विशेष

पर्याप्त डोज नआउँदा विराटनगर–९ मा खोप कार्यक्रम स्थगित

विराटनगर । मापदण्ड तोकिएको उमेर समूहका नागरिकका लागि पर्याप्त खोप उपलब्ध नगराएको भन्दै विराटनगर–९ नम्बर वडाले खोप लगाउने कार्यक्रम बहिष्कार गरेको छ । महानगरपालिकाले कोटा अनुसारको खोपको डोज उपलब्ध नगराउँदा नागरिकलाई समस्या परेको भन्दै खोप कार्यक्रम नै बहिष्कार गरिएको हो । महानगरले ९ नम्बर वडालाई. . .


प्रदेश १ मा ७८७ संक्रमित थपिए, ४६७ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र ते¥हथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १००, स�. . .


मुख्यमन्त्री निवास अगाडी सरकारी गाडी भित्रै मृत भेटिए चालक

विराटनगर । विराटनगर–३ स्थित मुख्यमन्त्री निवास अगाडी  सिंचाई डिभिजन कार्यालय सुनसरीको गाडीका चालक  मृत अवस्थामा फेला परेका छन् । प्रदेश १–०४–०००१, झ–०००६ गाडीका चालक उदयपुर बेलका–३ का राज ढकाल मंगलबार दिउँसो मृत भेटिएका हुन् । उनी हाल विराटनगर–३ पुष्पलाल चौकमा कोठा लिएर बस्दै आएको खुलेको छ । गाडी भ. . .


विराटनगरका स्वास्थ्य संस्थामा खोप लगाउने उत्साहको भीड

विराटनगर । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि भन्दै भेरोसेल खोप आजदेखि लगाउँदैछ । विराटनगर महानगरपालिकाले सबै वडा कार्यालयको स्वास्थ्य संस्थामा लक्षित उमेर समूहका नागरिकका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो । महागरपालिकाले ६२ वर्ष माथिका जेष्ठ नागरिकलाई आज र भोलि खोप लगाउने भएको छ. . .


प्रदेश १ मा ७३३ संक्रमणमुक्त, ५४० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७३३ जना संक्रमणमुक्त भएका छन् । ३०० महिला र ४३३ पुरुष संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ३७२ पुगेको छ । प्रदेश १ मा आज ५४० जना कोरोना संक्रमित थपिएका छन् । झापामा १९७, सुनसरीमा १८८, मोरङमा १०२, सं�. . .


रबिन विरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप, कसुर ठहर भए यस्तो छ कानुनी सजाय

विराटनगर । एक जनाकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि भएको कार दुर्घटनामा चालक विराटनगर– ५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की विरूद्ध अनुसन्धान गर्न प्रहरीले पाँच दिनको म्याद अदालतबाट पाएको छ । ‘सवारी ज्यान मुद्दामा’ पाँच दिनको म्याद थप गरि उनी विरुद्ध अनुसन्धान सुरू गरिएको हो । �. . .


विराटनगरमा जेठ २५ र २६ गते भेरो सेल खोप लगाईदै, ६२ वर्ष उमेर पुगेका र अग्रपंक्तिमा खटिेनेलाई प्राथमिकता

विराटनगर । विराटनगर महानगरपालिका भित्रका ६२ वर्ष उमेर भन्दा माथिका नागरिकलाई जेठ २५ र २६ गते कोभिड–१९ विरुद्धको खोप वडा अन्र्तगतका स्वास्थ्य संस्थाहरुमा लगाउने भएको छ । यसका लागि २०१६ साल जेठ २५ गते अगाडी जन्म भएको प्रमाणितप्रतिसहित खोप लगाउने केन्द्रमा आउन नागरिकलाई सूचित गरिएको हो । जिल्लास्तरी. . .


विराटनगरमा गोदाममा शिलबन्दी गरिएको ४० मेट्रिक टन दाल निषेधाज्ञाको मौका छोपेर सुटुक्क फिर्ता पठाइयो

विराटनगर । प्याकेजिङमा त्रुटी भेटिएपछि गत फागुन १२ गते विराटनगर–७ स्थित जैसानी ट्रेड कन्सर्नको गोदाममा शिलबन्दी गरिएको दाल निषेधाज्ञाको समयमा सुटुक्क फिर्ता पठाइएको छ । गत मंसिर १७ गते भन्सार जाँचपास गरेर भित्र्याइएको ४८ मेट्रिकटन मध्ये बिक्री हुन बाँकी ४० मेट्रिक टन दाल बैशाख ३० गते पैठारीकर्ताम�. . .


जहदाबाट ४ लाख ९० हजार बराबरको मदिरा बरामद

विराटनगर । जहदा गाउँपालिका–१ बुधनगरबाट प्रहरीले ४ लाख ९० हजार बढीको मदिरा बरामद गरेको छ । त्यहाँस्थित उत्तर–दक्षिण सडक खण्डको खाली जग्गामा लुकाएर राखिएको सूचना पाएपछि गएको प्रहरीले मदिरा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटेको प्रहरी टोलिले त्यहि स्थानबाट को ३२ प.९५२१ नम्बरको होण्डा �. . .


वीपीमा कोरोना संक्रमितकोे छातीबाट निकालियो १२ इन्चको रड

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित झापाका ३८ वर्षीय पुरुषको छातीमा १२ इन्च उनिएको फलामको रड सफलता पूर्वक निकालिएको छ । छातीको देब्रेपट्टी करङलाई छेडेर फोक्सोको तल्लो भाग र मुटुको प्रि–कार्डियममा समेत चोट पु¥याउने गरि छेडिएको रड शल्याक्रियामार्फत सफलता पू�. . .


प्रदेश १ मा ३४९ कोरोना संक्रमित थपिदाँ, विराटनगरमा १२३ जना

विराटनगर । प्रदेश १ माआज ३४९ जनाकोरोना संक्रमितथपिएका छन् ।मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६,संखुवासभामा ९,पाँचथर, इलाम र भोजपुरमा४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १–१ र र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२३, सुन्दरहरै�. . .


आफ्नै घरबाट पक्राउ परे रबिन कार्की

विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडमा गत बिहीबार भएको दुर्घटनामा कारका चालक रबिन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि फरार रहेका चालक कार्कीलाई आइतबार अपरान्ह उनकै घरबाट पक्राउ गरेको हो । गत बिहीबार साढे ७ बजे भएको दुर्घटनामा एकजनाको घटनास्थलमै र अर्कोजना घाइते भएका थिए । पैदल यात्री भा�. . .