साहित्य संसार

गजल

लघुकथाः दोषी चश्मा

-ऋषि तिवारी म केही पनि देख्तिनथेँ । आँखा कमजोर थियो । डाक्टर कहाँ पुगें । "डाक्टर साहब म केही पनि देख्तिनँ। मधुरो देख्छु ।" पहिले त अक्षर चिनाउँने कोठामा लगे । सोधें डाक्टरले उसैगरी- "यो कुन अक्षर हो ?" अक्षर अलिक ठूलै थियो । एउटा आँखा हातले छोप्न लगाएर सोधियो । मैंले फ्याट्टै भनें- यो ए बि सी डी को डी हो ।" अब ल�. . .


गजल

-किस्मत खतिवडा उक्सिन भनी गरिबीको दलदलबाट जहाज चढेर उडे बिमान स्थलबाट हैसियतको कुरा के गर्नुहुन्छ महोदय आधा जीवन काटे चुडिने चप्पलबाट अझै पनि अन्धकार छ गाउँको झुप्रोमा झिलिमिली देख्छौ होला तिम्रो महलबाट विना चेकजाँच क्विन्टल सुन भित्र्याई भन्सार उठाउछौ नुन, तेल, चामलबाट. . .


गजल

-उषा केसी बित्दैछ रात सधैं भिज्दैछ सिरानी लेखेर नसकिने भयो अब कहानी मध्ये रातमा आउँछौ प्याला पिएर प्यालासँगै पिउँदैछौं सधैं मेरो जवानी निष्ठुरी भै छोडेर जान सक्दिन कहिले मनमुटु भित्र राखेकोछु तिम्रो निशानी हुरी आधी थेग्दै कैयौ वसन्त बिताए अझै कति थेग्नु पर्छ असिना पानी अकेली थिए साथ दिँदै. . .


अथाहै गुमाए…

-सुरज दाहाल मैले अथाहै धेरै शब्दहरू गुमाए लागत हिसाब नगरी नदेखेका संगितहरु गुमाए तिमी सग नसुनेका गितहरु गुमाए मैले नभोगेका कथाहरु गुमाए मैले नपोखेका आँसुका थोपाहरु गुमाए तिमीले नगरेको उधारो प्रेम पनि गुमाए सायद चौराहमा छरिएको पर्चा झैँ मैले मेरा भावनाहरु गुमाए मैले चाहनाहरु गुमाए मैले सबै मन�. . .


पापी मान्छे

-पारस भट्ट "प्यासी" म माथी तिमिले आज यत्रो घात गर्यौ है मेरो इज्जत माथी तिमिले लात मार्यौ है तिमि त मेरो कक्षा कोठाको साथी हौनी, तिमित मेरो गाउँको छिमेकी हौनी ! ए भाइ हिजोका दिनहरुमा हामिले सँगै भलिबल गेम खेलेको बिर्ष्यौ है! सँगै बसेर होटेलमा नास्ता खाएको बिर्ष्यौ है ! गाउँघरमा दाजुभाइको बिहेमा सँगै ना�. . .


दोष

-चूडामणि नेपाल “यो कोठामा नाति बस्छ । बुवा भन्नुहुन्थ्यो । काजक्रिया सकेको पर्सिपल्ट अस्तु सेलाउन हामी बराहा क्षेत्रतिर लाग्यौँ । साँझमा घर आइपुग्दा कोठा झकमक्क सिँगारीएको थियो । बुवाको झल्को आउने कुनै सामान त्यहाँ थिएनन् । महादेव , कृष्ण, दुर्गा, हनुमान् , काली माताका ठाउँ मा भित्ताभरी अर्धनग्न तस्�. . .


गजल

-दीपा तिम्सिना आफू हारेर पनि सधैं खुसी दिएको मान्छे उस्कै ईच्छा पूरा गर्दा गर्दै रित्तिएको मान्छे मरूभूमि झैँ जीवनमा के अर्थ भो रङ्गको? तिम्रै रहरमा परेर आज सिङ्गारिएको मान्छे सुखको महलमा राख्छु भन्ने गर्थ्यो घरीघरी सपना पूरा गर्न भनि खुद बतासिएको मान्छे साथ दिन्छु भन्दै धकेलेर संघर्षको मैदानम. . .


देश दुख्या छ

-गीता अर्याल मान्छेहरु भन्ने गर्छन् आजभोलि देश दुख्या छ सगरमाथा लाजले झुकेको छ बागमती फोहोरमति भएको छ मेची महाकाली बिरानो भएको छ। हो मान्छेहरु भन्ने गर्छन् आजभोलि देश दुख्या छ हत्या बढेको छ बलात्कार फस्टाएको छ लुट झुट र ठग मौलाएको छ मुल्य वृद्धिले जिवन ओरालो लागेको छ देशामा बेरोजगारहरुको संख्या . . .


गजल

-अरूण खड्का वचन पूरै निभाउने बानी मेरो छ घर गाउँमा यस्तै कहानी मेरो छ नसकि देख्न दुःख कष्ट अरूको दुई आँखामा सधैं पानी मेरो छ पलपलमा रङ्ग बदल्न नजान्दा रातोदिन भएको हानी मेरो छ नसक्दा हिड्न पच्छ्याई समय यता न उता जिन्दगानी मेरो छ बेहिसाब गरेर लगानी अरूमा थेगी नसक्नु नोक्सानी मेरो छ. . .


कसलाई चुन्ने ?

-ऋषि तिवारी मेरो बिहानीको मर्निङवाकको सेरोफेरो सदा झैँ उही थियो । मर्निङवाक नगरे, स-शरीरमा फुर्तिलो कमी हुन्थ्यों । शरीर फुर्तिलैको लागि भएपनि मेरो मर्निङवाक आवश्यकता थियो । सदाझैं बिहानको सेरोफेरोमा निस्किएँ । अर्थात घरबाट बाहिरिएँ । बाहिरीदै जाँदा, मेरो वार्डको सिमानाबाट अर्को वार्डको सिमाना. . .


गजल

- सृष्टि सावित्रा मेरै भागमा आउछ संधै दुःख अनि पीरहरू यस्तो सम्म हुँदोरहेछ मान्छेको तक्दिरहरू भित्तामा छु भनेर इसारा दिन्थे कहिलेकाहीँ अचेल मसँग रिसाएकाछन् तिम्रा तस्बिरहरू अचानो भएर जिन्दगी आफैं दुखेको बेला फेरि कहाँबाट उनिन, आइपुग्छन् झिरहरू उदेश्य केही नबोकेको गन्तव्य कहीँ नभएको कति होल. . .


प्रिय आलोचक

-जयन्ता खत्री "सुधा" प्रिय आलोचक के गर्दै छौ? काम गर्दै छौ कि काम गर्नेका खुट्टा तान्दै छौ? जिवन पढ्दै छौ कि पढ्ने हरुको अक्षर मेट्दै छौ? लेख्दै छौ कि लेख्ने हरुको कलम भाँच्दै छौ? बोल्दै छौ कि बोल्ने हरुको जिब्रो थुत्दै छौ? प्रिय आलोचक अस्त ब्यस्त त हौला नि हैन? आज तिम्रो लागि पनि केही शब्द कोर्न मन लाग्यो. . .