पुर्व

प्रतिबन्धित भारतीय पाँच सय दरका नोटसहित एकजना पक्राउ

विराटनगर । प्रतिबन्धित भारतीय रुपैँया पाँच सय दरका नोटसहित विराटनरमा एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकबाट एक लाख ३२ हजार ५०० रुपैयाँसहित धनुषाका ४३ वर्षीय सन्तोष महतोलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले शुक्रबार बिहान भारतबा�. . .


अस्ट्रेलियामा मासिक तीनलाख कमाई हुने प्रलोभन देखाएर ठगि गरेको आरोपमा विराटनगरका प्रमोद सोनी पक्राउ

विराटनगर । विराटनगर महेन्द्र चौकको डाइनामिक एजुकेशन कम्प्लेक्स प्रा.लि.का सञ्चालक विराटनगर–१३ निवासी प्रमोद स्वर्णकार (सोनी) लाई मोरङ प्रहरीले पक्राउ गरेको छ । अस्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिस चौधरीसँग ३० लाख रुपैँया ठगेको आरोपमा सोनी बिहीबार साँझ पक्राउ परेका हुन् । . . .


लागुऔषध सहित दुई जना पक्राउ

इटहरी । सुनसरी धरान–१ पुरानो बजारबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराई रहेका छन् । विशेष सुराकका आधारमा हिजो राती पौने ९ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई उनिहरुकै कोठाबाट नियन्त्रणमा लिएको हो । नियन्त�. . .


कर्मचारीलाई कोराना पुष्टि भएपछि धरान उपमहानगरपालिकाको सेवा प्रभावित

धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुन थाले पछि सेवा प्रवाह पनि प्रभावित हुन थालेको छ । उपमहानगरपालिकाको योजना, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योजना महाशाखा, प्रशासन तथा सूचना र पर्यटन शाखाको केही दिनका ला�. . .


विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक भएको जोड दिनुभएको छ । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उहाँले दावी गर्दै यस्तो बताउनु भएको हो । सामाजिक विकास मन्त. . .


प्रदेश १ मा १८२ संक्रमित थपिए, १७४ डिस्चार्ज, ३ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष र मोरङमा १ महिलाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा बिहीबार १८२ संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपु�. . .


समयमा शुरु हुन सकेन चिया परीक्षण केन्द्र

विभिन्न समस्याले यहाँस्थित सूर्योदय नगरपालिकामा निर्माण हुन लागेको ‘चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र’को काम अझै शुरु हुन सकेको छैन । गएको चैतबाटै शुरु हुने भनिए पनि कोरोना र वर्षाको समस्या देखाउँदै केन्द्रको काम शुरु नभएको हो । प्रदेश नं १ सरकारको साझेदारीमा सूर्योदय नगरपालिकाले रु २३ करोडको �. . .


तस्करका सहयोगी प्रहरीलाई एसपीको झापड र निलम्बन

विराटनगर । लकडाउनकै समयमा नेपालबाट अवैध रुपमा हरियो मटर भारततर्फ कटाउन सहयोग गरेपछि मोरङका दुईजना प्रहरी गत असार २५ गतेदेखि निलम्बनमा छन् । उनीहरुको निलम्बन अहिलेसम्म पनि फुकुवा गरिएको छैन । दरैया नाका हुँदै गत असार १४ राती एक ट्याक्टर हरियो मटर भारत कटाइएको थियो । उक्त मटर कटाएको आरोपमा इलाका प्रह�. . .


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको खोटाङ्गमा बजेट दुई करोड बढी

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा रु दुई करोड दश लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्तिमा २०० रोपनी जग्गामा एकै किसिमका बाली लगाउनेगरी चक्लाबन्दी खेती प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको इकाईले जनाएको �. . .


प्रदेश १ मा बुधबार १५७ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १–१पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७ र १४ जना अन्य प्रदेशका छन् । प्रदेश १ मा �. . .


विराटनगरबाट तीनजना सट्टेबाज पक्राउ

विराटनगर । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाज (फाट्का) को कारोबार गर्ने तीनजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । अनलाइनमार्फत सट्टेबाजी (फाट्का) चलाउने तीन जनालाई मोवायलबाट कारोबार चलाएको सूचनाका आधारमा पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुस. . .


आज एकैदिन चारजनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा बुधबार सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय वृद्धको मृत्यु भएको छ । योसँगै बुधबार मात्रै मृत्यु हुनेको संख्या ४ पुगेको छ । अस्पतालको आइसोलेसनमा भर्ना पश्चात उपचारका क्रममा बृद्धाको मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख डा.दी�. . .