Admin_OB

आजबाट एसईई परीक्षा सुरु , पौने ५ लाख परीक्षार्थी सहभागी

काठमाडौँ, चैत १० गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबारबाट सुरु हुँदैछ । परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्�. . .


विराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चलको पहिलो अडिसन सम्पन्न

बिराटनगर चैत १०, विराटनगरमा युवायुवतीको लागि मिस्टर एण्ड मिस टिन पुर्वान्चल २०१९ को दोस्रो सिजनको पहिलो अडिसन सम्पन्न भएको छ । विराटनगरको मेरील्याण्ड कलेजमा आयोजना गरिएको पहिलो अडिसनमा युवायुवतीको उल्लेखनीय उपस्थिति रहेको थियो । युवायुवतीमा रहेको प्रतिभालाई उजागर गरेर समाजमा उनिहरुको योगदान प�. . .


ग्रामीण क्षेत्रमा यस्तो समस्या : श्रीमानलाई बन्ध्याकरण गर्न दिँदैनन् महिला,

डोटी,  चैत ९ गते । बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमान्सँगै वडा नं २ खड्यौली पुग्नुभयो । उहाँ स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुग्नुभएको थियो । उहाँका श्रीमान्ले आफू स्थायी बन्ध्याकरण गर्न जिद्धी गर्दै हुनुहुन्थ्यो तर कल्पनाका अगाडि उहाँको जिद्धीले काम गरेन । कल्प�. . .


धनगढीमा हत्या घटनामा संलग्न दुई पक्राउ

धनगढी,  चैत ९ गते । कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बैतडीको दशरथचन्द नगरपालिकाका ४५ वर्षीय भण्डारीको हत्या घटनामा संलग्न कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ वर्षीय पुन्टु भनिने गणेश भाट र कैलाल�. . .


सरकारले जग्गा उपलब्ध गराउन नसक्दा बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म रेलमार्ग निर्माण रोकियो

बिराटनगर  चैत्र ९ , भारतको बथनाहादेखि कटहरी गाउँपालिकासम्मको रेलमार्ग निर्माणमा रहेको मुआब्जा विवाद सुल्झाउन स्थानीय बासिन्दाले माग गरेका छन्  । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले कृषकका तर्फबाट जग्गा अधिग्रहणमा देखिएको मुआब्जा विवाद सुल्झाउनका लागि केही दिनअघि प्रधानमन्त्री केपी शर्. . .


कता जादैछ समाज ? : सप्तरीमा ४ वर्षीया बालिकासँग यौन दुर्व्यवहार गर्ने युवक पक्राउ परे

बिराटनगर चैत्र ९  । ४ वर्षीया बालिकासँग यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सप्तकोशी नगरपालिका १ का ३८ वर्षीय दीपक भुजेल पक्राउ परेका प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । भुजेलले सप्तकोशी नगरपालिका २ कि ४ बर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको स्�. . .


विप्लव नेतृत्वको नेकपा का स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओलीसहित धर. . .


उदयपुरका किसानले मूल्य नपाएपछि चैते धान खेती घट्दै

गाईघाट, चैत ९ गते । सिँचाइ सुविधाको पहुँच नहुँदा र मिहिनेत अनुसार मूल्य नपाएपछि उदयपुरका किसानले चैते धान खेती गर्न छोडेका छन् । चैतको पहिलो सातासम्म धान रोपिसक्ने गरी किसानहरूले काममा लाग्नुपर्ने हो तर अहिलेसम्म फाटफुट रूपमा मात्रै चैते धानको रोपाइँ भएको छ । उदयपुरमा एक हजार २५८ हेक्टर क्षेत्रफलमा. . .


सावित्रा नेपाली महिला फुटबलको इतिहासमै उच्च गोलकर्ताको दोस्रो स्थानमा

बिराटनगर चैत्र ८ , साफ च्याम्पियनसिप फुटबलको फाइनलमा सावित्रा भण्डारीको एक गोलसँगै सावित्रा नेपाली महिला फुटबलको इतिहासमै उच्च गोलकर्ताको दोस्रो स्थानमा पुगेकी छिन् । २२ वर्षकी सावित्राको राष्ट्रिय टिमका लागि २७ खेलबाट यो २६ औं गोल हो । उनले २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानसँग�. . .


साफ च्याम्पियनसिप फाइनल : भारतले नेपाललाई ३-१ गोलले हरायो

बिराटनगर चैत्र ८ , साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतले नेपाललाई ३-१ गोलले हराएको छ । यो जित संगै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । नेपालका लागि एक मात्र गोल सावित्रा भण्डारीले गरेकी थिइन् भने भारतका लागि अन्जु तामांग,डालिमा,ग्रेस दाम्बेले समान १-१ गोल गरेका थिए । पहिलो हाफमा सुध�. . .


साफ फाइनल : भारतकि अन्जु तामांङले गरिन गोल , भारत ३-१ नेपाल

बिराटनगर चैत्र ८ , भारतले ७८ औ मिनेटमा तेस्रो गोल गरेको छ। भारतकि अन्जु तामांङले तेस्रो गोल गरिन । अहिले खेल भारत ३-१ नेपाल भएको छ । खेलको ६३ औं मिनेटमा भारतले दोस्रो गोल गरेको थियो । यसअघि खेलमा उग्रता पनि भारतले नै लिएको थियो । तर, ३३ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।. . .


भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई गम्भीर घाइते,उपचारका लागि धरान ल्याइयो

भोजपुर चैत ८ । भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको छ । भोजपुरबाट धरान जाँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रकले भोजपुरतर्फ आउँदै गरेको को ३१ प ४५४५ नम्बरको मोटरसाइकललाई अरुण गाउँपालिका वडा नं ६ जरायोटारमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका प्रहरीले जन�. . .