विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि नै इआरसीपी हो । सा. . .
विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वर्तमान परिस्थितिमा गठबन्धनलाई निरन्तरता प्रदान गर्नुको विकल्प नरहेको बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग छोटो कुराकानी गर्दै नेता गच्छदारले यस्तो बताएका हुन् । उनले कांग्रेस र कम्युनिष्टबिच वैचारिक मत भिन्नता भएपनि वर�. . .
विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको आज चौथो दिन भएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार चैत ११ म्यादी प्रहरी भर्नाको लागि अन्तिम आवेदन दिन पाइने छ । प्रदेश १ मा १७ हजार ८ सय जना भन्दा बढीले मंगलबारसम्ममा म्यादी प्रहरीको ल�. . .
विराटनगर । विराटनगर जुनियर जेसिजद्वारा आयोजित काब्रा ग्रुप ( क्वालिटी फुड) द्वारा प्रायोजित २६औँ संस्करणको अन्तर विद्यालय जेसिज टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिता विराटनगर महानगरपालिकाको सभाहलमा पहिलो र दोश्रो दिनको खेल सम्पन्न भएको छ । २६ बर्ष देखि निरन्तर एउटै आयोजक र एउटै प्रायोजक रहेको हाजि. . .
विराटनगर । कतारको राजधानी दोहामा आयोजना भएको “२०२२ अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) – एशियन टेबुल टेनिस युनियन (एटिटियु) कम्पिटिसन म्यानेजर सेमिनार“ मा बिराटनगर–३ निवासी आइटीटीएफ लेभल २ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक बिकेन थापा नेपालको तर्फबाट सहभागी भएका छन् । मार्च १८–२० �. . .
विराटनगर । विराटनगर महानगरपालिका वार्ड ८ मा रहेको हाटखोला मैदानमा निःशुल्क योग शिविर हुने भएको छ । पतंजलि योग समिति मोरङको आयोजना तथा लायन्स क्लव ईन्टरनेश्नल डिस्ट्रीक ३२५ ए वान सह आयोजक र विराटनगर महानगरपालिकाको सहयोगमा एक हप्ता सम्म निःशुल्क योग शिविर हुने भएको हो । भोली बुधबारदेखी आगामी १५ गते स. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको चार किल्ला सीमानाभित्र जारी अनिश्चितकालीन कर्फ्यु केही परिवर्तन सहित जारी राख्ने निर्णय गरेको छ । मङ्गलबार बसेको बैठकको निर्णय बमोजिम मोरङ प्रशासनले दिनको ६ घण्टा निर्वाध आवागमन गर्न पाउने कर्फ्यु जारी राख्ने निर्णय गरेको हो । निश्चित समयसीमा तो�. . .
विराटनगर । भारतको हरिद्धारबाट आएका साध्वीद्वयद्धारा विराटनगरमा रहेको शिक्षादिप कलेजका विद्याथीलाई योगा प्रशिक्षण दिएको छ । शिक्षादिप कलेजले मंगलबार नयाँ भवनमा रहेको सभाहलको उद्घाटनसंगै विद्यार्थीहरुलाई एक दिने योगा प्रशिक्षण दिएको हो । ‘योग प्रशिक्षण तथा सभाहल’ को उद्घाटन हरिद्वारबाट आएका सा�. . .
विराटनगर । विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा दशलाखको नया“ छात्रवृत्तिको स्थापना गरेका छन् । मंगलबार विद्यालयमा आयोजित सुमनदेवी गोयल छात्रबृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै गोयलले सो को घोषणा गरेका हुन् । यसअघि सोही विद्यालयमा उनी सं�. . .
विराटनगर । पछौटेपनको शिकार भएका दलित समुदायको हक अधिकारको पक्षमा निरन्तर कलम चलाउँदै आएका पत्रकार गणेश लम्साल सम्मानित भएका छन् । ७ र ८ चैतमा प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न पहिलो दलित जनप्रतिनिधिहरुको भेलामा नयाँपत्रिका दैनिकका प्रदेश १ का समाचार ब्युरो प्रमुख पत्रकार लम्साल सम्मानित भएक�. . .
विराटनगर । विराटनगर–८ मा दैनिकजसो चोरीका घटना हुन थालेपछि नियन्त्रणका लागि प्रहरीलाई ध्यानाकर्षण गराइएको छ । वडा प्रहरी कार्यालय (ख) का प्रमुख प्रमोद रायमाझीलाई नेकपा एमाले विराटनगर–८ कमिटिले ध्यानाकर्षण गराएको हो । पार्टीका प्रदेश कमिटि सदस्य बालेश्वर कामतले चोरीका घटना बढ्दै जाँदा नागरिक असुर�. . .
विराटनगर । विराटनगरस्थित सत्यनारायण माविका ३७ जना विद्यार्थीहरुलाई २ लाख बढीको छात्रवृत्ति प्रदान गरिएको छ । मङ्गलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयका २२ जना विद्यार्थीहरुलाई समाजसेवी दिनबन�. . .