साहित्य संसार

मातृप्रेम (कथा) – कविराज लामा

काठमाण्डुबाट झापाको लागि बस गुड्यो,म डिलक्सवाला गाडीको भरपुर मजा लुट्दै थिए।मैले आफ्नो आइप्याड निकालेर फ्रीको वाइफाईबाट फेसबुक चलाउदै स्टाटस अपडेट गरे''जस्ट मोभ्ड फर झापा"।काखमा छोरी स्वीकृति झ्यालबाट पर -पर के नियाल्दै थिइ मैले वास्ता गरिन।गाडी कलंकीबाट बिस्तारै थानकोट हुँदै नाग्डढुंगाको ओरालो ल�. . .


पार्टीको झन्डा छानेर मात्रै जिन्दगी नफाल (कविता) – शर्मिला अधिकारी

रोडमा ढुङ्गा,हानेर मात्रै जिन्दगी नफाल पार्टीको झन्डा छानेर मात्रै जिन्दगी नफाल! ए नेता तिमी बिकाश गर्ने समय भरिमा अर्काको खुट्टा तानेर मात्रै जिन्दगी नफाल! नेपाली युवा नेपाल भित्रै गरेर देखाउ विदेशी कुरा मानेर मात्रै जिन्दगी नफाल! हातले सधैं गरेमा काम हुनेछ प्रगती मुखले कुरा जानेर मात्रै जिन्द. . .


विराटनगरमा सर्जक दिनेश अधिकारी संवाद कार्यक्रममा

‘अतिरिक्त अभिलेख’ शिर्षकको कविताबाट २०५६ सालमा मदन पुरस्कार पाउन सफल साहित्यकार दिनेश अधिकारी संग विराटनगरमा युवा अन्तरक्रिया सम्पन्न भएको छ । श्रिजनबिन्दु , आवर बिराटनगर डट नेट , उध्योग संगठन मोरङ , स्टुडेन्ट फर आईडियाज र अमेरिकन कर्नरको संयुक्त आयोजनामा युवा कविहरु संग अन्तरक्रिया कार्यक्रम आयोज�. . .


सपनामा आउने उनि (कथा) – सन्तोष बस्नेत

 मध्यरात सम्म पनि हामि कहिले फोनमा त कहिले च्याटमा कुरा गरि रहेका हुन्थ्यौं। निकै लामो समयको कुराकानी पछि उनी भन्थिन। "अब त सुत्ने हैन ? आधारात भै सक्यो त।" म उत्तर दिन्थे "तिमी संग छुट्न नै मन लाग्दैन अनि के गर्नु त ?" उनी मायालु स्वरमा आश्वासन दिदै भन्थिन। "सपनामा आउछु नि त है म ?? छेउ पटि अलिकती ठाउँ छोडेर सु�. . .


क्रस इन फेसबुक (कथा) – समुन्द्र कार्की

बानेश्वर हाइट। ब्याकग्राउनडमा उभिएको संविधान सभा भवन। भवनको अगाडिको भित्ता। अनि भित्ताको छेउमै टाँसिएको पोष्टर  जस्तो  सिङ्गो मान्छे। क्रसमा झुण्डिएका क्राइष्टको लकेट, हाइलइट गरिएको सुनकेस्री कपाल। टाइट ब्ल्याक जिन्स, टिम्बरल्याणको जुत्ता, फेन्सी जेब्रा टि-सर्ट। अनि माथिबाट लङ्ग ओभरकोट । एउटा न�. . .


अजिब छ दुनिया (कविता) – निश्चल पोखरेल

कसैले आफ्नो इच्छा पुरा गर्न अरुको इच्छा दबाएको छ त कसैले अरुको इच्छा पुरा गर्न आफ्नो इच्छा दबाएको छ कसैले उपहार पाउनको लागि माया गरेको छ त कसैले माया पाउनको लागि उपहार दिएको छ कसैले अरुलाई रुवाउन आफु हासेको छ त कसैले आफु रोएर अरुलाई हसाएको छ कसैले शरीर देखाउनको लागि लुगा लगाएको छ त कसैले शरीर ढाक्नक�. . .


