समाचार

प्रदेश नम्बर १ का ७ मध्ये ६ वटा जिल्लामा मतगणना सुरु

बिराटनगर मङ्सिर २१ , पहिलो चरणमा निर्वाचन भएका पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, ओखलढुंगा र सोलुमा मतगणना सुरु भएको छ । प्रदेश नम्बर एकका ७ मध्ये ६ वटा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । खोटाङमा भने ७ बजेदेखि मात्रै मतगणना सुरु गरिने बताइएको छ । कुल ६९ हजार ४ सय ११ कुल मतदाता रहेको. . .


मोरङमा अहिलेसम्म ७० प्रतिशतसम्म मत खस्यो

विराटनगर, मंसिर २१ – मोरङमा अहिलेसम्म ७० प्रतिशतसम्म मत खसेको छ । समग्र मोरंग जिल्लामा ७० प्रतिशत मतदान सम्पन्न भएको क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले  जानकारी दिनु भयो । बिराटनगरको महेन्द्र मोरंग मतदान केन्द्र , कन्चंबारी , जनपथ लगायतका मतदान स्थलमा अझै मतदाताको लामो लाइन रहेको छ ।  . . .


सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप हुदा प्रहरीद्वारा हवाई फायर

सर्लाहीको करौना गाउँपालिकामा दुई समूहबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ । मतदान जारी रहेका बेला कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । अहिले मतदान जारी रहेको कायमुकायम प्रमुख जिल्ला अधिकारी. . .


अर्काको नाममा मत खसाल्न खोज्ने दुई जना पक्राउ

राजविराज मङ्सिर २१ । अहिले चलिरहेको निर्वाचनमा अर्काको नाममा मत खसाल्न खोज्ने दुई जना सप्तरीको छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका छन्। राजविराज नगरपालिका ११ फर्सेठ र छिन्नमस्ता गाउँपालिकाको लालापट्टीबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।. . .


उपेन्द्र यादवले विराटनगरको स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गरे

सप्तरी, रासस । सप्तरी क्षेत्र नं २ का उम्मेदवार रहेका संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादवले मोरङको विराटनगरबाट मतदान गरेका छन् । सप्तरीबाट उम्मेदवार रहे पनि मतदाता नामावली विराटनगरमा रहेकाले उनी मतदान गर्न विराटनगर पुगेका हुन् । उनले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबा�. . .


महेन्द्र मोरङ मतदान केन्द्रबाट किरियापुत्रीले मतदान गरे

बिराटनगर मङ्सिर २१ , बिराटनगरमा किरियापुत्रीले मतदान गरेका छन् । जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोख्रेलले मतदान गर्नु भएको हो । उहाँले महेन्द्र मोरङ मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।. . .


मौन अवधिमा कांग्रेसका उम्मेदवारले चुनावी भेला गराएको भन्दै उमेद्वारलाई नियन्त्रणमा

इलाम मङ्सिर २० , मौन अवधिमा उम्मेदवारले चुनावी भेला गराएको भन्दै नेकपा एमालेका कार्यकर्ताले इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली कांग्रेस उम्मेदवार केशव थापालाई सडकमै नियन्त्रणमा लिएका छन्।बुधबार बिहान इलाम नगरपालिकाको सिङफ्रिङ गाउँ पुगेर फर्किंदै गरेका उम्मेदवार थापा र इलाम नगर�. . .


निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जना पक्राउ

राजविराज,२० मंसिर, दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नेक्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्र�. . .


निर्वाचनका लागि बिराटनगरको सुरक्षा व्यवस्था कडा

बिराटनगर मङ्सिर २०,  प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई धांधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न मोरङ प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । मतदान स्थलमा हुन सक्ने सम्भावित कुनै पनि अप्रिय घटना तुरुन्त प्राप्त गर्न सक्ने र ब्यवस्थापन गर्न सहयोग पुग्ने उद्येश्यले जिल्ला प्रशासन कार्यालय . . .


झापामा पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी

झापा, रासस । बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी तथा निर्वाचन क्षेत्र नंं २ को बिर्तामोड नगरपालिकामा रहेका दुई मतद. . .


इलाममा चन्दा संकलन गर्दै हिँड्ने १२ जना पक्राउ

इलाम । इलाममा स्थानीयबासिन्दाबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा जिल्ला बाहिरका १२ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्लाको सूर्योदय नगरपालिका १ गोर्खे को मंगलबारेबाट पक्राउ गरिएको हो । गोर्खेको सिंहदेवी मतदान केन्द्र आसपासका स्थानीयबासिन्दाबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा गोर्खे प्रह. . .


ताप्लेजुङमा ३ घरमा आगलागी , ३५ लाख बराबरको क्षति

बिराटनगर, मंसिर २० गते।ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ स्थित हाङपाङमा मंगलबार दिउँसो ३ वटा घरमा आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षति भएको छ। दिउँसो साढे ३ बजे तिर सोही गाउँपालिका बस्ने देवमान याक्सोको घरमा अचानक आगलागी भई आगो फैलिएर छिमेकीको २ वटा घरमा समेत आगलागी भएको थियो। आगलागीबाट द�. . .