पुर्व

प्रदेश १ मा एक लाख जनाको पीसीआर परीक्षण

विराटनगर–प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको छ । हाल सम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १७७ को पोजेटिभ आए�. . .


विराटनगरमा ५१ सहित प्रदेश १ मा १५५ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार १५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका �. . .


बाढीले जलविद्युत् आयोजनाको विद्युत गृह सहित दुई जनालाई बगायो

सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गए राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो । स्थानीय नागदेवा खोला लघुजलविद्युत आयोजनाको विद्युत गृहमा कार्यरत राजु र उनका साथी विष्णुराजलाई राति करीब १ बजे अचानक खोलामा आएको बाढीले. . .


‘मेचीनगर पोलिटेक्निकल इन्स्टिच्युट’सञ्चालनमा आउँदै

मेचीनगरको धुलाबारी क्याम्पसमा सिटिइभिटीसँगको साझेदारीमा मेचीनगर नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ । कलेज सञ्चालनको सम्पूर्ण व्ययभार नगरपालिका आफैंले व्यहोर्ने जनाएको छ । कलेजको नाम ‘मेचीनगर पोलिटेक्निकल इन्स्टिच्युट’ राखिएको छ । आफ्नै भवन र जग्गा नहुञ्जेलसम्म यो प्राविधिक कलेज . . .


प्रदेश १ मा १४३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा १४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । इटहरीमा . . .


सुनसरीमा आइतबार ७८ जना संक्रमित थपिए, जसमध्ये ६१ जना नेपाली सेना

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिकामा पछिल्लो २४ घण्टामा ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये धरानको फुस्रे आर्मी क्याम्पका ६१ जना सैनिक छन् । त्यस बाहेक इलाका प्रहरी कार्यालय धरानका २ प्रहरी र ६ जना विभिन्न अभियोगमा पक्राउ परेका थुनुवा छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान. . .


वीपीमा झापा कन्काईकी महिलाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापा कन्काई नगरपालिका–३ निवासी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । मेची अस्पतालबाट रिफर भई वीपीको कोभिड अस्पतालमा उपचारतः महिलाको आइतबार १०ः४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार कब्जियतको समस्या भएपछि �. . .


सुनवर्सीमा लागुऔषधसहित दुईजना पक्राउ

विराटनगर । मोरङको सुनवर्सी–८ स्थित एरियाबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनवर्सी–४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी–८ का १८ बर्षीय भीम कुमार मण्डल रहेका छन् । आइतबार बिहान को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा ६ बोतल इस्कुब र १९० गोटी ल्याब�. . .


कोरोना कहर : इलाममा चिया बुझ्न आएनन् विदेशी

विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग÷कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे । प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक �. . .


सुनसरी देवानगन्‍जमा चटयाङ लागेर एकजनाको मृत्यु

विराटनगर । सुनसरी देवानगन्‍जमा चटयाङ लागेर एकजनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार देवानगन्ज गाउँपालिका २ का ३० वर्षीय सन्तकुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको हो । घरनजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई शनिबार अपराह्‍न ४ बजे चट्याङले लागेको थियो । च. . .


दुईजना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरमा एक पुजारी पक्राउ

दुईजना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरमा एक पुजारी पक्राउ परेका छन् । त्रियुगा नगरपालिकाको मोहनपुरस्थित शिव मन्दिरका ६६ बर्षिय पुजारी साधु राम बिलास मण्डललाई प्रहरीले दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो । १० बर्षिया र ८ बर्षिय बालिकालाइ विभिन्न प्रलोभन देखाउदै मन्दिरकै रहे�. . .


सोलुखुम्बुमा करिब ८२ प्रतिशतभन्दा बढी भूकम्प पीडितको घर निर्माण

सन्तोष राउत सोलुखुम्बु, भदौ २० गते । भूकम्प गएको पाँच वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८२ प्रतिशतभन्दा बढी घर निर्माण भएका छन् । जिल्लाभरि जम्मा लाभग्राहीको सूचीमा १३ हजार ६७३ घर प्रमाणित भएकोमा पुनर्निर्माणतर्फ १२ हजार ४२८ र प्रबलीकरणतर्फ एक हजार २४५ घर रहेका थिए । पुनर्निर्माणमा परेका भूकम्प पीडि. . .