समाचार

आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको तान्द्राङगढी र . . .


अवैध लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मोरङ । मोरङको धनपालथान गाउँपालिका वडा २ स्थितबाट लागुऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा धनपालथान वडा २ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान वडा १६ बस्ने ३६ बर्षीय रविन राई र २९ बर्षीय व�. . .


प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको जन्मजयन्तीकाे शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिनुभएको हो । फोटो:फाइल. . .


बाघ नियन्त्रण गर्न खटियो प्राविधिक टोली

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसा�. . .


साढे १३ वर्षमा २८९ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सू्चना अध. . .


सङ्क्रमित बढेपछि नियन्त्रण र उपचारको तयारी

चितवन । जिल्लामा कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ । प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन् । प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ । सवारीसाधन, सार्वजनिकस्थ�. . .


कर्णालीका चार जिल्लामा एमाले अधिवेशन सम्पन्न

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन सुरु भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रुकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय विधिबाट नेतृत्व चयन गरिएको हो । एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार सल्यानमा गोविन्�. . .


नेपालमा डलर खाता खोल्न अर्थमन्त्री शर्माको एनआरएनहरूलाई आग्रह

अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्�. . .


वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन दबाब

वीरगञ्ज । प्रदेश नं २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक गरिएको हो । वीरगञ्ज राजधानीको पक्षमा आ�. . .


विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो । सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ, लुटपाट मुद्दामा फरार रहेका दुई, गाली बेइज्जती मुद्दामा �. . .


९० प्रतिशतले घट्यो मह उत्पादन

जाजरकोट । भारी मात्रामा मह उत्पादन गिरावट आएपछि यहाँका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषक निराश भएका हुन् । नलगाड नगरपालिका–१ कल्पतका हरिबहादुर बुढाले गत वर्ष ८७५ किलोग्राम मह बिक्रीबाट रु.पाँच लाख बढी आम्दानी गर्नुभएको थियो । तर यसपा. . .


विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थी वैभव अमेरिकी सरकारको छात्रवृत्तिमा अमेरिका प्रस्थान

विराटनगर ।विराटनगर इन्टरनेशनल कलेजमा बेलायतको व्लरभरह्यामपटन विश्वविद्यालयको इन्टरनेशनल विजनेस म्यानेजमेन्टमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी वैभव नाहाटा अमेरिकी सरकारको पूर्ण छात्रवृत्तिमा अमेरिका प्रस्थान गरेका छन् । नाहाटा अमेरिकी सरकारको छात्रवृत्तिमा बिद्यार्थी एक्चेन्ज कार्यक्र. . .