Admin_OB

उदयपुरमा टिपर आतंक : आज बिहान टिपरको ठक्करबाट २ जनाको मृत्यु

उदयपुर, असार ४ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ लाटी खोलामा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा लाटी खोला स्थित बसाहा बेल्टार सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २ क ७०९ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको स ४ प ३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटर. . .


गरिखानेको कुरा :इलाममा व्यावसायिक बाख्रापालन,वार्षिक २५ लाखभन्दा बढीको कारोबार

इलाम, असार ४ । इलामको रोङ गाउँपालिका र माङ्सेबुङ गाउँपालिकामा व्यावसायिक बाख्रापालन अभियान सुरु भएको छ । मासु र उन्नत नस्लको बोका र बाख्राको मूल्य अकासिएसँगै इलामका किसान व्यावसायिक वाख्रापालनमा सक्रिय भएका हुन् । व्यावसायिकरुपमा उन्नत जातका बाख्रापालन गरी छिटो मुनाफा आर्जनमा किसानको आकर्षण देख�. . .


इनरुवामा पनि डेंगुका बिरामी भेटिए , डेंगु विरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा

इनरुवा, असार  ४ गते । सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिनुभयो । धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पता�. . .


सुनसरीको दुहवी नगरपालिकामा डेंगुको रोगी फेला , बिराटनगर पठाइयो

बिराटनगर असार ४, सुनसरीको दुहबीमा पनि डेंगुको संक्रमण देखिएको छ । दुहबी ५ घर भएकी लता अग्रहरिलाई दुहबीमा रहेको इजि केयर स्वास्थ्य केन्द्रमा डेंगुको जांच गर्दा संक्रमण देखा परेकोकेन्द्रका संचालक आसिफ अन्सारी  बताए । उनलाई थप उपचारको लागि बिराटनगर रेफर गरेको अन्सारीले जानकारी दिए । धरानबाट देखिएको. . .


तपाइको मोबाइल भन्सार छलेर अवैध रूपमा ल्याइएको छ भने अब चल्ने छैन

विश्वास रेग्मी काठमाडौँ, असार ४ गते । भन्सार प्रणाली छलेर अवैध रूपमा भिœयाइने मोबाइल अब नचल्ने भएका छन् । मोबाइल पहिचानका लागि प्रयोग हुने ‘इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई)’ नम्बर दर्ता गरेपछि मात्र प्रयोगका लागि योग्य हुने प्रणाली लागू हुने भएपछि अवैध मोबाइल नचल्ने भएका हुन् । न�. . .


लहानमा फोहर एक महिनापछि उठ्यो , नगरपालिका र स्थानीयवासीबीच तीन बुँदे सहमति

लहान, असार ४ गते । लहान नगरपालिका र स्थानीयवासीबीच तीन बुँदे सहमति भएपछि एक महिनादेखि रोकिएको फोहर उठाउने कार्य शुरु भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको पहलमा हिजो भएको सर्वपक्षीय बैठकमा लहान नगरपालिका–४ का स्थानीयवासीले हाल रहेको डम्पिङसाइट नजिकै खाल्डो खनेर फोहर नष्ट गर्न. . .


सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको प्रारम्भिक टोली घोषणा

काठमाडौंँ, असार ३ गते । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि आज प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिल. . .


बिराटनगरको सहिद रंगशालामा बिद्यार्थीको लागि कराते प्रशिक्षण हुने

बिराटनगर असार ३ , बिराटनगर सहिद रंगशाला कबर्ड हलमा बिद्यालय स्तरका बिद्यार्थीको लागि कराते प्रशिक्षण हुने भएको छ । मोरङका दक्ष प्रशिक्षकबाट बिद्यार्थीहरुलाई प्रशिक्षण गराइने भएको हो । हप्ताको दुई दिन शुक्रबार ४ बजे देखी ६ बजे सम्म र शनिवार बिहान ६ :३० बजे देखी ८ बजे सम्म र अन्य दिन पनि सन्चालन हुने ज. . .


चीनमा भूकम्प : ११ जनाको मृत्यु , एक सय बढी घाइते

एजेन्सी , चीनको सिचुआन प्रान्तमा गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ  भने १ सय २२ जना घाइते भएका छन् । चीनको भूकम्प मापन केन्द्र (सीईएनसी) को अनुसार स्थानीय समय अनुसार सोमबार राति १०ः५५ बजे पहिलो पटक  ६ रेक्टर स्केलको भूकम्प गएको थियो भने उक्त भूकम्पको पराकम्प मंगलबार बिहान ५.३ रेक्टर स्केलको गएको थि. . .


बिराटनगरकी सिम्रन ट्रेन्डीङमा , स्ट्यान्ड अप कमेडीले आलोचना र प्रशंशा दुवै

बिराटनगर असार ३ , बिराटनगर घर भएकी सिम्रन पाण्डे अहिले चर्चामा रहेकी छिन । उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ ले उनि अहिले यूट्यूबमा ट्रेन्डिङमा आएकी छिन  । भिडियोमा टिन एजका युवाहरुको सोच र काहनी भरिएको कन्टेन्ट रहेको छ । नेपालमा एक किशोरीले निर्धक्क उक्त स्ट्यान्ड अप कमेडी’ गरेपछि उनि चर्चामा आएकी हु�. . .


खोटाङमा खानेपानी योजनाबाट याम्खाका ८४ घर लाभान्वित

खोटाङ, असार ३ गते । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित रातमाटामा सञ्चालन गरिएको खानेपानी योजनाबाट ८४ घर उपभोक्ता लाभान्वित भएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७५र७६ मा विनियोजन गरिएको रु ३२ लाख ५० हजार र उपभोक्ताको रु सात लाख ७८ हजार ४८६ को जनश्रमदान गरी जम्मा रु ४० लाख २८ हजार ४८६ मा खानेपा. . .


नेपालमा मनसुन आउन अझै केही दिन कुर्नुपर्ने

काठमाडौँ, असार ३ गते । नेपालमा मनसुन आउन अझै केही दिन कुर्नुपर्ने भएको छ । बङ्गालको खाडीमा विकास भएको मनसुनी बादल बल्ल भारतको सिक्किम आइपुगेकाले अझै मनसुन आउन केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । “तर पश्चिमी वायु फेरि नेपाल प्रवेश गरेकाले नेपालका विभिन�. . .