समाचार

बिराटनगरमा जारी क्रिकेटमा नमुना र कोशी पब्लिक विजयी

२४ मंसिर,विराटनगर । पूर्वाञ्चल एकाडेमीको आयोजनामा विराटनगरमा सञ्चालन भएको पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा नमुना र कोशी पब्लिक विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेकोे छ । पहिलो खेलमा नमुना विद्या मन्दिरले विनायक सेकेन्डेरी स्. . .


तालतलैयामा वनभोजमा छुरा प्रहार

बिराटनगर मङ्सिर २७ , शनिबार बनभोज गएका युवाहरु बिच वादविवाद हुदा छुरा प्रहार भएको छ । इटहरीको तालतलैयामा १८ वर्षीय सागर लिम्बूलाई संगै वनभोज गएका साथी योगेश राईले छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट लिम्बूको ढाड , पेट र हत्केलामा चोट लागेको छ । उनको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा. . .


तेह्रथुममा बस दुर्घटना, ३ को मृत्यु, २८ घाइते

तेह्रथुम।धरानबाट तेह्रथुमको म्याङ्लुङ लागि छुटेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। पहाडी सुपर नामको ना ४ ख २८६५ नम्बरको बस सडकबाट करिव सय मिटर तल खसेको हो। मृत्यु हुनेमा एक महिला, एक पुरूष र एक बालिका छन्। २८ जना घाइते उपचारका लागि जिल्ला अस्पताल तेह्रथुमतर्फ पठाइएको प्रहरीले जानकारी दिएको. . .


विराटनगरमा नयाँ रेस्टुरेन्ट “क्याफे ग्रिल टु चील” सञ्चालनमा

बिराटनगर मङ्सिर २६ , विराटनगरमा सुविधा सम्पन्न रेस्टुरेन्ट "क्याफे ग्रिल टु चील संचालनमा आएको छ । बेलायतमा ७ वर्षको होटल व्यवस्थापनको ज्ञान लिएर विराटनगर आएका युवा सञ्जय गुप्ताले उक्त होटल सुरु गरेका हुन । संसद एवम् मोरङ व्यापार संघका अध्यक्ष पवन कुमार सारडाले रिबन काटेर रेस्टुरेन्टको उद्घाटन गरेका. . .


दुहवीका युवाहरुद्वारा बाल आश्रममा सहयोग

बिराटनगर मङ्सिर २६ , पिस एण्ड सोसायटी एजिभर क्लबको आयोजनामा  निशाहाय बाल सेवा आश्रममा मनोरंजन कार्यक्रम तथा सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ।  सहयोग स्वरूप चामल, आटा,चाउचाउ,कापी, डटपेन, चॉकलेट साथै हरेराम होटलको सहयोगमा खाना र नास्ता पनि खुवाएका थिए । कार्यक्रमको प्रमुख अतिथि दुहवी भलुवा नग�. . .


गौतम बुद्ध स्कूलमा लागुऔषध सम्बन्धी सचेतना

विराटनगर २५ मंसिर सामुदायिक सेवा केंन्द्र रानी र इलाका प्रहरी कार्यालय रानी विराटनगको संयुक्त आयोजनामा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । बिराटनगर १९ रानीमा रहेको गौतम बुद्ध सेकेंडरी स्कूलका ९ र १० विद्यार्थीहरुलाई लागु औषध दुव्र्यशन बिरुद्ध सचेतना तथा प्रशिक्षण कार्यक्रम दिई�. . .


आरोहण गुरुकुल बिराटनगरमा छिडीभरिको आकाश नाटक मञ्चन हुने

बिराटनगर मङ्सिर २६, विराटनगरको आरोहण गुरुकुलमा वरिष्ठ आख्यानकार पर्शु प्रधानको छिडीभरिको आकाश कथाको रुपान्तरित नाटक मञ्चन हुने भएको हो । मङ्सिर ३० गतेदेखि विराट आदर्श साहित्यिक मञ्चको आयोजनामा उक्त नाटक हुन लागेको हो । सुदिप कार्कीको निर्देशन रहेको नाटक हरेक दिन १ र ३ बजे मञ्चन हुने जनाइएको छ । सबै�. . .


मोरङ पुस्तक व्यवसायी संघमा राकेश मैनाली

बिराटनगर मङ्सिर २६ , नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङको नयाँ नेतृत्व चयन भएको छ । मोरङको बेतनामा भएको साधारणसभाबाट गंगाधर राकेश मैनालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा लिला निरौला , दितिय उपाध्यक्षमा मेघराज कट्टेल , तृतीय उपाध्यक्षमा ज्योत�. . .


मिस विराटनगरका २० प्रतियोगि छनोट

  प्रेम देवान विराटनगर, २५ मंसिर ÷ युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरको दोस्रो अडिसन सम्पन्न भएको छ । विराटनगरमा शनिबार भएको दोस्रो अडिसनबाट १६ जना र पहिलो अडिसनबाट ४ जना गरी २० किशोरी छानिएका छन् । दोस्रो अडिसनको निर्णक मण्डलहरुमा एक्टिभ मिडीयाकी आभा अ. . .


जेसिज वर्षको अवसरमा बिराटनगरका सरोज कार्की सम्मानित

बिराटनगर मङ्सिर २५ ,नेपाल जेसिजको राष्ट्रिय सम्मेलनको अवसरमा काठमाडौंमा भएको एक भव्य कार्यक्रम बिच बिराटनगरका युवा सरोज कार्की सम्मानित भएका छन । उनलाई समाजसेवाको क्षेत्रमा उत्कृष्ठ योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । देशैभरिबाट समाजमा आफ्नो कामबाट विभिन्न विधामा योगदान पुर्याउने १० युवाह�. . .


मानव अधिकार सम्बन्धि भिडियो सार्वजनिक

प्रेम देवान विराटनगर २५ मंसिर । ६८ आंै अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा मानव अधिकार सम्वन्धी रहेको म्यूजिक भिडीयो सार्वजनिक गरिएको छ । जिल्ला विकास समिती मोरङको सभाहलमा शनिबार एक कार्यक्रम विच म्यूजिक भिडीयो सार्वजनिक गरिएको हो । म्यूजिक भिडीयोलाई प्रमुख अतिथी उच्च अदालतका मुख्य न्याय. . .


विराटनगरमा सुचना हक सम्बन्धि २ दिने कार्याशाला हुने

विराटनगर मङ्सिर २५ , बिराटनगरको होटल एशियाटिकमा “सूचनाको हक सम्बन्धी २ दिने क्षेत्रीय कार्याशाला”संचालन हुनेभएको छ । राष्ट्रिय सूचनाआयोग, काठमाण्डौं, एक्सनएड नेपाल क्षेत्रीय कार्यालय विराटनगर, फोरम फर पार्टिसिपेटरी डेमोक्रेसी विराटनगर र नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडिएससी) विराटनगरको सं. . .