सप्तरी, साउन २२ गते । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्र�. . .
काठमाडौं साउन २२। वेष्ट इन्डिज विरुद्धको तीन वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलको श्रृंखला भारतले क्लिन–स्विप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जित्दै भारतले श्रृंखला क्लिनस्विप गरेको हो ।टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनायो । उ. . .
काठमाडौँ, साउन २१ गते । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिनुभयो । नयाँ प. . .
उदयपुर साउन २१ , उदयपुरको त्रियुगा खोलामा मंगलबार बिहान डुबेर एक वृद्धको ज्यान गएको छ। अत्याधिक गर्मीका कारण खोलामा नुहाउन गएका त्रियुगा नगरपालिका- ६ का ६४ वर्षीय नीरबहादुर श्रेष्ठको डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरकाअनुसार जलजले-शुकौरा सडकखण्. . .
विराटनगर साउन २१ , नेपालमै पहिलो पटक काठमाडांैमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत �. . .
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टिकापुरस्थित मालपोत कार्यालयका नायब सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई रु आठ हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ । दुबै जनाले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका केही सेवाग्राहीको हराएको लालपुर्जाको प्रमाणपत्रको प्रतिल�. . .
काठमाडौं । इङ्ल्याण्डविरुद्धको बहुचर्चित एसेस क्रिकेट श्रृंखलामा पाहुना टोली अस्ट्रेलियाले सुरुवाती अग्रता लिएको छ । बर्मिङ्घममा सम्पन्न पहिलो टेष्ट म्याच २ सय ५१ रनले जित्दै अस्ट्रेलियाले पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिएको हो । ३ सय ९८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १ सय ४६ रनमै समेटि�. . .
भूमिका पाख्रिन लेटाङ साउन २१ लेटाङ नगरपालिकाको वडा नं. ६ घुम्ती स्थित मेष बहादुर विकको भान्सा घरबाट सल्किएको आगोले छिमेकी चन्द्र माया मगर र भक्त राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मंगलबार विहान करीब ४ बजे विकको घरको विद्यतु सर्ट भई आगलागी हुँदा करीब ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्याल�. . .
भोजपुर साउन २१ भोजपुरमा पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र ९९ मुद्दा दर्ता भएका छन् । छत्तीस मुद्दा पुरुषले दर्ता गराएका छन् भने बाँकी महिलाले दर्ता गराएको अदालतले जनाएको छ । पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्�. . .
भरतपुर, साउन २१ गते । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मच�. . .
बिर्तामोड साउन २१ , क्यानाडा पठाई दिन्छु भन्दै ठूलो संख्यामा युवा युवतीलाई ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीले मोरङको उर्लाबारीका रामबहादुर खड्कालाई पक्राउ गरेको छ । खड्काले आफू क्यानाडाको स्थायी वासिन्दा भएको र वुवा विरामी भएर नेपाल आएको बताउँदै रकम संकलन गरेका थिए । आफु केही दिनमै �. . .
विराटनगर साउन २१, विराटनगरमा बेलायतको डिग्री प्रदान गर्दै आएको मेरिल्याण्ड कलेजको मुख्य प्रायोजनमा "स्टुडेन्ट लिडरस् कन्केलेभ " आयोजना हुने भएको छ । स्कसेस सोसाइटी ईन्टरनेशनलको आयोजनामा विराटनगरको होटेल ह्यारिसनमा साउन २२ र २३ गते उक्त कार्यक्रम विराटनगरका स्कुल तथा कलेज लेभलका विद्यार्थीको निम�. . .