Admin_OB

लागुऔषध कोरेक्सहित एक जना पक्राउ

सिरहा, भाद्र १० सिरहाको लहान बजारबाट बुधबार लागुऔषध कोरेक्ससहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत लालमनियाव गाँउ बस्ने ६० वर्षिय मोहमद मर्जी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय लाहानको टोलीले बुधबार दिँउसो लहान नगरपालिका १ स्थित बसपार्कबाट पक्राउ गरेका हुन्। उनको साथबाट ६ बोतल कोर�. . .


विराटनगरमा मंगलबार साँझ बम विष्फोट : ५ पक्राउ

विराटनगर, भदौ ९ । मोरङ प्रहरीले विराटनगरस्थित भारतीय दुतावासको क्याम्प कार्यालय नजिक सुतली बम विष्फोट गराएको आरोपमा पाँचजनालाई आज पक्राउ गरेको छ । हिजो (मंगलबार) साँझ विराटनगरको रानी सडक खण्ड अन्तरगत क्याम्प कार्यालय नजिक सुतली बम विष्फोट भएको थियो । प्रहरीले संलग्न आरोपमा एक महिलासहित पाँचजनालाई. . .


विराटनगरमा मधेशी प्राध्यापक, बुद्धिजिविहरुको मौन र्याली

विराटनगर भदौ ९ सिमाङकनको विरोधमा आन्दोलन गर्दै आएको मधेशी मोर्चाको समर्थन गर्दै मधेशी प्राध्यापक , बुद्धिजिवि, शिक्षक एबं पेशाकर्मीहरुले आज विराटनगरमा मौन र्याली प्रदर्शन गरेका छन । मधेशी मोर्चा , नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी लगायत दल आबद्ध मधेशी बुद्धिजिवीहरुले मौन र्याली निकालेका हुन ।. . .


अलपत्र मजदुरलाई विराटनगरमा निःशुल्क खाना

प्रेम देवान विराटनगर, ९ भदौ संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विराटनगर बसपार्कमा अलपत्र परेका करिब २०० मजदुरलाई मजदुर संघ संगठनले गत सोमबार साँझदेखि खाना खुवाउन सुरु गरेका छन् । नेपालका विभिन्न ठाउँबाट गाडी लिएर आएपछि गन्तव्यतर्फ फर्कन नपाएर अलपत्र परेका यातायात मज�. . .


आमाछोरीद्वारा विष सेवन: छोरीको ज्यान गयो

भदौ ९ विराटनगर सुनसरीको लौकही गाविसमा आमाछोरीले विषादी सेवन गर्दा छोरीको ज्यान गएको छ । लौकही–१ की २५ वर्षीया चन्द्रिकादेवी यादव उनकी छोरी तीन वर्षीया निहाकुमारीले विष सेवन गरेकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा निहाको मृत्यु भएको सुनसरी �. . .


छुट्टाछुट्ठै सवारी दुर्घटनाबाट जना तीन जना घाइते

विराटनगर ९ भदौ । मोरङ र झापा जिल्लामा मंगलबार छुट्टाछुट्ठै सवारी दुर्घटनाबाट जना तीन जना घाइते भएका छन् । मोरङको सुन्दर–दुलारी नगरपालिका र कोशी हरैचा नगरपालिाकामा बसको ठक्करबाट र पिकअपबाट झरेर दुई जना घाइते भएका छन् । बा. ३ ख १७९ न. को बसको ठक्करबाट भोजपुर याङपाङ ५ घर भई सुनसरीको ईटहरी नगरपालिका ४ बस्ने. . .


ट्रकको ठक्करबाट एक युवक मृत्यु

विराटनगर ९ भदौ । कोशी राजामार्ग अन्तरगत सुनसरीको सोनापुरमा भारतीय नं. को ट्रकले ठक्कर दिएर एक युवक मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा पाख्रिबास घर भई दुहवी–भलुवा नगरपालिका ४ बस्ने २७ वर्षिय अजय तामाङ रहेका छन् । तामाङलाई सोनापुर २ स्थित सडक किनारमा रोकिराखेको युपी–८६–९३०७ नम्बरको भारतीय ट्रकले हि�. . .


लाईसेन्स नभएकालाई सवारी चलाउन दिनेलाई २ वर्ष कैद

विराटनगर ९ भदौ । जिल्ला अदालत इलामले बाँझो–९ का मनिकुमार लिम्बूलाई २ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लिम्बूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) बमोजिम कसुर गरेको ठहर गर्दै मङ्गलबार २ वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकार. . .


ताप्लेजुङमा सुरक्षाको नयाँ रणनीति

विराटनगर ९ भदौ । देशका विभिन्न जिल्लामा प्रदेश र संविधानको मस्यौदालाई लिएर भईरहेको आन्दोलनलाई मध्यनजर राख्दै लिम्बुवान आन्दोलनको गड मानिने ताप्लेजुङमा पनि सुरक्षाको नयाँ रणनीति अपनाईएको छ ।संविधान निमार्णको अबस्थामा जिल्लामा हुने आन्दोलन र बन्दहड्तालाई शान्तिपुर्ण बनाउन मंगलबार सुरक्षा समिति�. . .


बन्दका कारण विद्यार्थीहरु विराटनगर छोडेर घर फर्किन थाले

विराटनगर ९ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिमांकनको विरोधमा आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विद्यार्थीहरु विराटनगर छोडेर घर फर्किन थालेका छन् । विगतको सम्झौता कार्यान्वयन र अन्तरिम संविधानअनुसार संविधान निर्माण गर्नुपर्ने भन्दै गरेको आदोलनले विद्यार्थीहरु घर फर्किन थालेका छ�. . .


जोजो दाईको सपना

मोरङ सहकारी अस्पतालको मुल गेट अघि नै चिया नास्ता पसल छ । त्यँहा पुग्ने प्रायको मुखमा एउटा नाम झुन्डिन्छ 'जोजो' । कसैले 'जोजो'सँगै दाई जोड्छन् कसैले भाई ।  "म  २०६४ सालमा ओखलढुङ्गाबाट कामको खोजीमा विराटनगर आएको हुँ । सुरुमा होटल व्यवस्थापनको सिप सिक्दै केहि कामहरु गरें अनि पछि २०६८ मा आँफ्नै पसल खोलेको हुँ. . .


विराटनगरमा ठूलो परिमाणको लागूऔषधसहित एक युवा पक्राउ

विराटनगर, ८ भदौ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले ठूलो परिमाणको लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । ब्यूरोले ६ सय एम्पुल लागूऔषधसहित धरान–११ का २४ वर्षीय उमेश यादवलाई मंगलबार साँझ रानी सीमा क्षेत्रबाट पक्राउ गरेको हो । यादवले जिउका विभिन्न भागमा टेपले बाँधेर लागूऔषध धरानतर्फ लान लागेका थिए �. . .