समाचार

पुर्वमा यो बर्ष ८सय २४ जना नयाँ कुष्ट रोगी फेला

पुर्वमा यो बर्ष ८सय २४ जना नयाँ कुष्ट रोगी फेला परेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार नयाँ फेला परेका ८ सय २४ जना मध्ये २सय८८ जना महिला रहेका छन् । यो आर्थिक बर्ष २०७१, ७२ को अहिलेसम्म उपचाररत कुष्ठरोगीको संख्या भने ७सय ९१ जना रहेको निर्देशनालयका क्षय कुष्ट अधिकृत धु्रव उराउले ब�. . .


“राजनैतिक दवाबमा कहिले काम गर्दिन” -मोरङ प्रहरी प्रमुख

मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तारीणीप्रसाद लम्सालले राजनैतिक दवाबमा कहिले काम नगर्ने बताउनु भएको छ । केही दिन अघि सरुवा भएर अउनुभएका उहाँले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले दवाब आए नझुक्ने बताउनुभयो । उहाँले मोरङ छोडेर जान तयार हुने तर कुनै दवाब नस्विकार्ने बताउनुभयो । म�. . .


माघ ८ मा संविधान नबनेको भन्दै आत्महत्या

नायिका युना उप्रेतीका बुबाले देशमा संविधान जारी नभएको विषयलाई लिएर आत्महत्या गरेका छन् ।  तोकेको समयसीमाभित्र दलहरुले संविधान जारी गर्न नसकेको भन्दै दक्षिणी झापाको गोलधाप निवासी  ६५ वर्षीय विष्णुप्रसाद उप्रेतीले शुक्रबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । माघ ८ मा नै संविधान जारी गर्ने विषयल�. . .


मापदण्ड विपरित निर्माण गरिएका भवन स्विकृत गराउन दौडधुप

हरि अधिकारी विराटनगर ÷ अस्पतालको भवन निर्माण गर्नुअघि सञ्चालकले अस्पताल भवन कस्तो बनाउने हो भनेर स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिनु पर्छ । तर, विराटनगरमा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूले आपू अनुकूल भवन निर्माण गरी नक्सा पास गराउन दौडधुप गरिरहेका छन् । भवन निर्माण आचारसंहिता प्रयोग नगरी आप. . .


सुनसरीमा मोटरसाईकल दुर्घटना

सुनसरीको प्रकासपुर ४ मा विहान दुईवटा मोटरसाईकल ठोक्किदा दुई जना घाइते भएका छन् । को १० प ६२९३ र को १४ प ५६१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा प्रकासपुर ८ का ३९ बर्षिय ईन्द्र राई र महेन्द्रनगर– ९ का १७ बर्षिय अनिल साह घाईते हुनुभएको छ । घाइते दुवै मोटरसाइकल चालक रहेको प्रहरी�. . .


हसिना सिमसार क्षेत्र धार्मिक पर्यटन क्षेत्रका रुपमा विकसित हुँदै

मोरङको सुन्दरपुर– ६ मा रहेको हसिना सिमसार क्षेत्र धार्मिक पर्यटन क्षेत्रका रुपमा विकसित हुँदै गइरहेको छ । नेपाल पर्यटन बोर्डले १५ लाख, जिल्ला विकास समितिले १६ लाख रकम विनियोजन गरेपछि भौतीक संरचना विस्तारको काम सुरु भएको छ । पानी ट्याङ्की, शान्तिका अग्रदूत बुद्धको जन्मेदेखि मृत्युसम्मका विभिन्न अवस. . .


मुसा मार्नका लागि प्रयोग गरिने विषलाई मिठाई भनेर खाँदा पाँचथरमा एक बालकको मृत्यु

मुसा मार्नका लागि प्रयोग गरिने विषलाई मिठाई भनेर खाँदा पाँचथरमा एक बालकको मृत्यु भएको छ । अर्का एक बालक गम्भीर विरामी परेका छन् । विष सेवनबाट फिदिम १ का देबी लकान्दीका तीन वर्षीय छोरा युसनको मृत्यु भएको हो । उनका साथी मिराक केरुङ सिकिस्त विरामी परेको निरीक्षक रबिराज थपलियाले जानकारी दिनुभएको छ । युस. . .


टाउको नभएको बच्चाको शव फेला

मेची अञ्चल अस्पताल भद्रपुरको पूर्वतर्फ रहेको काँस घारीमा एक बच्चा मृत अवस्थामा फेला परेको छ । वडा प्रहरी कार्यालय भद्रपुरका अनुसार टाउको बिनाको सो बच्चाको शवलाई कुकुरले घिसार्दै गरेको अवस्थमा फेला परेको हो । अवैध शारीरिक सम्बन्धबाट जन्मिएको बच्चालाई कुनै महिलाले फालेर गएको हुनसक्ने आशङ्कामा ती म�. . .


आजबाट सातामा ७५ घन्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले आजबाट लोडसेडिङ बढाएको छ । प्राधिकरणले हाल सातामा ७० घन्टा हुँदै आएको लोडसेडिङ ५ घन्टा बढाएर ७५ पु‍¥याएको हो । माग बढेको र मध्य मर्याङ्दी जलविद्युत केन्द्र ममर्तका लागि पूर्ण रुपमा बन्द गर्नु पर्ने भएकाले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणका अनु�. . .


आगो ताप्नेक्रममा जलेर एक वृद्धाको मृत्यु

रौतहटको गौरमा आगो ताप्नेक्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । सदरमुकाम गौर ४ मा जलेर ७५ वर्षकी वृद्धा चन्द्रकला देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति घर भित्रै आगो ताप्दै गरेकी उनको लुगामा अचानक आगो सल्किएपछि जलेर मृत्यु भएको हो । मृतक वृद्धाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौरमा रा�. . .


विराटनगरमा दुइदिने सूचनाको हक सम्बन्धी तालिम शुरु

सोडेक नेपालको आयोजनामा आजदेखि विराटनगरमा दुइदिने सूचनाको हक सम्बन्धी तालिम शुरु भएको छ । तालिममा पूर्वाञ्चलका कृयाशिल २५ जना पत्रकारहरुको सहभागीता रहेको छ । अष्ट्रेलियन एडको सहयोगमा भएको तालिममा सूचनाको हकका बिषयमा प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ । तालिमलाई संचारविद् लक्ष्मणदत्त पन्त र �. . .


जुनियर जेसीजको अध्यक्षमा पंकज सापकोटा निर्विरोध

विराटनगर जुनियर जेसीजको वर्ष २०१५ को अध्यक्षमा पंकज सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यकारणी उपाध्यक्षमा अभिनाश थापा र चन्दन कर्ण, तालिम निर्देशकमा सनम घिमिरे चयन हुनुभएको छ । कानुनी सल्लाहकारमा सुजन कोईराला, महासचिवमा दीपा ओडारी चयन हुनुभएको छ । उपाध्यक्षहरुमा लक्ष्मी थापा, मिलाप कर्ण �. . .