समाचार

दमक नगरपालिकामा नगरका सवै वडामा निःशुल्क वाइ फाई इन्टरनेट

दमक, २० साउन ।  दमक नगरपालिकाले नगरका सवै वडामा निःशुल्क वाइ फाई इन्टरनेट सेवा पुरयाउन विस्तृत अध्यायन शुरु गरेको छ । नगरपालिकाका १० वटै वडामा निकट भविष्यमानै निःशुल्क वाइ फाई सहितको इन्टरनेट सेवा पुरयाउने उदे्श्यले अहिले यसको विस्तृत अध्यायनको काम भइरहेको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले जानकार. . .


विराटनगरका बास्केटबल खेलाडी काठमान्डौ प्रस्थान

विराटनगर २० साउन । विराटनगर बास्केटबल एकेडेमिका खेलाडीहरु राष्ट्रिय स्तरको बास्केट बल खेल्न काठमान्डौ प्रस्थान गरेका छन् । ललितपुर बास्केट बल संघले आयोजना गर्न २ दिने खुल्ला 3x3 बास्केटबल प्रतियोगिताका लागी विराटनगरबाट ४ खेलाडी खेलका लागी काठमान्डौ प्रस्थान भएको विराटनगर बास्केटबल एकेडेमीका प्रश�. . .


एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो । बिहीबार बर्दिवास–१ कै १९ वर्षीया रबिना गौतमको सर्पको टोकाइबाट मृत्यु भएको छ. . .


विराटनगर घर भएका कैदी अम्बिका कामतको कारागारमा मृत्यु

चितवनको भरतपुरस्थित जिल्ला कारागारमा एकजना कैदीको बिहीबार मृत्यु भएकोछ । विराटनगर घर भएका ४२ वर्षीया कैदी अम्बिका कामतको स्तन क्यान्सरका कारण मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए । उनका अनुसार रोगबाट गम्भीर भएपछि क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालले नसक. . .


सप्तरीमा घुस लिँदालिँदै वडा सचिव पक्राउ

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव सञ्जयकुमार देवलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । आयोगको इटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयबाट खटिएको टोलीले सदरमुकाम राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै सेवाग्राहीसँग रु ५३ हजार �. . .


श्रीमतीले चक्कुले हानेर श्रीमान घाईते

मोरङ, साउन २० गते मोरङको बुढीगंगा गाउँपालिका १ मा बिहीबार साँझ श्रीमतीले चक्कुले हानेर आफ्नै श्रीमान घाईते भएका छन्। चक्कुले लागेर सोही गाउँपालिकामा बिन्दा थानदारको घरमा डेरा गरी बस्ने खेम प्रसाद खतिवडा घाईते भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ। उनलाई घरायसी कुरामा बादविबाद हुँदा आफ्नै ३. . .


म्याजिकको ठक्करबाट घाईते मोटरसाईकल चालकको मृत्यु

सुनसरी, साउन २० गते चार दिन अगाडी सुनसरीको भोक्राहमा गाउँपालिका २ मा म्याजिक भ्यानको ठक्करबाट घाईते मोटरसाईकल चालक आरिफ अन्सारीको बिहीबार राती मृत्यु भएको छ। सुनसरी भोक्राहा गाउँपालिका २ सडक खण्डमा प्रकाशपुरबाट भोक्राहातर्फ जाँदै गरेको को १ च २९१० नम्बरको म्याजिक भ्यानले को १६ प १२४५ नम्बरको मोटरस. . .


रुपनीमा स्कुटरको ठक्करबाट पैदलयात्री घाईते

सप्तरी, साउन २० गते सप्तरीको रुपनी गाउँपालिका १ राजमार्गमा बिहीबार राती स्कुटरको ठक्करबाट चालकसहित जना पैदलयात्री घाईते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बा २६ प ४९९ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका बस्ने ७० बर्षिय बृद्ध मोहमद सफिद मियाँ र स्कुटर. . .


विराटनगर आरोहण गुरुकुलमा नाट्य कार्यशाला हुँदै

विराटनगर , साउन २२ गते देखि विराटनगरमा १ महिने नाट्य कार्यशाला हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा हाटखोलास्थित सुशीला कोईराला नाटकघरमा कार्यशाला सुरु हुन लागेको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । १ महिना सम्म दैनिक विहान ७ बजे देखि दिउँसो ३ बजे सम्म कार्यशाला चल्न�. . .


झापामा नौ सय बढी सहकारी संस्था

भद्रपुर । झापामा हाल ८९९ वटा सहकारी रहेका छन् । डिभिजन सहकारी कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७२–७३ मा ८७४ वटा सहकारी रहेकामा आव २०७३–७४ मा ४० वटा सहकारी थपिकमा छन् । दर्ता भएका सहकारीमा विभिन्न कारणले नौवटा खारेजमा परेका छन् । एकीकरणबाट छवटा सहकारी कम भएको डिभिजन सहकारी कार्यालयका प्रमुख दु�. . .


हलेसी प्रवेशमा शुल्क नलिन नगरको निर्देशन

खोटाङ,  साउन १९ गते । हलेसी तुवाचुङ नगरपालिकाले खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी प्रवेशमा शुल्क नलिन निर्देशन दिएको छ । यसअघि मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिले लिएको शुल्क व्यवस्थित र पारदर्शी नभएको भन्दै शुल्क नलिन निर्देशन दिएको हो । नगरपालिकाले दिएको निर्देशनलगत्तै श�. . .


मोरङमा २० हजारभन्दा बढी नयाँ मतदाता थपिए

विराटनगर/ मोरङमा २० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत साउन १७ गतेसम्ममा बीस हजार १५१ जना नयाँ मतदाता थपिएका हुन् । तीमध्ये पुरुष दस हजार २८१, महिला नौ हजार ८६९ र एक जना तेस्रोलिङ्गी मतदाता रहेको पूर्वक्षेत्रीय निर्वाचन कार्या. . .