साहित्य संसार

प्रिय कृष्ण

म पढेर मूर्ख बने की विद्वान

त्याे एकाखाेला

गजल

-किस्मत खतिवडा एउटा म रहेछु, अर्को को रहेछ म जस्तै देखिएको ऐना पो रहेछ मायामा नोक्सान मात्र हुन्छ भन्थे अहिले थाहा भयो साँच्चै हो रहेछ आजसम्म उसैलाई दोष लगाइरहे विश्वास गर्नु ठुलो दोष मेरो रहेछ तिमीले छोडेपछि नसा सुरु गरेथेँ मन भुलाउन केहि त चाहिदो रहेछ एकपटक फुटाई हेर्न मन छ मलाई 'किस्मत' को किस्म. . .


गजल

- मणिराम दाहाल सम्झेर ल्याउँदा कहिले काहिँ दिक्दार लाग्छ । नजिक साेचेर के गर्नु आफैँबाट टाढा भाग्छ जीन्दगी। थाहा छ जीवन सुख दुःखकाे गहिरो गहिरो  सागर हाे , किन सधैं परीक्षा मात्र लिएर यहाँ  जाच्छ जीन्दगी ? आवश्यकता अनि अभावकाे मात्रै भुमरी छ जताततै , अहाे!विडम्बना थाेरै दिएर धेरै धेरै माग्छ जीन्दगी. . .


गजल

-सृष्टि सावित्रा एकपटक सोध्नु छ,आमालाई हिम्मत कसले दियो ? 'बा'को दुवै हात काटिएको छ,सनाखत कसले दियो ? म फराकिलो दायरा बनाएर यो साँघुरो बाटो हिँड्दा, मेरो इज्जतमा औला उठाउँने इजाजत कसले दियो ? गरिबीको उपमा दिएर मलाई गिराउन खोज्नेहरू, अस्पताल पुग्दा सवाल गर्दैनन् रगत कसले दियो ? फूलमाला बोकेर घाटसम्म प�. . .


गजल

-कमलराज बिष्ट मगर मैले फूलसँग नै सुगन्ध सापटी लिएको हुँ पत्तै भएन फूललाई मैले जिन्दगी दिएको हुँ तिमीले उही आकार उही प्रकार खोजि रह्यौ हेर म त्यही ढुङ्गा हुँ बालुवामा मिसिएको हुँ अब यो प्रेम नसा पिउँदिन भनेरै कसम खाएँ साहब त्यही नपिँउनुको खुसीमा पिएको हुँ अरे सूर्य अस्ताउँछ, उदाउँछ यत्ति त बुझ्नुपर. . .


मेरी आमा

-द्वारिका नेउपाने यी नाताहरु हुन टुटाउन नहुने यी गमलाहरु हुन फुल छुटाउन नहुने यी ओखती हुन बिर्सनै नहुने यी मल्हमहरु हुन लगाउनु पर्ने यी साइनोहरु हुन अबिरल बग्ने मुटुसँग मुटु साट्न हुने यी मेराहरु हुन बन्चित नहुने यी तेराहरु पनि हुन स्वच्छ भावना अमृत मेरा पनि हामी सबैको फुल हुन यी जुनहरु गुन लगा�. . .


गाईजात्रा पर्ख

-सविना श्रेष्ठ केपी ओली उखान टुक्के प्रचण्डे ज्यान मारा जनताले दु:ख पाए सेरे हुति हारा अनिकाल लागिसक्यो अर्थतन्त्र धोस्त लालचमा फसेरनै बनाए छन् दोस्त। छत बाट गुन्टी खेल्ने रविको डाइभर लेनदेनको कुरा हुन्छ इन्टर नेट भाइबर एयरपोर्टबाट भित्रिनेछ कुइटल कुइटल सुन आँखा चिम्ली बस्छन् नेता के गरेका हुन्. . .


मेरो जन्मदिनमा…

-देवराज तामाङ जहाँ अन्धकारले आशाको आकाश ढाक्नेछ म त्यहाँ आस्थाको दियो जलाउनेछु जहाँ घृणा र आवेगले मानवताको प्रकाश रोक्नेछ म त्यहाँ प्रेमको डोरी बलियो बनाउनेछु मेरो जन्मदिनमा मसँग ठुला सपनाहरु छैनन गहिराईबाट उठेको छु उच्चाईको मोह छैन मसँग कुनै अवास्तविक कल्पनाहरु छैनन म मनलाई बुद्ध र चित्तलाई . . .


रमिता

-सविना श्रेष्ठ पट्टेर लाग्दो जंगलबाट निस्केको हुस्स कुहिरोमा पनि द्वन्द छ आकाशमा उडिरहेको कालो बादलमा पनि द्वन्द छ यो कस्तो रमिता? बिहानिको कलिलो घाममा पनि द्वन्द नै छ। चरा चुरुङ्गिमा पनि द्वन्द नै खोला नाला नदिमा पनि त्यही छ झार जंगलमा पनि त्यहिनै छ। यो कस्तो रमिता? शरीरमा भएका आला घाउ मलम बिच �. . .


गजल

-वसुन्धरा चौहान "सुनिता" मनभित्र अदृश्य शब्दको भकारी हुनेरहेछ बिसाउने ठाउँ नहुँदा मन भारी हुनेरहेछ यो छाती पीडाले भत्भती पोल्दा मुटु सितल पार्ने कहाँ छहारी हुनेरहेछ नारीको अस्तित्व रहन्न शृङ्गार नरहदा पात झरेपछि कुरुप फूलबारी हुनेरहेछ बाहिरी रुपरङ्ग हेरेर आफ्नै ठानियो नकाब उतार्दा मान्छे बन्�. . .


गजल

-शिखा खतिवडा पिडा झैँ बन्दै अब भरेर मेरा यी नयनले झरी जस्तै नै फेरि झरेर मेरा यी नयनले दु:खेकाे छु यति बेला मेराे याे जिन्दगीमा मेरै हृदयमा पाे छल गरेर मेरा यी नयनले हूँ नदीको त्याे किनारा प्यासले अतृप्त छु बगर भिजाउने आँसु छरेर मेरा यी नयनले बेखबर बने छ शाेकहरुले नै मेराे जिन्दगी अपयसकाे घेराभित्�. . .


गीत

-श्रीबहादुर केसी शैलुङ्गे कामकाे खाेजी गरिरहे चारै तिर डुलिरहे गर्मी जाडाे घाम पानी सबै सबै भुलिरहे। कस्ताे हाेला काम पनि फुर्सद झनै छैन थकानकाे महशुसमा बस्न कति पाइदैन बार्ह घण्टा खटेकाे छु मर्म बुझ्ने भए थाेरै कस्ताे काम गर्याे भन्दै कुरा काट्छन आखिर मेरै। दिन भरकाे काम थियाे थकित थिए घर पुग्दा . . .


गजल

- सृष्टि सावित्रा "उडेको खुशी " भएकै खुशी म बाट छुटेर गएको छ हेरन सिङ्गै जवानी खेर गएको छ आफैँ मरेर तिमीलाई बचाउछु भन्नेले मुटुमा तिखो भाला रोपेर गएको छ कति अभागी रहेछ मेरो सिउँदो पनि भर्छु भन्नेले अर्कैलाई रोजेर गएको छ रहर निर्जीव हुन्छ कसले भनेको हो ? मेरो रहर हरेक दिन उडेर गएको छ मलाई गिराउन खोज्न�. . .