दुहवी, २२ फागुन । दुहवी नगरपालिका ६ मा आगलागि हुँदा २० लाख बराबरको क्षती भएको छ । आगलागी आधा घण्टामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ । वुधबार पौने ५ बजेदेखि लागेको आगो निभाउन दुहवी र इटहरीबाट आएको दमकल तथा प्रहरी, स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो । के कति कारण�. . .
कैलाली २२ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सज�. . .
काठमाडौं २२ फागुन । नियमित स्वास्थ्यजाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले भर्ना लिएका छन् । स्वास्थ्य फलोअपका लागि बिहान १० बजे त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुगेका प्रधानमन्त्री ओलीलाई अस्पतालले भर्ना लिएको उनको सचिवालयलले जानकारी दिएको छ । “नियमित स्वास्�. . .
रबिन्द्र बराल रंगेली, २२ फागुन । रंगेली नगरपालिका ७ मा अवस्थित टाईम्स अस्पतालले समान्य दुर्घटना भएर उपचार गराउन पुगेका एक बिरामीलाई उपचार गरे बापत बढी रकम लिएको पाईएको छ । सोमबार रंगेली–विराटनगर सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका ७मा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाईकलले सोही स्थानका आलोक. . .
काठमाडौं, २२ फागुन। भारतीय समूहले किनेपछि सौर्य एयरलाइन्सले पुनः उडान थाल्ने भएको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने सेवा शुल्कबापतको ५० लाख रुपैयाँ बक्यौता बुझाएको हो । यससँगै एयरलाइन्सले फागुन २४ गतेदेखि नियमित उडान थाल्ने भएको छ । ४ करोड भन्दा बढी बक्यौता रहँद�. . .
काठमाडौँ । सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–४ मा पर्ने ठाडीबजार भारतीय सीमासँग जोडिएको अन्तिम नेपाली गाउँ हो ।गाउँपालिका क्षेत्रमा तीन माविसहित १६ वटा सामुदायिक विद्यालय छन् । विद्यालयको संख्या धेरै भए पनि नियमित पठनपाठन हुँदैन । जसका कारण ठाडी क्षेत्रका ६ सयभन्दा धेरै नेपाली विद्यार्थ�. . .
पाेखरा,२२ फागुन । बुधबारदेखि पोखरा महानगरपालिकाले प्याराग्लाईडिङ उडानमा रोक लगाउने भएको छ । दिनहुँजस्तो दुर्घटना तथा महानगरले तोकेको कर नतिर्ने कम्पनीलाई आज बुधबारदेखि उडानमा रोक लगाइने भएको हो । प्याराग्लाईडिङ कन्पनीले विगत २०७२ यता महानगरलाई कर बुझाएका छैनन् भने दर्ता पनि भएका छैनन् । पोखरा १८. . .
सिरहा, २२ फागुन । सिरहाबाट चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–१० पिपरागाउँ सिताटोल बस्ने रञ्जित महतो रहेका छन्। प्रहरीको सर्वाधिक खोजीमा रहेका महतोविरुद्ध बर्दियाका पीडित दुई महिलाले किटानी जाहेरी दिएपछि अदालतले पक्राउ पुर्जी जार�. . .
इस्लामाबाद, २२ फागुन । पाकिस्तानले विद्रोही संगठन जैश–ए–मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाईसहित केही ठूलो विद्रोही नेतालाई पक्राउ गरि हिरासतमा लिएको छ ।पाकिस्तानी गृहमन्त्रालयका प्रवक्ताले मंगलबार ४४ जनालाई हिरासतमा लिइएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा मसूद अजहरका भाई मुफ्ती अब्दुर. . .
झापा, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि नसच्चिए सरकारले कठोर कदम चाल्ने चेतावनी दिएका छन् । मंगलवार इलाम र झापाको सिमाना सुखानीमा आयोजित सुखानी स्मृति सभामा बोल्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई नछाड्ने बताए । विस्फोट गराएर म�. . .
शिवम मिश्र (प्रशान्त) विराटनगर, २१ फागुन । विराटनगरको जामुनगाछी चौकमा निर्माणाधिन सडक स्थानीयले अबरुद्ध पारेका छन् । वषौँदेखि निर्माणाधिन सडक समयमै नबनेको भन्दै स्थानीयले अबरोध गरेका हुन् । धुलोका कारण समस्या भएको बिरोधमा स्थानीयले सडक नै अबरुद्ध गरेर आन्दोलन गरेका हुन् । एक वर्ष अगाडि नै भत्काएक�. . .
विराटनगर, २१ फागुन । विराटनगरमा प्रदेशस्तरीय महिला सम्मेलन सुरु भएको छ। नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा एक सय ३७ स्थानीय तहका उपप्रमुख, प्रदेशसभामा महिला सदस्य र गैरसरकारी संस्थाका विज्ञ सहभागी छन�. . .