Bivek_OB

नेपाली कांग्रेसले आज स्थानीय निकाय निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने

विराटनगर । नेपाली कांग्रेसले आज स्थानीय निकाय निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसले चुनावी एजेण्डा समेटिएको घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणा पत्र लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले सार्वजनिक गर्न लागेको हो । नेकपा ए�. . .


इलाममा एमाले नगर कमिटीका एक दर्जन कार्यकर्ताको सामूहिक राजीनामा

एमाले इलाम नगर कमिटीका करिब एक दर्जन कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । स्थानीय  तह निर्वाचनको लागि  मेयर छनौटमा षडयन्त्र भएको भन्दै उनीहरुले शनिबार जिल्ला नेतृत्वसमक्ष सामूहिक रुपमा राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा इलाम नगर कमिटीका अध्यक्ष तिलक ठकुरी, उपाध्यक्ष दिपेन्द्र चापागाईंस. . .


आज १६औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

विराटनगर । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा स�. . .


स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदै

वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ-आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि स. . .


यस्ता छन् नेकपा एमालेका महानगरका उमेद्वार, विराटनगरमा अझै निर्णय हुन बाकि

नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो । यस्ता छन् महानगरका उमेद्वार :  काठमाडौँ मेयर :  केशव स्थापित उपमेयर : स�. . .


चीनको सांघाईमा कोभिडका कारण थप १२ जनाको मृत्यु

चीनको सांघाईमा कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ । कोभिड संक्रमणको चपेटामा परेको सांघाईमा पछिल्लो साता दिनहुँ जसो संक्रमणका कारण मृत्यु भएको छ । यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । शुक्रबार सांघाईमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए ।  पछिल्लो पटक कोभिडबाट मृ. . .


विराटनगर इन्टरनेसनल कलेज र विराटनगर विमानस्थलबीच सम्झौता,विद्यार्थीलाई बिभिन्न अवसर

विराटनगर बैशाख ८ ,  बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेज र विराटनगर विमानस्थलबीच सम्झौता भएको छ । कलेजमा गत वर्षबाट संचालनमा आएको (अईएचएम) अनर्स इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट र इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट कोर्षका विद्यार्थीहरुका लागि उड्ड. . .


इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल, सबिन राईले नचाए विद्यार्थी

विराटनगर बैशाख ७ ,  मोरङ सुन्दरहरैचा स्थित इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल सम्पन्न भएको छ । बैशाख ५ गते कलेजमा आयोजित उक्त कार्निभलमा  नेपालका चर्चित गायक सबिन राई एण्ड फ्यारो ब्याण्डको मुख्य प्रस्तुति रहेको थियो । साथै कार्निभलमा बिभिन्न खानाको स्टल,खेल , फोटो बुथ साथै इटहरी इन्टरनेसनल क�. . .


गठबन्धनमा सहमति: कांग्रेसले विराटनगर महानगरको नेतृत्व गर्ने

विराटनगर बैशाख ६, आज बसेको  सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीचको बैठकबाट महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिनेछ भने पोखरा एकीकृत समाजवादीले लिनेछ । वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिइनेछ । अबको छलफल उपमहा�. . .


विराटनगरको क्विकर फूड उत्कृष्ट स्टार्टअपको रुपमा चयन

विराटनगर बैशाख ६, प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा चौंथो स्टार्टअप आईडिया फेस्ट तथा डिजिटल सम्वाद  सम्पन्न भएको छ । लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको सहकार्यमा सोमबार विराटनगरस्थित उद्योग संगठन मोरङको हलमा आयोजना भएको उक्त कार्यक्रममा प्रदेशका ३० भन्दा धेरै स्टार्टअप तथा आईडियाह. . .


गरिखानेको कथा : मौरीपालन व्यवसाय ,महमा भन्दा घारमा नाफा

बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन् । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन्। म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सु�. . .


स्थानीय तहको निर्वाचन: खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति

खोटाङ । सरकारले यही वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी)बीच सत्ता गठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचन. . .