समाचार

सामाजिक संजालमा आज : २७ बैशाख २०७४

सामाजिक सञ्जालमा आज स्तम्भ आवर विराटनगर डटनेटले संचालनमा ल्याएको स्तम्भ हो । यस स्तम्भमा हामी विभिन्न व्यक्तिहरुले आफ्नो सामाजिक सञ्जालमा प्रकट गरेका रोचक र फरक विचार प्रस्तुत गर्ने गर्दछौं । आज  बैशाख २७ गते सामाजिक सञ्जालमा पोस्ट भएका केही पोस्टहरुलाई तल समावेश गरेका छौ । सुरेन्द्र सुबेदी :  सि�. . .


विद्युत् चुहावट गर्ने १९ जना पक्राउ

लहान । अङकुसे लगाई विद्युत् चुहावट गर्ने १९ जनालाई मङ्गलबार पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले कार्वाही गरेको छ । विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ गरेका १९ जनाबाट रु ९५ हजार जरिवाना असुल गरिएको छ । टोलीले सिरहाको �. . .


कर्मचारीलाइ तलब नदिएपछि ग्रिनक्रस अस्पताल विराटनगरको घर जग्गा रोक्का

विराटनगरको रंगेली रोडमा रहेको ग्रिनक्रस अस्पतालको घर जग्गा किनबेच रोक्का गरिएको छ । उक्त अस्पतालले ३५ जना कर्मचारीको तलब नदिएपछि श्रम कार्यालयमा उजुरी परेकाे थियाे । उजुरी उपर सुनवाइ गर्दै श्रम कार्यालयले उक्त कर्मचारीहरुलाई तलब उपलब्ध नगराए सम्म अस्पतालको घर जग्गा किनबेचमा रोक्का लगाएको हो । तलब . . .


जुनियर जेसीजले वुद्ध जयन्तीको अवसरमा खुल्ला रक्तदान गर्ने

  विराटनगर जुनियर जेसीजको आयोजना र क्रिएटिभ आईको प्रायोजनमा विगत २१ वर्ष झै यसवर्ष पनि खुला रक्तदान कार्यक्रम गरिने भएको छ। बुद्ध पुर्णिामा बैशाख २७ गते वुघवारको दिन विराटनगरको ट्राफिक  चौकमा रक्तदान कार्यक्रम  गर्न लागिएको हो। विराटनगरमा बढीरहेको चरम रगत अभावलाई कम गर्ने उद्धेश्यको साथ सो रक्तद. . .


हेर्नुहाेस् ! थाेरै पानी पर्न हुदैन, विराटनगरकाे सडक कस्ताे भइदिन्छ

भर्खरै महानगरपालिका बनेकाे विराटनगरकाे बाटाे पानी नपर्दा धुलाेका कारण हिड्न सकिदैन र पानी परेपछि हिलाेका कारण । थाेरै मात्र पानी पर्दा पनि विराटनगरकाे बाटाेकाे अवस्था भयावह हुने गरेकाे देखिन्छ । सर्वसाधारण साह्रै नै अप्ठ्याराे गरि यात्रा गरिरहेका हुन्छन् । पानी परेपछि विराटनगर कस्ताे देखिन्छ भन्. . .


सिरहामा झाडापखालाबाट एककको मृत्यु १० बिरामी

सिरहाको बरियारपट्टी गाँउपालिका-१ स्थित नर्गी टोलमा केही दिन देखी फैलिएको झाडापखालाले एक बालिककको ज्यान गएको छ भने अन्य १० जना बिरामी भएका छन्। स्थानीय राम उधागर सदायकी १० बर्षिया छोरी कविता सदायको झाडापखालबाट मृत्यु भएको हो। गाउँमा महामारी फैलिएपछी सोही गाउँपालिका बस्ने ६० बर्षिया सदामादेवी साह, २. . .


अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पाँच भारतीय नागरिकसहित १२ जना होटलबाट समातिए

सुरुङ्गा । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । पक्राउ �. . .


भिरबाट लडेर एकको मृत्यु

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-५ स्थित कटारी नगरपालिका-१ बस्ने ६५ बर्षिय राम बहादुर बुढाथोकीको सोमबार भिरबाट लडेर ज्यान गएको छ। आफन्तको घरमा विवाह खान भनी गएका राम बहादुरलाई स्थानीयले दिउँसो २ बजेतिर भिरबाट लडेर मृत अवस्थमा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा प्रहरी चौकी कोषाहाट र इलाका प्�. . .


विराटनगरमा वर्षा हुदै, याे साता भरी पानी पर्न सक्ने

पश्चिमि हावा सहित अाएकाे बादलका कारण विराटनगरमा एका विहानै वर्षा सुरू भएकाे छ । अहिले ८:२० देखि विराटनगरमा मेघ गर्जन सहित वर्षा सुरू भएकाे हाे । वर्षासँगै विराटनगरकाे गर्मीबाट राहत पाइने भएपनि विराटनगरका सडकहरूमा पानी जम्ने र हिलाम्मे भएर सर्वसाधारणलाइ हिड्न समेत गाह्राे हुने गरेकाे छ । विराटनगर उप�. . .


अचानक लडेर मृत्यु

सप्तरीको मलेठ-२ बस्ने अन्दाजी ५६ बर्षिय सुफल प्रसाद शाहाको पनि सोमबार अचानक लडेर ज्यान गएको छ। राजबिराज-६ मा रहेको भैसी पालन केन्द्रमा को ३ प ९८०८ नम्बरको मोटरसाइकलमा दुध लिन गएका साहा मोटरसाइकल राखेर सोही ठाउँमा लडी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। घटनाबारे थप अनुसन�. . .


विराटनगरकाे हनुमान मन्दिर नजिकबाट प्रतिबन्धित औषधीसहित एक पक्राउ

मोरङको विराटनगर-१४ स्थित हनुमान मन्दिर नजिकैबाट प्रहरीले सोमबार प्रतिबन्धित औषधी स्पास्मोप्रोक्सिभन ट्याबलेट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान ८ बरगाछी बस्ने ३३ बर्षिय विशाल तामाङ रहेका छन्। उनलाई सि आर भी जतुवाबाट खटिएको प्रहरीको टोलीले रानीबाट विराटनगरतर्फ जाँदै गर्दा �. . .


पुर्वमा हिजाे साेमबार दिनभरी भएका सवारी दुर्घटनाहरू

पूर्वको विभिन्न जिल्लाहरुमा सोमबार भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। मोरङः मोरङको बुढिगंगा गाँउपालिका-३ स्थित भित्रि सडक खण्डमा बाटोको साइडमा रोकी राखेको को ना ३ ख ७८४३ नम्बरको ट्रकसंग को २८ प ९३५९ नम्बरको मोटरसाइकल ठोक्किदा सुनसरी दुहवी-भलुवा नगरपालिका-४ बस्ने १८ बर्षिय अर्जुन चौधरीको मो. . .