छोराको नाम (कथा) – सन्तोष बस्नेत

उनले मेरो अगांलोमा टासिएर लाडे स्वर बनाउदै भनिन "बुढा, पछि हाम्रो बच्चा भएपछि के नाम राख्ने?" मैले हांस्दै भने "पहिले हाम्रो बिहे त हुन देउन काली, अनि सोचौँला नि।" उनले जिद्दी गर्दै भनिन "भन्नुन अहिले नै, राम्रो नाम सोच्नु न Please" उस्को बचपनाको अगाडि मैले हार मान्नु सिवाय अरु उपाय थिएन म संग । केही बेर सोचेर मैल�. . .


मैथिली कबिता – बिजय मण्डल

समय वे अर्थ अईछ ओर वेमतलवी रुप हुनकर य अनेक मगर सबमे स्वार्थ भरल्ल उगल भोरक सुरज संग डुइब जाइय अनरिया रईतमे आई फेर खरा छि ओत जतसे सुरु भेल छेलि हम आइख वेहे हात ओर पाइरो वेहे देखाइ कम अइछ साहारा बन्नल य लाठि दुख ओर सुख अनगीनत रुप हुनकर अनेक छेल आई ओर काईल मे सिमइट गेल कुछ छण मात्र छि हम समय संग स. . .


मैल लिपस्टिक लगाउँदाको क्षण – बिबेक आचार्य

एक दिन, म सानो छदाको कुरा हो आमाको dressing table को कुर्सि खाली तर table माथि जादुइ सामान थ्यो | त्यस्तो जादुइ सामान जस्ले पौषमासमा सुक्खा भएको पहाडझैँ आमा र दिदीको ओठ बसन्तमा ढकमक्क गुराँस फूलेको डाँडा झैँ रातो पार्थ्यो | त्यस्तो तिलस्मी बस्तु जस्ले पल्लो घरकी भुन्टिको मुस्कान अझै उज्यालो पार्थ्यो | ऐना हेरे आ�. . .


साथीले चुरोट छोडेछ (कविता) – सुरेश बादल

  सुरू सुरूमा मलाई बाल्न नआउँदा पुरै नबल्नेगरि चुरोट सल्काउँदा सलाई कोर्नै पनि दुई तीनचोटि लगाउँदा ऊ कत्ति पनि झर्को मान्दैनथ्यो बरू मैले सल्काएर नदिई एक सर्को पनि तान्दैनथ्यो यस्तो घनिष्ठ साथीले आज साथीको नाता नै तोडेछ बिना कुनै सुचना उस्ले त चुरोट छोडेछ! पहिले उसैले चुरोट तान्नुपर्छ भन्थ्�. . .


कबिता (कुमारित्व) – सुमन भण्डारी

  १३ बर्षमै बाउले मलाइ "बेस्या" बनायो, जबकी १० बर्षमै मेरि आमाको मृत्यु भएको थियो || आमाको ममतामयी माया पाउने बेलामा, मेरा सरिरमा यत्र-तत्र निल डाम हरु देखिन्थे, र ती निल डामहरु अरु केही गर्दाका नभएर बाउ नामक राक्षसको, कुरुप स्पर्सको प्रतिबाद गर्दाका थिए || मेरो रुहाइ, चिच्यावाहट र पिडाका आवाजहरु, घर ना�. . .


तिम्रो छोरो ज्ञानि भइ सक्यो (कविता) – ‪सन्तोष बस्नेत‬

  साँच्चै आमा, तिम्रो छोरो ज्ञानी भइ सक्यो। सबथोक आंफै जान्नि भै सक्यो। बिहान दस पटक सम्म तिम्ले बोलाउदा पनि बा लाई पठाउछु उठाउन भन्दै धम्की लगाउंदा पनि उठ्दै नउठि ढोकै नखोलि लम्पसार पर्ने म नसुने झै गर्ने म । अचेल त अलरामको पहिलो टिक टिक संगै जुरुक्क उठेर हस्याङ फस्स्याङ गर्दै एकै छिनमा तयार ह�. . .