Nawaraj_OB

पशुपति सामुदायिक वनको १० औं साधारणसभा सम्पन्न

पथरी शनिश्चरे। पशुपती सामुदायिक वन उपभोक्ता समुहले आर्थिक वर्ष २०७७÷२०७८ का लागि ६५ लाख ८५ हजार ३६९ रुपैयाँ अनुमानित आम्दानी विवरण गर्ने योजना राखेको छ । वनको १० औं साधारणसभाले वन विकासतर्फ २२ लाख ९४ हजार, ९ हजार ८७, गरिवी न्यूनिकरणतर्फ २० लाख ८ हजार १ सय १४ र सामाजिक विकास कार्यक्रमतर्फ १४ लाख ३४ हजार ६ �. . .


विराटनगरको आगन रेष्टुरेण्टमा ‘चिलेसा’ परेको बेसन प्रयोग गरेर मिठाई उत्पादन

विराटनगर । विराटनगर मेन रोडमा रहेको आगन रेष्टुरेण्ट तथा मिठाई पसलमा गुणस्तहिन सामाग्री प्रयोग गरेर परिकारहरु बनाउने गरिएको भेटिएपछि अनुगमन टोलीले नष्ट गरेको छ । मिठाई पसलले मिठाई बनाउने बेसन न्यून गुणस्तरको पुष्टि भएपछि नष्ट गरिएको हो । मिठाई बनाउन तयार पारिएको बेसनको उत्पादन मिति नभएको र हेर्दै�. . .


निजी विद्यालयका शिक्षक–कर्मचारीको दशैं खल्लो, अभिभावकसँग शुल्क लिने सञ्चालक शिक्षकको तलव नै दिदैनन्

विराटनगर । दशैंतिहारमा समेत शिक्षक शिक्षिकाले तलब नपाएको भन्दै निजी विद्यालयका कार्यरत शिक्षकहरुले प्याप्सन मोरङको कार्यालयमा ताला बन्दी गरेका छन् । विगत ७ महिनादेखी रोकिएको तलबको माग गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) मोरङले आईतबार निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्�. . .


मोरङमा रातभर हिँडडुल निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दसैं तथा तिहार लक्षित निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार विज्ञप्ती जारी गर्दै कार्तिक ३ गतेबाट लागू हुनेगरी आगामी कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० ब�. . .


बेहोस् भएनौं सरकार !

पन्ध्र दिन अगाडी (असोज–१६) मोटरसाइकल लिएर बजार निस्केको, पोखरिया मा.वि. नजिक पुगेपछि एक्कासी आँखा बन्द भए झैं लाग्यो । टक्क अडिएँ र लामो स्वास लिएँ । टाउकोमा सामान्य दुखाई महशुस भयो । केहि बिसेक झैं लागेपछि दैनिक काम अनुसार बजारतर्फ लागें । दिनभर काम सकाएर साँझ घर फर्के । सन्चो नलागे झैं शरिर, आलस्य पनि थ�. . .


भन्सार छलेर ल्याएको सामान बरामद

विराटनगर । अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याइएको ६ लाख मूल्य बराबरको लत्ता कपडा तथा खाद्यन्यका सामानहरु बरामद गरिएको छ । भारतबाट अबैध रुपमा लुकाईछिपाई रानीको सिमा एरियाबाट ल्याउँदै गरेको करिब ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले �. . .


मोरङमा २६५ सहित प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आइतबार ४७४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १– १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५. . .


आरसी कोलाका ७ प्रकारका उत्पादन बजारमा; कोरोना महामारी, लकडाउन र निषेधाज्ञाले उत्पादनमा ढिलाई

विराटनगर । अमेरिकन ड्रिङ्क्सका रूपमा नाम कमाएको आरसी कोलाका ७ प्रकारका नेपाली उत्पादन बजारमा आउन थालेका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा पर्ने सुनाचुरीमा स्थापित भेन्चुरा बोटलर्स प्रालि नामको उद्योगले ७ प्रकारका उत्पादन बजारमा पठाएको हो । भेन्चुरामा उत्पादित चियो पेयमा आरसी कोला, �. . .


विराटनगरको सडकमा कालो लुगा लगाएर नाच्दै युवा (फोटो फिचर)

विराटनगर । बलात्कारको घटनामा संलग्न अपराधीलाई आजिवन सजाय दिनुपर्ने भन्दै विराटनगरमा युवाहरुले कालो कपडा लगाएर प्रर्दशन गरेका छन् । स्थानीय विद्यार्थी तथा युवाहरुले शनिबार दिउँसो बलात्कारीलाई फाँसीको सजाय वा आजिवन सजाय दिनुपर्ने भन्दै सांकेतिक रुपमा नाच्दै विरोध प्रर्दशन गरेका हुन् । दैनिक ३ ज�. . .


मोरङका ट्राफिक प्रमुख पोद्धार राष्ट्रिय पुरस्कारबाट सम्मानित

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी निरीक्षक राकेश कुमार पोद्धार राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । ६५औँ प्रहरी दिवस २०७७ का अवसरमा पोद्धारलाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँले उक्त पुरस्कार प्रदान गरेको हो । मोरङ जिल्लमा कुशल क्षमता प्रदर्शन गरी ट. . .


भारतमा प्रतिबन्धित मागुर माछा आयात गर्न पाउनु पर्ने विराटनगरका व्यापारीको माग

विराटनगर । गत साउनदेखी पशु सेवा विभागले रोक लगाएको मागुर प्रजातिको माछा निर्वाध रुपमा आयात गर्न पाउनु पर्ने विराटनगरका माछा व्यापारीहरू माग गरेका छन् । विराटनगरका २ दर्जन बढी माछा व्यापारीले पत्रकार सम्मेलन गर्दै आयात खुल्ला गर्नका लागि माग राखेका हुन् । भारत सरकारले सन् २००० यता मागुर प्रजातिको म�. . .


शनिबार थप पाँचजनाको मृत्यु, ४८१ संक्रमित थपिए

विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको हो । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भ�. . .