समाचार

विद्यार्थीलाई फर्कन निर्देशन गरिदिन चिकित्सा शिक्षा आयोगसँग नोबेलको आग्रह

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेबाहेक विद्यार्थीबाट कुनैपनि अतिरिक्त शुल्क नअसुलेको प्रशासनले स्पष्ट पारेको छ । एमबीबीएस अन्तर्गत १५ औं ब्याचका विद्यार्थीले कजेज बारे भ्रम फैलाएको भन्दै कलेज प्रशासनले २०७८ पुस ३० गते चिकित्सा शिक्ष�. . .


प्रधानमन्त्री देउवासँग फ्रान्सेली प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्र. . .


एमसीसीले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउँछ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने बताउनुभएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उहाँले एमसीसी नेपालको हितमा रहेकाले काँग्रेसले प्रत�. . .


भारतमा कोरोनाबाट थप चार हजार ५ सय ७५ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको भएपनि गत सोमबारको तुलनामा मङ्गलबार केही मात्रामा बढेको पाइएको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ५ सय ७५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । यद्यपी सोमबार तीन ह�. . .


रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेक प्रमुखको चेतावनी

रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिनुभएको छ । पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले . . .


मन्त्रालय सारिए पनि पुरानो राजधानीबाटै काम

तुलसीपुर । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका तोकिएको १६ महिना बितिसक्दा पनि राजधानीका केही पनि संरचना स्थायी रुपमा बस्न सकेका छैनन् । आफू मन्त्री नियुक्त भएपछि देउखुरी क्षेत्रका सांसद इन्द्रजित थारुले मङ्सिर २९ गते स्वास्थ्य, जनसङ्ख्या तथा परिवारकल्याण मन्त्रालय सार्नुभएको थियो ।. . .


विराटनगरको मेयरमा उठने कर्णको घोषणा

विराटनगर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तेजलाल कर्णले विराटनगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै कर्णले मेयरमा उठ्ने घोषणा गरेका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै कर्णले मेयर पदमा उम्मेदवारीको घोषणा गरेका हुन�. . .


गुरुकुलमा महिला दिवस : जीवन भोगाई र जोडदार कविता

विराटनगर । महिला दिवसको अवसरमा मंगलबार आरोहण गुरुकुल विराटनगरमा महिलाहरुले आफ्ना भोगाइ र कविता सुनाएका छन् । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा १५ महिलाहरुले अनुभव र कविता प्रस्तुत गरेका हुन् । सो क्रममा विभेदको व्यवधान शिर्षकमा बोल्ने राजनीतिकर्मी, सञ्चारकर्मी, राष्ट्रसेवक �. . .


जबरजस्ती करणी मुद्दामा सिद्धबाबाको अदालती सुनुवाई आज हुँदै

विराटनगर । धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरमा आज सुनुवाइ हुँदैछ । उच्च अदालत विराटनगरमा उक्त मुद्दाको पेशीमा भएको गोलाप्रथामा उक्त मुद्दा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इज�. . .


अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

धादिङ । गजुरी गाउँपालिका वडा २ फुर्केखोलास्थित सडकबाट करिब ९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित कास्की पोखरा महानगरपालिका वडा ३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका वडा १ बस्ने २४ वर्षीय लिमु रजकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ३८६९ नम�. . .


सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार पाँच सयले बढेर एक लाख पाँच हजार पाँच सय पुगेको छ । केही दिनदेखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक ला. . .


मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड विनियाेजन

सिन्धुपाल्चोक । गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु.चार करोड रकम विनियोजन गरेको छ । भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु.चार करोड रकम स्वी�. . .