पुर्व

उदयपुरमा बलेरो दुर्घटना, ६ घाइते

उदयपुर, असोज २५, उदयपुरको कटारी नगरपालिका-११ स्थित ग्रिनचौरमा मंगलबार बलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। चालकसहित ६ जना सवार ज १ च १३०८ नम्बरको बलेरो साँझ ६ बजेतिर ब्रेकफेल भई सडकबाट अन्दाजी ४ मिटर तलखसी दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सबैको कटारी अस्पतालमा उपचार भइरेहको इलाका प्रहरी �. . .


मानसिक स्वास्थ्य दिवसमा दमक नगर परिक्रमा सहित दिप प्रज्वलन

"मानसिक स्वास्थ्य कार्य स्थानमा" भन्ने नाराका साथ २५ औ विश्व मानसिक स्वास्थ्य दिवश भब्य र्यालिका बिच सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै दमक नगरपालिकाका उप-प्रमुख गिता अधिकारीले मानसिक स्वास्थ्य जनसरोकारको विषय भएको र यसलाइ स्थानीय निकायले सम्बोधन गर्ने बताउनु भयो । दमक जेसिस,युथ फर ब्लड र OMPW . . .


तेह्रथुममा ६६ हजार ७ सय मतदाता

तेह्रथुम,  असोज २४ गते ।  आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट साढे ६६ हजारभन्दा बढी मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन कार्यालयका अनुसार जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका ६६ हजार ७४१ जना मतदाताले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्ने भएका हुन् । �. . .


मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा तीन लाख बराबरको क्षति

विराटनगर, असोज २४  । मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । मोरङको सुन्दरहरैंचा–९ पीपलचौर बस्ने रुद्र कार्कीको ग्वालीमा आगलागी हुँदा ग्वालीमा रहेका सम्पूर्ण सामान जली रु एक लाख ५० हजार बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यस्त�. . .


सिरहाको गोलबजारमा दुर्घटनामा नौ प्रहरी घाइते

लहान, असोज २४ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँिकदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ क ११४४ नंको मिनीट्र�. . .


पिकअपको ठक्करबाट मोटरसाइकल चालक घाइते

मोरङ, असोज २३ गते। मोरङको सुन्दरहरैचा नगरपालिका-६ मा आइतबार पिकअपको ठक्करबाट एक मोटरसाइकल चालक घाइते भएका छन्। घाइते हुनेमा मे १ प ६८६३ नम्बरको मोटरसाइकलमा सवार भोजपुर पौवादुम्बा ३ बस्ने बर्ष-२० को आकाश लकान्द्री रहेका छन्। उनलाई को १ च ४३०२ नम्बरको महिन्द्रा पिकअप भ्यानले दिउँसो २ बजेतिर ठक्कर दिएक�. . .


झापामा प्रमुख दलहरूले उम्मेदवारहरूको टुङ्गो लगाए (सुची सहित)

बिर्तामोड, असोज २२ गते ।   केन्द्रमा एकीकरणको अभ्यास भइरहेका बेला झापामा प्रमुख दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आ–आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको चयन गरी केन्द्रमा सि. . .


एमाले अध्यक्ष ओलीको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिस

लहान।आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिनुभयो । यस्तै एमालेको क्षेत्रीय कमिटीले प्�. . .


धरानमा बसको ठक्करबाट भाईको मृत्यु दाजु घाईते

सुनसरी, असोज २२ . सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित तीनकुनेमा शनिबार दिउँसो बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। धरानबाट भद्रपुरतर्फ जाँदै गरेको को १ ख ३१८८ नम्बरको गुराँस यातायात बसले ईटहरीबाट धरानतर्फ जाँदै गरेको मे ८ प ७४३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट �. . .


बेलबारीमा बालिकालाई कालोमोसो दलेको अभियोगमा सात पक्राउ

विराटनगर,  असोज २२ गते ।  बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्षीया मनकुमारी तामाङ र २७ वर्षीया वीरजङ्ग परियारलाई पक्राउ गर�. . .


इलामबाट खनाल र नेम्वाङ सर्वसम्मत सिफारिस

इलाम,  असोज २१ ।  प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ । एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नं १ र नेम्वाङलाई २ बाट सिफारिस गरेको हो । “खनाल र नेम्वाङ दुवै राष्ट्रिय राजनीतिमा महत्वपूर�. . .


सप्तरीमा बाढी प्रभावित ठाउमा झाडापखालाको प्रकोप

राजविराज,  असोज २० गते ।  सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । पछिलो पटक सो गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासि झाडापखालाको प्रकोप बढ्न थालेपछि त्यहाँ का दर्जनौँ सर्वसाधारण बिरामी परेका छन् भने आधा दर्जन सिकिस्त समेत . . .