मोरङ, मंसिर ९ गते। मोरङको विराटनगर-६ स्थित मुनाल पथमा बुधबार को २१ प ५४५५ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा स्कुटर चालक विराटनगर-५ बस्ने शैलेश भट्टराई र पछाडी सवार सोही ठाउँका ३० बर्षिय केवल देवान रहेका छन्। घाइते दुवैजनाको विराटनर्सिङ होम बिराटनगरमा. . .
रोट्ररी क्लब विराटनगर सेन्ट्रलले विराटनगरको कोचाखलमा रहेको श्री प्राथमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । नोबेल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा विद्यालयका बालबालिकाका साथै स्थानीयहरुको पनि स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा नोबेल अस्पतालका फिजिस�. . .
बिराटनगर मङ्सिर ८ , सत्य साई बाबाको ९१ औं जन्मजयन्तिको अवसरमा विराटनगरमा शोभा यात्रा निकालिएको छ । सरौचियास्थित सत्य साई केन्द्रबाट निकालिएको शोभायात्रा धरानरोडबाट मेनरोडसहित नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गर्दै फेरी विराटनगर–७ स्थित सत्य साई केन्द्रमा पुगेर समापन गरिएको थियो । साईबाबा सम�. . .
बिराटनगर मङ्सिर ८ , नेपाली कांग्रेस नगर कार्यसमितिले विराटनगरको विकास निर्माणमा तीव्रता दिन उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस नगर सभापति भीम पराजुलीको नेतृत्वमा गएको टोलीले कार्यकारी अधिकृत दीपक कोइरालाई नगरक्षेत्रको विकास निर्माण र नगरभित्रका समस्या समेटिएको बुँदागत ध्य. . .
बिराटनगर मङ्सिर ९ , जिल्ला कृषि विकास कार्यालय मोरङले यसपटक ११ जना कृषकहरुलाई धान काट्ने मेसिन प्रदान गरेको छ । कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत अनुदानमा कार्यालयले सो उपकरण प्रदान गरेको हो । कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत दुई सयभन्दा बढीले पावर टिलरका लागि आवेदन दिएको कार्यालयले जनाएको छ ।. . .
बिराटनगर मङ्सिर ९ , मोरङको रंगेलीमा खटिएका विद्युत प्राधिकरण रंगेलीका कर्मचारी कुटिएका छन् । हुकिङ नियन्त्रण गर्दै डाइनिया-९ मुस्लिम वस्तीमा पुगेका कर्मचारीलाई स्थानीयहरुले कुटेर लखेटेका थिए । उनिहरुको कुटाइबाट प्राधिकरणका इन्जिनियर अमरजीत चौधरी लगायतका कर्मचारी सामान्य घाइते भएका छन् । हुकिङ ग�. . .
बिराटनगर मङ्सिर ९ , लायन्स क्लब अफ शुभम्को आयोजनामा बिराटनगरको एम्स कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा कलेजका विद्यार्थी , प्राध्यापक तथा लायन्सका सदस्यहरुले रक्तदान गरेका थिए । बिराटनगरमा पछिल्लो केही दिन यता रगतको अभाव देखिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको सं�. . .
बिराटनगर मङ्सिर ९ , बिराटनगरका ट्यांकर चालकले विगत तीनदिन देखि ढुवानी रोकेकोमा बिहीबारदेखि ढुवानी सुचारु गर्ने भएका छन् । उनिहरुले विभिन्न माग राखेर आन्दोलन गरेका थिए । उनिहरुले नेपाल आयल निगलका पदाधिकारीसंग भएको छलफलपछि ढुवानी सुरु गर्ने भएको हुन । आयल निगमका क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले मज. . .
बिराटनगर मङ्सिर ९ , नेपाल प्राज्ञिक विद्यार्थी परिषद नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिराटनगरमा हुने भएको छ । बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै परिषदले मंसिर १० , ११ र १२ गते समितिको बैठक विराटनगरमा हुने जानकारी दिएको छ । उक्त बैठकमा देशभरका प्राज्ञिक केन्द्रीय सदस्यहरु उपस्थित हु�. . .
श्रीलंकामा डिसेम्बर ८-२२ सम्म आयोजना हुने यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टिम छनौट गर्न देशब्यापी रुपमा आयोजना गरिएको ‘ट्यालेन्ट’ हन्ट कार्यक्रमको नतिजा आज सार्बजनिक गरिएको छ l काठमाडौँ, धनगढी, नेपालगंज, बिराटनगर, भैरहवा र कलैया गरि ६ ठाउँमा संचालन गरिएको ट्यालेन्ट हन्टमा सहभागी कर�. . .
बिराटनगर मङ्सिर ८ , नेकपा एमाले निकट अखिल नेपाल महिला संघको जिल्ला सम्मेलन हुने भएको छ । दस वर्षदेखि हुन नसकेको जिल्ला सम्मेलन यहि मङ्सिर १० र ११ गते हुनेभएको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन कोशीहरैचा नगरपालिका ३ स्थित जेसिज सामुदायिक भवनमा हुने भएको जानकारी आयोजकले दिएको छ ।. . .
बिराटनगर मङ्सिर ८ , विराटनगर लगायत कोशी र सगरमाथा अञ्चलका जिल्लामा पुनः पेट्रोलियम पदार्थको अभाव सृजना भएको छ । ट्याङकर चालकहरुले सोमबारदेखि पुनः ढुवानी बन्द गरेको हुनाले अभाव सृजना भएको छ । ट्याङ्कर चालकहरुले विभिन्न १५ वटा माग राखेर ढुवानी बन्द गरेका हुन । पेट्रोलियम पदार्थको अभावले जनजीवन प्रभाव�. . .