साहित्य संसार

गजल

अथाहै गुमाए…

पापी मान्छे

दोष

-चूडामणि नेपाल “यो कोठामा नाति बस्छ । बुवा भन्नुहुन्थ्यो । काजक्रिया सकेको पर्सिपल्ट अस्तु सेलाउन हामी बराहा क्षेत्रतिर लाग्यौँ । साँझमा घर आइपुग्दा कोठा झकमक्क सिँगारीएको थियो । बुवाको झल्को आउने कुनै सामान त्यहाँ थिएनन् । महादेव , कृष्ण, दुर्गा, हनुमान् , काली माताका ठाउँ मा भित्ताभरी अर्धनग्न तस्�. . .


गजल

-दीपा तिम्सिना आफू हारेर पनि सधैं खुसी दिएको मान्छे उस्कै ईच्छा पूरा गर्दा गर्दै रित्तिएको मान्छे मरूभूमि झैँ जीवनमा के अर्थ भो रङ्गको? तिम्रै रहरमा परेर आज सिङ्गारिएको मान्छे सुखको महलमा राख्छु भन्ने गर्थ्यो घरीघरी सपना पूरा गर्न भनि खुद बतासिएको मान्छे साथ दिन्छु भन्दै धकेलेर संघर्षको मैदानम. . .


देश दुख्या छ

-गीता अर्याल मान्छेहरु भन्ने गर्छन् आजभोलि देश दुख्या छ सगरमाथा लाजले झुकेको छ बागमती फोहोरमति भएको छ मेची महाकाली बिरानो भएको छ। हो मान्छेहरु भन्ने गर्छन् आजभोलि देश दुख्या छ हत्या बढेको छ बलात्कार फस्टाएको छ लुट झुट र ठग मौलाएको छ मुल्य वृद्धिले जिवन ओरालो लागेको छ देशामा बेरोजगारहरुको संख्या . . .


गजल

-अरूण खड्का वचन पूरै निभाउने बानी मेरो छ घर गाउँमा यस्तै कहानी मेरो छ नसकि देख्न दुःख कष्ट अरूको दुई आँखामा सधैं पानी मेरो छ पलपलमा रङ्ग बदल्न नजान्दा रातोदिन भएको हानी मेरो छ नसक्दा हिड्न पच्छ्याई समय यता न उता जिन्दगानी मेरो छ बेहिसाब गरेर लगानी अरूमा थेगी नसक्नु नोक्सानी मेरो छ. . .


कसलाई चुन्ने ?

-ऋषि तिवारी मेरो बिहानीको मर्निङवाकको सेरोफेरो सदा झैँ उही थियो । मर्निङवाक नगरे, स-शरीरमा फुर्तिलो कमी हुन्थ्यों । शरीर फुर्तिलैको लागि भएपनि मेरो मर्निङवाक आवश्यकता थियो । सदाझैं बिहानको सेरोफेरोमा निस्किएँ । अर्थात घरबाट बाहिरिएँ । बाहिरीदै जाँदा, मेरो वार्डको सिमानाबाट अर्को वार्डको सिमाना. . .


गजल

- सृष्टि सावित्रा मेरै भागमा आउछ संधै दुःख अनि पीरहरू यस्तो सम्म हुँदोरहेछ मान्छेको तक्दिरहरू भित्तामा छु भनेर इसारा दिन्थे कहिलेकाहीँ अचेल मसँग रिसाएकाछन् तिम्रा तस्बिरहरू अचानो भएर जिन्दगी आफैं दुखेको बेला फेरि कहाँबाट उनिन, आइपुग्छन् झिरहरू उदेश्य केही नबोकेको गन्तव्य कहीँ नभएको कति होल. . .


प्रिय आलोचक

-जयन्ता खत्री "सुधा" प्रिय आलोचक के गर्दै छौ? काम गर्दै छौ कि काम गर्नेका खुट्टा तान्दै छौ? जिवन पढ्दै छौ कि पढ्ने हरुको अक्षर मेट्दै छौ? लेख्दै छौ कि लेख्ने हरुको कलम भाँच्दै छौ? बोल्दै छौ कि बोल्ने हरुको जिब्रो थुत्दै छौ? प्रिय आलोचक अस्त ब्यस्त त हौला नि हैन? आज तिम्रो लागि पनि केही शब्द कोर्न मन लाग्यो. . .


तिमी मेरै हुनु

- सुजा चापागाई म तिम्रै हुन्छु भन्दिन म तिम्रो मन्जुरी छैन भने तिमीलाई आफ्नो भनी गन्दिन म । तिमी अरुसँगै खुसी हुँदा तिम्रो दु:खको कारण बन्दिन म । तर ..... जीवनभर खुसी राख्ने प्रयास गर्नेछु तिम्रा हरेक अप्ठ्यारामा अघि सर्नेछु तिमी यो जन्मभरिको माया देऊ तिम्रो सादा जीवनमा कसम म रङ्ग भर्न�. . .


लघुकथा : अर्थ

-ऋषि तिवारी 'सुन्ने कान बहिरो हुन्छ, देख्ने आँखा अन्धो हुन्छ, त्यतिखेर जीवनमा धोका होला है, त्यतिखेर जीवनमा धोका होला है ।' म आफ्नो शयनकक्षमा सुतेको हुँन्थें । आमाको बिहानीको मिरमिरेसंगै,यो मधुर भजन मेरो कानमा गुन्जि दिँदा आनन्द लाग्थ्यो । आमा त्यता भजन गुनगुनाइ रहनु हुन्थ्यो । म भजनको भाव केलाइरहन्थ�. . .


दृष्टि

-शारदा भट्टराई नदी पहाड खोँचमा घुमेर बस्छ पाउमा उदार बन्छ जिन्दगी अशक्त बास गाउँमा हिमाल हाँस्छ सान्तले खुलाइ दाँत लस्कर गुराँस फुल्छ प्रेमले स्वदेश काख सुन्दर रहोस् सदैव पूर्णता नमार प्राण जीवको रहन्न साथ के गरौँ फुलेर झर्छ फूल त्यो छरेर धान बीजमा अनन्य शक्ति फल्दछ रहन्छ दृष्टि अन्नमा मनुष्य ज�. . .


गजल

-आँचल कुमार शर्मा वफादारी गऱ्यो धेरै मजदुरीले दया प्रस्तुत गरेकाछन् साहुजीले सहिद नै बन्न आन्दोलन गर्छ कोही ऊ नेता भई हिँडेको छ चाकडीले तिमीले के गऱ्यौ गल्ती माथि गल्ती? चिमोटेको छ निद्रामा छटपटीले खुशी चाहिँ नजिक नै बस्दैन मेरो यता किचकिच गऱ्यो जहिले बेखुशीले अँगालोमा कसैलाई बेर्न खोज्यो बड�. . .


कुर्सी, पैसा र रात

-भरत गुरागाईँ बर्बरिक काँडेदार झोस झोस मास्तिर जाल जाल मुन्तिर पेशेवर शिकारी । चाराको लागि उदात्त उडान भरिरहेका पंक्षीहरु एकएक गरी झर्दै र मर्दैछन् झोसमा । कुर्सी ! कुर्सी माथि केही पैसा भ्रष्टाचार गरिएको पैसा, छोपेको छ कालो कपडाले भ्रम छर्ने पेशेवरहरु सुन्दर सपना बाँड्छन् । साना नानीहरु समेत . . .