साहित्य संसार

म अनी मेरो माया

पातकाे मलामी

गजल

गजल

- उदय अतीत शान्तिपूर्ण आन्दोलन देशमा लगातार हुनु पर्छ दलाल भ्रष्टाचारी अनि अपराधीको हार हुनु पर्छ हामिले देश विकास गर्न,जिन्दगी लगाएको छौं हाम्रो पनि हिसाब किताब पनि बारबार हुनु पर्छ न्याय खोज्दै कयौंपटक अदालत धाउनेलाई सोध उनिहरु कहिल्यै भन्दैनन् यहाँ अत्याचार हुनु पर्छ किन विकाश मन्दमन्द छ मे. . .


धरातल

- शरद प्रधानाङ्ग फेरी उठ्न सक्छन् मुठ्ठीहरू न्याय हरायो भने कालो अँध्यारो रातभित्र अनेकौं स्वार्थ पलायो भने शिखर चढेपछि बिर्सनु हुन्न धरातललाई नबिर्सौं फेरो पनि चाहिन्छ साथ पलपललाई यो संसार गोलार्ध हो आज यहाँ भोली पुगिन्छ कहाँ सास रहुन्जेल सम्म धर्तीको वरिपरी नै जहा त्यहाँ हिजोको सामिप्य�. . .


गजल

-सुमन धमला ए हुनेखाने भए पो भुँडी लाग्छ गाला लाग्छ हुँदा खानेलाई त लागि हाले पनि पखाला लाग्छ जाउँ घर फोडौं ति सामन्तीका काला महलहरू कि ढाडको छाला जान्छ कि हातको बाला जान्छ बोली बिक्नेले बोलिदिए पो जोगिन्थ्यो होला हामी त के बोलौं बोल्यो कि छातीमा भाला जान्छ अहिले हाम्रो देशमा यति धेरै राजनीति छ बढेक�. . .


गजल

-रिता खराल न नजर फेरियो न वचन फेरियो न आफन्तीको स्वार्थपन फेरियो केवल धुर्त सोच नै कायम भएछ बुझ्नै नसकिने गरी रहनसहन फेरियो के असल अनि के खराब यो दुनियाँमा कहिले प्रभावले चालचलन फेरियो भरोसा गर्नु बेकार हो जताई रहेछन् अझ भनौ भने लालची गनगन फेरियो प्राय देखावटी जालझेल बुन्दा बुन्दै यहाँ मान्छेहरू. . .


आखिर म केही हुँ !

-प्रमिला प्याकुरेल म सायद पृथ्वी हुँ की , कहिलेकाँही भुइँचालो आएर हल्लाउने गर्छ मलाई। जननी त पक्कै हुँ ममता र मात्रित्वले घेर्ने गर्छ मलाई सन्तान अंँगाल्दा भुइँचालोलाई पनि चालै नगरी बाँध्ने गर्छु म। आगो बल्न खोज्छु अनायासै बाढी आएर डुबाउन खोज्छ दह्रो भई किनारमा उभिन खोज�. . .


लघुकथा : साहित्यकारको शिक्षा !

-ऋषि तिवारी 'म सधैं मर्निङवाकमा जान्थेँ ।' मेरी उनीको बिहानीपखको ड्युटी थियो । मेरो नौँबजे कार्यालय जाने तालिका नियमित थियो । मर्निङवाक गर्दा गर्दै फर्केर आउँदा, चिया पसल छिर्थेँ । त्यहाँ अरुहरु पनि उपस्थिति हुन्थेँ । र, चल्थ्यो उस्तै गफगाफ । साँझपख भट्टी छिर्नेहरुको गफगाफ पनि सुनेको थिएँ । म अफिसबाट. . .


गजल

-किस्मत खतिवडा कसैले लेख्ने गीतमा जस्तो, कथामा जस्तो नहुन सक्छ सबैको जिन्दगी पर्दामा जस्तो मृत्यु बाहेक सबथोक किन्न सकिन्छ महोदय त्यस्तो कुनै बस्तुमा छैन तागत पैसामा जस्तो छिनमा बोलि फेर्छौ, छिनमै सोचाइ बदल्छौ तिमीमा पनि केहि गुण देखिन्छ नेतामा जस्तो परिवारको दायित्व र जिम्मेवारीले थिचेपछि डु�. . .


शुद्रको प्रश्न

-नवीन अभिलाषी जतिबेला मसँग कुनै नाम थिएन र बदनामसम्म थिएन म आफ्नै ठेगाना नभएको मान्छे थिएँ । मैले टेकेको धुलो पनि माथी उड्न खोज्ने, यो कस्तो जमिन हो ? मैले थुकेको थुक पनि सुक्न खोज्ने, मैले हिँडेका बाटाहरु सबै भत्किन खोज्ने । ए आकाश किन खस्छ मैले हेरेकै तारा र किन आईपुग्दैन मेरै अध्यारो बस्तीमा ? मै�. . .


एक्लो मानिस

-लक्ष्मण निरौला झरी पर्दा झोक्राउछ घाम लाग्दा प्रफुल्ल हुन्छ तर अपरिचित र उपेक्षित झैँ लाग्छ एक्लो मानिस! धेरै मानिसहरु एक्लो मानिसलाई नचिन्लान तर एक्लो मानिस धेरै मानिसहरुलाई चिन्दछ , धेरै व्यक्तिहरुले एक्लो मानिसको कुरा नसुन्लान बुझ्ने इच्छा नराख्न्लान तर एक्लो मानिस धेरै व्यक्तिहर. . .


गजल

-सरु आचार्य जो हिँड्छ मेरो अघि आगो लगाउँछु एक एक को जिन्दगी आगो लगाउँछु किनार बन्छु भन्दा भरोसा गरिनस् अब तँलाई पख नदी आगो लगाउँछु छाडी दियौ ठीकै छ पराई सम्झेर म आफ्नो सम्झीसम्झीआगो लगाउँछु हेर्दै जाउ म आज क-कसको दिलभित्र नझिम्काइ परेली आगो लगाउँछु भन्ने छ एकदिन खुद शायरले म मेरो शायरी आगो लगा�. . .


गजल

- गणेश तिमल्सिना आमा ढलेकै दिन छाेरा मुग्लान गयाे , टाेपी शिरमै छ बाकाे स्वाभिमान गयाे । मन्दिरमा लेखिएको थियाे सेवा नै धर्म , तर मन्दिर भित्रै निर्दाेषकाे ज्यान गयाे । राहत सँगै गयाे, दाल ,चामल , तरकारी , पाक्दा पाक्दै कसाैडी र ओदान गयाे । ऊखु गयाे, श्रम गयाे चिनी कारखानामा , पसिना थाप्न माइती मन्डेलाम. . .


गजल

-गोमा भट्टराई जिन्दगीमा शान्तिको एक श्वास कमाउन सकुँ हाँसीहाँसी मृत्यु समीप जीवन उभ्याउन सकुँ जिन्दगी दिनेलाई जिन्दगी दिन सक्छु मैले, बस् , बैगुनीहरूलाई पनि गुन लगाउन सकुँ सिदुर बनेर तिमी यो तक्दिरमा आएका छौँ, म खुसी बनेर तिम्रो हर सफरमा आउन सकुँ मेरो मुहारको चमक देखेर सङ्गिले सोधुन्, इमान्दारित. . .