विराटनगर

पूर्वका मोरङसहित नौ जिल्लामा आगामी तीन दिन बाढीको जोखिम

विराटनगर । पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बिहान जारी गरेको सूचना अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना रहेको ह�. . .


लायन्स क्लव डिष्ट्रिक ३२५ सीले पन्ध्र हजार अमेरिकी डलर बाढी पीडितलाई वितरण गर्ने

विराटनगर । लायन्स अन्तराष्ट्रिय ले नेपालको बाढी पीडित तथा प्रभावितको लागि एकलाख अमेरिकी डलर तत्कालिन राहत वितरणका लागि स्वीकृत गरेको छ । लायन्स अन्तराष्ट्रिय फाउन्डेशनले नेपालमा बाढी पीडितका लागि आपतकालिन सहयोग अन्तर्गत यो रकम हस्तान्तरण गरेर वितरण गर्ने तयारी गरेको हो । जसमध्ये लायन्स क्लव डिस�. . .


विराटनगरको केशलिया खोलामा अस्थायी तटबन्धन निर्माण गर्न थालियो

विराटनगर । केशलिया खोलाको कटानबाट विराटनगर-१२ स्थित सम्पन्न बस्ती जोगाउन विराटनगर महानगरपालिकाले अस्थायी तटबन्ध निर्माण सुरु गरेको छ । महानगरको जेसीवी प्रयोग गरेर नगर प्रहरी र सशस्त्र प्रहरीले बोरामा माटो हालेर तटबन्ध निर्माण गरिरहेका छन् । मौसम विभागले बुधबार र बिहीबार भारि वर्षाको सम्भावना रह�. . .


विराटनगरको सास्थम कलेजमा दशैँ कार्भिनल

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेकोे साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट ( सास्थम ) कलेजले ‘दशैँ कार्भिनल २०८१' भव्य रुपमा मनाएको छ । कलेजले सोमबार कलेज प्राङ्गगणामा एक भव्य कार्यक्रम आयोजना गरी ‘दशैँ कार्भिनल २०८१ मनाएको हो । आउदै गरेको नेपालीहरुको महान पर्व दशैँ तिहार तथा छठ पर्वक�. . .


रंगेलीमा साविककै करका दर, संशोधन गर्दा काँग्रेसका लागि नभई नागरिकका लागि गरेको नगर प्रमुख बगडीयाको दावी

विराटनगर । मोरङको रंगेली नगरपालिकाले घरजग्गा करका दरमा गरेको बृद्धिलाई संशोधन गर्दै साविक अवस्थामै फर्काउने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८१÷२०८२ का लागि सम्पति करमा गरिएको बृद्धि परिमार्जन हुनुपर्ने भन्दै नेपाली काँग्रेसले गरेको आन्दोलनको एजेण्डालाई अस्वीकार गर्दै नगर परिषद्को बैठकले गत �. . .


सीमापार जोगबनी सधैं गुल्जार, अन्जानमा ठगीदैछन् उपभोक्ता

इन्दु साह विराटनगर । विराटनगरसहित कोशीका विभिन्न जिल्लाका उपभोक्ताहरू दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न सीमापार भारतको नजिकैको बजारलाई रोज्ने गरेका छन्। यो प्रवृत्तिले स्थानीय बजारमा चुनौती सिर्जना गरेको छ । परम्परा नै बनिरहेको सीमापार बजारको किनमेल वर्षेनी बढेपनि उपभोक्ताहरूलाई अन्जानमै ठगीक�. . .


विराटनगरमा नहर सफाई अभियान

इन्दु साह विराटनगर । विराटनगर ११ र ६ का स्थानीय युवाहरूले दशैं नजिकिँदै गर्दा नहर सफाई अभियान सुरु गरेका छन्। सडकमा हिँड्ने मानिसहरूलाई नहरमा फोहोर नदेखियोस् भन्ने उद्देश्यका साथ नहर सफाई अभियान सुरु गरेका हुन्। विराटनगर महानगरपालिकाको सरसफाई शाखाको सहयोगमा उक्त अभियान अघि बढाईएको हो। चाडपर्�. . .


तेस्रो संस्करणको ‘विराटनगर म्युजिक फेस्टिबल’ कात्तिक १० गते हुने

विराटनगर । लाईभ इन्टरटेनमेन्टको आयोजनामा तेस्रो संस्करणको 'विराटनगर म्युजिक फेस्टिबल' हुने भएको छ। विराटनगर मेनरोडस्थित जैनभवनको खुल्ला मैदानमा कात्तिक १० गते शनिबार दिउसो ४ बजेदेखि म्युजिक फेस्टिबल हुने भएको हो। विस २०७९ सालदेखि नेपालीहरु महान चाड दशैँ,तिहार छठ पर्वको अवसरमा आयोजना हुदै आएको. . .


विराटनगर बजारमा चाडपर्व अपेक्षित छैन व्यापार

इन्दु साह विराटनगर । दशैं नजिकँदै गर्दा पनि विराटनगरको व्यापार क्षेत्रमा अपेक्षित चहलपहल देखिएको छैन। स्थानीय व्यापारीहरूले यस वर्षको व्यापार स्थिति निराशाजनक रहेको बताएका हुन्। विगत वर्षहरूमा दशैंको करिब १५ दिन अगाडिदेखि नै बजारमा ग्राहकहरूको भीड लाग्ने गरेको थियो। तर, यस पटक पसलहरू खाली देखिएक�. . .


विराट गंगाको जारमा भेटियो भोला गुड्खाको खोल, खाद्य प्रविधिले गर्यो जारमा शिल

प्रेम देवान विराटनगर । ‘वि सियोर ड्रिंक पिरोर’ सुन्दा कस्तो आनन्द र आकर्षित नारा छ । तर, त्यो त केवल नारामा मात्रै सिमित रहेछ भन्ने उदाहरण आजको एउटा घटनाले देखाएको छ । विराटनगरको बजारमा छयाप–छ्यापी भेटिने विराट गंगा प्रशोधित शुद्ध पिउने पानीको बोतल अनि जार देख्नु नै भएको होला । विराटनगर १ विशाल चौकमा. . .


बाल अधिकार संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड

विराटनगर । बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सोमबार एकीकृत हातेमालो समाज नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको बालअध�. . .


आगलागीपछि सधैं गुनासो–विराटनगरमा समयमा पुग्दैन दमकल

विराटनगर । गत असोज ९ गते कोशी राजमार्ग अन्तर्गत धरान रोडको भव्या इन्टरनेशल प्रा.लि.को इलेक्ट्रिक साइकल शो–रुममा आगलागी भयो । आगलागी भएको ४२ मिनेटपछि मात्रै दमकल पुगेको गुनासो पीडित र घटनास्थल आसपासका नागरिकले गरे । इलेक्ट्रिक साइकल शो–रुममा लागेको आगो एकै छिन्मा नियन्त्रण लिनसक्ने अवस्थाको फैलावट �. . .