पुर्व

धनकुटाको निगाले सिमेन्ट उद्योग बन्दको माग (पत्रपत्रिका)

धनकुटा, २० माघ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवा बजारमा रहेको निगाले सिमेन्ट उद्योग बन्द गर्नुपर्ने माग गर्दै स्थानीयले आन्दोलन शुरु गरेका छन् । वातावरण प्रदुषण नियन्त्रण गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा थप प्रर्दशन गरेका हुन् । गत �. . .


खोटाङमा भान्साघर जल्यो

खोटाङ, १८ माघ । खोटाङको खोटेहाङ गाउँपालिका–२ दितुङमा आगलागी हुँदा चार लाख ६० हजार बरावरको क्षती भएको छ । स्थानीय चन्द्र बहादुर विश्वकर्माको भान्सा घरमा विहीबार दिउँसो आगलागी भएको हो । आगलागीबाट घर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौ�. . .


पाँचथरमा छ लाख रुपैयाँ लिएर श्रीमती बेपत्ता

पाँचथर,१८माघ । पाँचथरको फिदिम नगरपालिका–५ चोकमागुकी २६ वर्षीया ‘सुस्मिता’ भनिने कमला तुम्बापो छ लाख रुपैयाँ लिएर बेपत्ता भएकी छन् । उनी बेपत्ता भएपछि उनका श्रीमान कबेर तुम्बापो र छोराछोरी बिचल्लीमा परेका छन् ।बैदेशिक रोजगारीको शिलशीलामा केही वर्ष मलेशिया बसेर स्वदेश फर्की मजदुरीको लागि आफू पोख�. . .


सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी,१८ माघ । सुनसरीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । सुनसरीको रामधुनी नगरपालिका २ स्थित पूर्व पश्चिम राजमार्गमा रोकी राखेको ट्रकका मोटरसाइकल ठोक्किदा चालकको ज्यान गएको हो । ज्यान गुमाउँनेमा को ३२ प ८९८ नम्बरको मोटरसाइकल चालक सुनसरी रामधुनी–५ का नैनबहादुर बन्जरा रहेका छन्। मोटरसाइ�. . .


झापामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु, बिराटनगरमा ४ जना घाईते

झापा, १७ माघ । झापाको हल्दीबारी गाउँपालिका–३ देउनिया पुल नजिकै ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। ज्यान गुमाउँनेमा हल्दीबारी गाउँपालिका–३ जलथल बस्ने ४७ बर्षिय भिम बहादुर गिरी रहेका छन्। गिरीलाई पृथ्वीनगरबाट हल्दीबारीतर्फ इँटा लिएर जाँदै गरेको मे १ त ६१७४ नम्बरको ट्याक्टरले ठक्कर द�. . .


उद्घाटनकाे चार वर्षसम्म पनि पाँचथरकाे बसपार्क प्रयोग विहीन

पाँचथर, १७ माघ । पाँचथरको सदरमुकाम फिदिम–२ पल्लोटारमा निर्मित बसपार्क उद्घाटन भएको चार वर्षमा पनि प्रयोगमा आएको छैन । बसपार्कमा भौतिक पूर्वाधार विस्तार भइनसकेको भन्दै यातायात व्यावसायीले नै सवारी पार्किङ नगरेपछि बसपार्क प्रयोग विहीन बनेको हो । फिदिम बजारको अस्थायी बसपार्क साँघुरा भएकोले  विकल्�. . .


यौनधन्दा गराउने होटल संचालक प्रहरी फन्दामा

विर्तामोड, १७ माघ । युवतीलाई यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा प्रहरीले होटल संचालकलाई पक्राउ गरेको छ । दुई युवतीलाई जवरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएर उनीहरुबाटै आर्थिक लाभ लिएको आरोपमा होटलकी सञ्चालक सीता तिम्सिनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । अर्जुनधारा नगरपालिका–�. . .


लहानमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

लहान, माघ १७ । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ ।  स १ त ५१३७ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रह�. . .


सुनसरीमा नहरमा डुबेर बालकको मृत्यु

सुनसरी, माघ १७ गते। सुनसरीको गढी गाउँपालिका-६ स्थित नहरमा डुबेर मंगलबार बालकको मृत्यु भएको छ। घर नजिकै रहको नहरमा खस्दा डुबेर स्थानीय देव कुमार मण्डलको तीन वर्षका छोरा अंकित मण्डलको मृत्यु भएको हो। साँझ ५ बजेतिर नहरको डिलमा खेल्दै गर्दा मण्डल अचानक नहरमा खसेको र उनलाई उद्दार गरी ईनरुवा अस्पताल लै�. . .


इटहरीको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख फाँटबाट हटाइए

इटहरी । इटहरी उपमहानगरको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख लखनलाल चौधरी लेखा फाँटबाट हटाइएका छन् । चौधरीको स्थानमा आएका नयाँ लेखा प्रमुख लेखराज भट्टले आइतबारबाट काम सुरु गरेका छन । मेयर द्वारिकलाल चौधरीले धेरै आलोचना र दोष लेखा शाखामा देखिएको भन्दै शाखा प्रमुख हटाइएको बताए । दशक बढी सम. . .


धरानमा लागूऔषधसहित एक पक्राउ

उदयपुर, माघ १६ गते।सुनसरीको धरान स्थित अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटएको प्रहरीको टोलीले सोमबार लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-३ बस्ने २९ बर्षिय उमेश श्रेष्ठ रहेका छन्। उनलाई प्रहरीले बेलुका ८ बजेतिर चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट दुबै तिघ�. . .


ओखलढुङ्गामा मादक पदार्थ सेवनगरी आपसमा कुटपिट, एक जनाको मृत्यु

ओखलढुङ्गा, माघ १६ गते। ओखलढुङ्गाको मोलुङ गाउपालिका-७ पात्लेमा सोमबार मादक पदार्थ सेवन गरी कुटपिट हूँदा एक जनाको ज्यान गएको छ। स्थानिय लाल बहादुर मगरको छोरी सबिना मगरको बिबाहमा सोही ठाउँका पासाङ शेर्पा, साङगे शेर्पा, जिङमे शेर्पा, जनक मगर, कुमार मगर र कमल मगर विच विहान ३ बजेतिर सामान्य विवाद हुँदा कुटप�. . .