पुर्व

झापामा छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ

सुरुङ्गा, झापा। अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबह. . .


इलाममा होटल मजदुर मृत भेटिए

इलाम,९ फागुन ।  इलाममा एक व्यक्ति बुधबार मृत अवस्थामा भेटिएका छन् । इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा सागर हेमरोन नाम गरेका व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।  हेमरोनलाई बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार झापा गौरी. . .


पाँचथरको फिदीममा अन्तराष्ट्रिय केलाङ(च्याब्रूङ नाच) महोत्सव

पाँचथर,९ फागुन ।  पाँचथरको सदरमुकाम फिदीममा अन्तराष्ट्रिय केलाङ(च्याब्रूङ नाच) महोत्सव सुरुभएको छ । महोत्सव सोमबारदेखि सुरुभएको हो । मंगलबार महोत्सवमा भारतको सिक्किम, दार्जिलिङ र  नेपालका विभिन्न जिल्लाहरुबाट सहभागी केलाङका टोलीले  केलाङ(च्याब्रूङ नाच) प्रदर्शन गरेका छन् । फिदीम बजार परिक्रमा �. . .


सुनसरीका विद्यार्थीद्वारा कागतीबाट बिद्युत उत्पादन

सुनसरी, ९फागुन । सुनसरीका विद्यार्थीहरुले कागतीबाट विद्युत उत्पादन गर्न सकिने प्रमाणित गरेका छन । इटहरीको डीभीएम विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कागतीबाट विद्युत उत्पादन गरी पर्दशनी समेत गरेका छन । कागतीबाट भरपर्दो तरिकाले सस्तो मूल्यमै व्यक्तिगत तथा घरायसी प्रयोजनको लागी विजुली निकाल्न स�. . .


प्रदेश सरकारमा दलहरुबीचको समझदारीवाट प्रदेशको समृद्वि सम्भव हुने

पाँचथर, ८ फागुन । एक नम्बर प्रदेशका प्रदेश प्रमुख डाक्टर गोविन्द तुम्वाहाङले प्रदेश सरकारमा प्रतिनिधित्व र प्रतिपक्षमा रहने दलहरुबीचको समझदारीवाट प्रदेशको समृद्वि सम्भव हुने वताउनु भएको छ । पाँचथरको फिदिममा आयोजित अन्तराष्ट्रिय च्याबु्रल महोत्सवको उद्घाटन गर्न फिदिम पुग्नु भएका तुम्वाहाङले आज . . .


पथरीशनिश्चरेमा सीमसागको व्यापारबाट अन्नपानीको जोहो

गोपालप्रसाद पोखरेल. पथरी,फागुन ८। पूर्वी मोरङको पथरीशनिश्चरे–८, जिरिखिम्ती सीमसागको राजधानीका रुपमा परिचित हुन थालेको छ । किसान थोरै जमिनबाट घरको गर्जो टार्ने खर्च मात्र हैन व्यावसायिकरुपमा साग खेती गरेर आर्थिकरुपमा समृद्ध बन्दै गएका छन् । घर नजिकै बग्ने मोरङ्गीखोलाको थोरै भूगोलमा सीमसागको व्याव�. . .


ताप्लेजुङमा महिन्द्रा गाडीको आधिकारिक शो रुम

ताप्लेजुङ, फागुन ८ गते । ताप्लेजुङमा महिन्द्रा गाडीको आधिकारिक शो रुम स्थापना भएको छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले सदरमुकाम फुङलिङमा ४२ औँ महिन्द्रा एण्ड महिन्द्रा शो रुमको स्थापना गरेको हो । शो रुमको सोमबार एक कार्यक्रमका बीच एक नम्बर प्रदेशसभा सदस्य. . .


पूर्वी नेपालका धेरै ठाउँमा सीआइबीको छापा :५ वटा वित्तीय संस्थाका ८ जना पक्राउ

विराटनगर, ७ फागुन ।पूर्वी नेपालका धेरै ठाउँमा सीआइबीले छापा मारेको छ । केन्द्रीय अनु्सन्धान ब्यूरो सिआइबीको टोलीले मोरङ र सुनसरीमा अवैध रुपमा वीत्तीय कारोबार गरेको सुराकीका आधारमा धेरै स्थानका सहकारीमा छापा मारेको हो । अनुमती नै नलिइकनै अवैध रुपमा वित्तीय कारोबार गरेको आरोपमा सिआइबीको टोलीले ५ वट�. . .


संखुवासभामा सासु बुहारीलाई नै माटोको ढिस्कोले पुरेपछि

संखुवासभा, ७ फागुन ।  संखुवासभा जिल्लाको मादी नगरपालिका–४, स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा सोमबार एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर ज्यान गएको छ । करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा बिकको माटोले पुरिएर ज्यान गएको हो । मृतकको शव चैनपुरस्थित प्राथमिक स्वास्थ्. . .


उर्लाबारीमा विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीको अवलोकन

उर्लाबारी,फागुन ७ गते । विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् । शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मि�. . .


एक नम्बर प्रदेश : कांग्रेसमा संसदीय दलको नेता छान्न आज चुनाव हुने

विराटनगर, ७ फागुन । प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसमा आकांक्षि धेरै देखिएपछि चुनाव हुने भएको छ । आज दिउँसो निर्वाचनको कार्यक्रम तय भएको छ । आईतवार ३ जनाको मनोनयन दर्ता भएपछि चुनाव हुन लागेको हो । संसदीय दलको नेताको लागि मोरङका प्रदेश सभा सदस्य केदार कार्की, सुनसरीका प्रदेश स. . .


सप्तरीबाट ठूलो परिमाणको लागुऔषधसहित तीन जना पक्राउ

राजविराज।  ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मु. . .