्समा विराटनगरका रविन एक मात्र प्रतिस्पर्धि, जुटमिल्स मजदुरदेखीको संघर्षपुर्ण यात्रा

प्रेम देवान, विराटनगर, २८ असार । विराटनगरका एक मात्र प्रतिस्पर्धि रविन भुजेल अन्तराष्ट्रिय स्तरको ‘डान्स रियालिटी सो बुगीवुगी’ को टप फाईभमा छन् । नेपाली टेलिभिजन च्यानल एपीवान एचडीबाट प्रसारण भइरहेको बुगीवुगीको प्रतिस्पर्धा टप फाईभको लागि कडा प्रतिस्पर्धा भईरहेको छ । ‘अब नाच्छ नेपाल’ भन्ने नाराक�. . .


मोरङ जिल्लामा ६० प्रतिशत मुद्दा फैसला

विराटनगर, असार २८। मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७४ । ०७५ का अवधिमा ६० प्रतिशत मुद्दा फैसला गरेको छ । मुख्य न्यायाधीश राजुकुमार खतिवडाले छ हजार ४७३ मुद्दामध्ये तीन हजार ८९४ फैसला भएको बुधबार पत्रकार सम्मेलनमा बताए । एक वर्षका अवधिमा चार हजार २६० नयाँ मुद्दा र गत वर्षको जिम्मेवारी सरिआएको २ हज�. . .


मोरङ जिल्ला साक्षर घोषणा हुने अवस्थामा

विराटनगर ।  नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करीब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले दुई लाख ९७ हजा ९४३ जना मात्र निरक्ष�. . .


बिराटनगरमा डा.गोविन्द केसीको अनशनको समर्थनमा नागरिक समाज सडकमा

बिराटनगर असार २८ , काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी द जुम्लामा अनशनरत छन्। डा.गोविन्द केसीको अनशनको समर्थनमा बिराटनगरमा पनि सडक संदेश सहितको कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिराटनगरका नागरिक सम. . .


प्रदेश १ का सबै इन्धन ढुवानी ट्याङ्करमा आधुनिक ताल्चा

शशिधर पराजुली विराटनगर, असार २८ गते । नेपाल आयल निगमको विराटनगर क्षेत्रीय कार्यालय अन्तर्गत सञ्चालन भइरहेको इन्धन ढुवानी ट्याङ्करमा असार २८ गतेदेखि आधुनिक ताल्चा जडान हुने भएको छ । जेठभित्रै नयाँ ताल्चा प्रणालीमा जानुपर्ने भए पनि करिब एक महिना ढिलो गरी ताल्चा प्रणाली कार्यान्वयन गर्न लागिएको हो । . . .


बिराटनगरमा पनि वर्षा शुरु , तराइमा सतर्कता !

बिराटनगर असार २८ , देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताए अनुसार बिराटनगर लगायत मोरङमा भारी वर्षा सुरु भएको छ । आजदेखि भोलि सम्म बिराटनगरमा वर्षा हुने पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा वर्षाबाट हुन सक्ने सम्भावित दुर्घटनाका लागि  सतर्कता अपनाइएको छ  ।. . .