ओखलढुंगा ,२९ असार । ओखलढुंगामा लगातारको वर्षाका कारण गएको बाढी पहिरोमा परेर एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबारको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको हो। पाँचमध्ये तीन जना पहिरोले पुरेर र दुई जनाको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहर�. . .
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए। उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्य. . .
विराटनगर, २८ असार । नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रको भृकुटीचोकस्थित कार्यालयमा पानी पसेको छ । विगत केही दिनदेखिको अबिरल बर्षाका कारण कार्यलयको हाता भित्र तथा प्रशासनिक भवनको कार्यकक्षमा दुई फिटसम्म पानी जमेको हो । ६ लेन सडक निर्माण भएसँगै प्राधिकरणको कार्यालय हातामा पानी पसेको हो ।. . .
भोजपुर, २८ असार । लगातारकाे वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा कुमार राईको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो ।शनिबार बिहान पौने १० बजेतिर घरमाथिबाट खसे. . .
विराटनगर, २८ असार । निरन्तरको बर्षाका कारण बिगत २ दिनमा मोरङमा मात्र ३खजना वेपत्ता भएका छन् । खोलाले बगाएर हराईरहेका उनीहरुको खोजी कार्य जारी रहेको छ । आजै मात्र मोरङका दुई स्थानबाट दुईजनालाई खोलाले बगाएर बेपत्ता पारेको छ । निरन्तर परेको अविरल बर्षाको कारण बढेको खोलाले बगाई कटहरी गाउँपालिका ४ वस्ने �. . .
विराटनगर, २८ असार । तीन जना वडा अध्यक्षको रोहबरमा कुटिएका एक व्यक्तिको मृत्यु भएपछि त्यसको बिरोधमा दुईदिनसम्म मृतकका आफन्तले शव उठाएनन् । विराटनगर–१४ जतुवाका समानन्द यादवलाई गत जेठ ३२ गते विराटनगर महानगरपालिकाका वडा अध्यक्ष, वडा नम्बर १८ का वडा अध्यक्ष र जहदा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्षको �. . .
हिमाल दाहाल , इटहरी असार २८ । भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ। शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ७ हजार ६५५ क्यूसेक पुगेको हो। यो अहिलेसम. . .
हिलिहाङ, असार २८ गते ।पहिरोका कारण अबरुद्ध मेची राजमार्गअन्तर्गत राँके—फिदिम सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । बिहान ८ः०० बजेबाट सडकमाथिको पहिरोले अबरुद्ध भएको उक्त सडक आठ घण्टापछि एकतर्फी सञ्चालन भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा अपराह्न ३ः०० बजेबाट एकतर्फी खुलेक�. . .
झापा असार २८। तीन दिनयता आएको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन् । खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । झापा गाउँपालिका–१ को मिलनबस्तीमा कनकाई नदीको बाढी बस्तीम. . .
झापा, असार २८ । झापामा बाढीले बगाएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । दमक नगरपालिका–१० स्थित लोकेन्द्र भण्डारीको घरमा बस्दै आएकी संखुवासभा चैनपुर नगरपालिका–७ की पुनम न्यौपानेकी ६ वर्षीया छोरी एलिजा न्यौपानेको मृत्यु भएको हो । उनलाई घरनजिकैको भालुखोलाको ‘कल्भर्ट’को पानीम�. . .
विराटनगर असार २८ , लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । अहिले ५६ ढोकामध्ये ३६ ढोका �. . .
सुनसरी, असार २८ । अविरल बर्षाका कारण सुनसरीमा ८१५ घर डुबानमा परेका छन् । डुबानका कारण सुनसरी सदरमुकाम इनरुवा, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगर, गढी, कोसी, बर्जु र देवानगन्ज गाउँपालिकाका जलमग्न भएका छन् । बाढी तथा डुबानका कारण जिल्लामा ३२५ घरपरिवार विस्थापित भएका छन् । निरन्तर पानी परिरहे�. . .