देशको खबर

मुग्लिन सडकमा आज बिहानदेखि सवारी आवागमन सुचारु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा गएराति खसेको पहिरो पन्छाएपछि मंगलबार बिहान ५ः३० बजेदेखि सवारी आवागमन सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार बिहान ३ बजे पहिरो खसेको थियो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले दुई घण्टा ३० मिनेटमा पहिरो पन्छाउन सकिएको . . .


तिनाउ खोलामा बेपत्ता भएका चार यात्रु अझै फेला परेनन्

पाल्पा। पाल्पाको तिनाउ खोलामा बेपत्ता भएका चार यात्रु तीन दिनसम्म अझै फेला परेका छैनन् । पाल्पा जिल्लाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका–९ स्थित अमलेनमा पुलबाट आइतबार लु १ ज १७१२ नम्बरको जिपसहित चार यात्रुलाई बाढीले बगाउँदा दुई महिला र दुई पुरुष तिनाउ खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ �. . .


प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि मतदाता नामावली संकलन सुरु हुने

काठमाडौं- निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संक. . .


तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई पाँच हजार दिने निर्णय

दाङ । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई पाँच हजार दिने निर्णय गरेको छ । नगर कार्यसमितिको बैठकले मातृ शिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषणयुक्त खानाका लागि यो निर्णय गरेको हो । सरकारी अस्पतालमा गएर सुत्केरी सेवा लिने महिलाले आगामी श्रावण महिनादेखि यो सेवा पाउने छन् । सो बैठकले प्रत्येक �. . .


काठमाडौंका माछा–मासु पसल अत्यधिक फोहोर

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा आइतबार गरिएको माछा तथा मासु पसलको अनुगमनका क्रममा बुढानिलकण्ठमा साढे १८ किलो कुखुराको मासु नष्ट गरिएको छ । बुढानिलकण्ठमा रहेको न्यू मिट सपमा अनुगमन गर्ने क्रममा टोलीले खान अयोग्य मासुु फेला पारेपछि नष्ट गरेको हो । उक्त पसलला�. . .


नेपाली युवाको कतारमा मृत्यु

महेश्वर नेपाल । कतार, असार २५ - खोटाङको ऐसेलुखर्क गाँउपालीका २, बाकाचोलका सर्बधन सुनुवारको कतारमा ज्यान गएको छ । बिहान ज्वरो आएपछि औषधी खाएर काममा गएका सर्बधन दिउँसो फर्किएर कोठामा सुत्नु भएको थियो । साँझ ५ बजे फेरि काममा जानेसम्म पनि नआएपछि बोलाउन जाँदा मृतक फेला पारेको उहाँका सहकर्मी कृष्ण उप्रेतील�. . .


प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण यसै महिना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण यसै महिनाको अन्तिममा गर्ने तयारी भएको छ ।  भारतमा यसै महिनामा नयाँ राष्ट्रपतिले पदभार सम्हाल्ने हुँदा त्यसैबेला प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी गरिएको छ ।  जुलाईको अन्तिममा भनिएको भए पनि कहिले भन्ने मिति भने एकिन भएको छैन ।. . .


राजपाले पुरानै चिह्नमा चुनाव लड्नुपर्ने

काठमाडौं । नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन चिह्नबाट चुनाव लड्नुपर्ने बाध्यता रहेको छ । निर्वाचन घोषणा भइसकेर दुई चरणको निर्वाचनसमेत सम्पन्न भएको अवस्थामा नयाँ �. . .


नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि रातिको समयमा बन्द गरिने

चितवन । पहिरोको उच्च जोखिम बढेपछि महत्वपूर्ण मार्ग नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि रातिको समयमा बन्द गरिने भएको छ । व्यवस्थापिका–संसद विकास समितिको निर्देशनपछि आजदेखि उक्त सडकमा राती गाडी चलाउन बन्द गर्न लागिएको जिल्ला प्रशासन कर्याालय चितवनले जनाएको छ । राति पहिरो खसेको नदेखिने भएकाले यस्तो गरि. . .


दार्जिलिङमा गोली चलाउँदा तीन जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बंगालको दार्जिलिङमा फेरि झडपका घटना बढेका छन् ।  आन्दोलनमा रहेकाहरुलाई प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार राति एक युवाको मृत्यु भएको विषयमा झडप बढेको हो ।  बिरामी भाइलाई औषधी किन्न गइरहेका बेला स्थानीय टासी भुट. . .


प्राइम लाइफ इन्स्योरेन्सले बीमा राहत रकम दिएन

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् । रामेछापको मन्थली पिप्लेका शम्भु बुढाथोकीले चार वर्षअघि विसं २०७० साउनमा वैदेशिक रोजगारीका लागि कुवेत जाँदा प्राइम लाइफ इन्स्योरेन्�. . .


नेपालमा रहेका पुराना ५ सय र हजारका भारु नोटको व्यवस्थापन चाँडै हुने

काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताउँदै नेपालमा रहेका पुराना ५ सय र हजारका भारु नोटको व्यवस्थापन पनि चाँडै हुने बताएका छन् । व्यवस्थापिका–संसद् बैठकलाई उनले आफ्नो भारत भ्रमणका बेला �. . .