समाचार

विराटनगरमा सिटी सफारी र टेम्पो ठोक्कियो, चार जना घाइते

विराटनगर, १० जेष्ठ । मोरङको विराटनगर १९ बैजनाथपुरमा सिटी सफारी र टेम्पो ठोक्किँदा चार जना घाइते भएका छन। उतरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ह ६८७३ नम्बरको सिटी सफारी र विपरित दिशाबाट आउँदै गरेको को १ ह ९३८२ नम्बरको ट्याम्पु एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते हुनेमा सिटी सफारीमा . . .


एसएलआरको गोलीसहित पक्राउ

विराटनगर, १० जेठ । सुनसरीको ईटहरीबाट एसएलआर राईफलको गोलीसहित दुई युवक पक्राउ परेका छन। प्रहरीले ईटहरी उपमहानगरपालिका २ पानीपिया बस्ने १९ वर्षीय प्रेम आचार्य र उनका साथी सन्देश कुमार सुन्दासलाई एक राउण्ड एसएलआरको गोलीसहित गएराती पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको गस्ती टोल. . .


देशका धेरै ठाउँसँगै बिराटनगरमा बर्षा, दिनभर मौसम बदली हुने

काठमाडौं, १० जेठ । उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । आज दिनभर नै मौसम बदली हुने मौसमविद विभूति पोख्रेलले बताउनुभयो । उहाँका अनुसार अहिले बदली भएको ठाउँको मौसम दुईतीन घण्टापछि खुलेपनि फेरि बदली भएर पानी पर्ने सम्भावना छ । केही ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्न सक्ने उहाँले. . .


१ नम्बर प्रदेश सरकारद्धारा पहिलो संशोधन अध्यादेश जारी, चार सदस्यीय विज्ञ समिति गठन

विराटनगर, १० जेठ । प्रदेश १ को मन्त्रीपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनका लागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ । बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयशराज प्याकुरेल, डा. उत्तरकुमार रेग्मी र सोमनाथ अधिकारी सम्मिलित विज्ञ समूह गठन गर्ने निर्णय गरेको हो । विज्ञ सम�. . .


ऐन आयो-कर्मचारी सरुवा गर्दा एक नम्बर प्रदेश मुख्य न्ययायाधिवक्ता सँग समन्वय गर्नुपर्ने

विराटनगर, १० जेठ ।। मुख्य न्याधिवक्ताको काम, कतर्वव्य र अधिकारको बारेमा संविद्यानले स्पष्ट नवोलेपछि १ नम्बर प्रदेश सभाले ऐन बनाएर मुख्यमन्त्रीका कानूनी सल्लाहाकारलाई अधिकार सम्पन्न बनाएको छ । गत वैशाख २४ गते प्रदेश सभाले बनाएको कानून वुधवार प्रमाणिकरण भएपछि ऐन स्वत कार्यान्वयनमा आएको हो । प्रदेश प. . .


अदालतलाई गोरेको पत्र- प्रहरी हिरासतमा ज्यानको खतरा भयो

विराटनगर, ९ जेठ सुन तस्करी र उर्लावारीका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती (गोरे)ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै आफ्ना वकिल मार्फत जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् । प्रहरी हिरासतमा आफू असुरक्षित रहेकोले मानव अधिकारी तथा अधिकारवादी संस्थाको रोहबरमा हिर. . .


बालुवा बोक्न प्रयोग गरिन्छ विराटनगरमा प्रहरीको वान्टेन गाडी (फोटो सहित)

विराटनगर, ९ जेठ । पुर्ब क्षेत्रीय प्रहरी कार्यालय रानीको गााडीले बालुवा ओसारपसार गरेको गर्ने पाईएको छ । उत्तरी खोलाबाट ल्याउँदै गरेको बालुवा सहितको मिनी ट्राक लक्ष्मीमार्गमा रोकेर राखिएको अबस्थामा भेटिएको हो । यसरी प्रहरीको गाडी स्वयम् खोलामा पुगेर बालुवा ल्याउने गरेको लामो समय भईसकेको स्थानीयले . . .


मधेश आन्दोलनका क्रममा शहीद भएका परिवारलाई गाउँपालिकामा जागिर

बिराटनगर जेठ ९ ,  सप्तरीको रुपनी गाउँपालिकाले मधेश आन्दोलनका क्रममा शहीद भएका नागेश्वरकुमार यादवका परिवारलाई सामाजिक परिचालकका रुपमा नियुक्ति दिएका छन् । शहीद यादवकी पत्नी सुष्माकुमारी यादवलाई सामाजिक परिचालकाको रुपमा नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयो । प्रमु�. . .


रंगेलीको घटना : भारतीय नागरिक नेपाली नागरिकता लिने चक्करमा कारवाहीमा परे

विराटनगर। किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जन�. . .


लालबाबु पण्डितको सम्पति : बिराटनगरमा एक तल्ले घर अनि एक थान पुरानो साइकल

बिराटनगर , जेठ ९  । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनिसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ । मन्त्रिपरिषद् कार्यालयमा पण्डितले बुझाएको बिवरणमा उक्त तथ्य पाइएको हो । उनले बुझाएको बिवरणमा विराटनगर १२ बखरीमा एक कठ्ठ. . .


इटहरीमा बस दुर्घटना , एक जनाको मृत्यु २२ जना बढी घाईते

ईटहरी , जेठ ९ । आज बिहान इटहरीको अाँपगाछीमा बस दुर्घटना भएको छ । उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस इटहरीको अाँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना बढी घाईते भएका छन ।  ना ४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाइको छ । घाईतेहरूलाइ धरानस्थित वीपी कोइराला स्वास्थ्य . . .


सप्तरीमा आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन् । स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजेतिर अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा उहाँले सञ्चालन गर्नुभएको औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाए�. . .