विराटनगर

विराटनगरको तातोघाममा विदेशीको पौरख, मुसहर बस्ती निर्माणमा २६ जना बिदेशीको श्रमदान

विराटनगर, २८ बैशाख । उमेरले झण्डै ६१ बर्षका विदेशी नागरिक जाई बैशाख अन्तिमको तातो घाममा ढुङ्गा टिप्ने अनी ढुङ्गा ओसार्ने काममा ब्यस्त थिए । यसरी यो काम गर्न थालेको उनले ५ दिन पुगिसकेको छ । हरेक दिन बिहान ८ बजे देखि साँझको ५ बजेसम्म उनी यसै गरी काममा लागेका छन् । बैशाखको २७ गतेको तातो घामका बिचमा खलखली �. . .


विराटनगरको नेक्सट टर्म एजुकेसनको यस्तो अफर : फ्रि आईएलटियस कक्षा

विराटनगर बैशाख २८ , विराटनगरको नेक्सट टर्म एजुकेसन एण्ड भिसा सर्भिसेेसले विद्यार्थीहरुको लागि नयाँ अफर लिएर आएको छ । विराटनगर महेन्द्र चोकमा रहेको उक्त एजुकेसनले नि:शुल्क रुपमा विद्यार्थीलाई आईएलटियश तयारी कक्षा लिएर आएको छ । नेक्सट टर्म एजुकेसनले ७ हजार बराबरको तयारी कक्षा निशुल्क रुपमा गराउने �. . .


विराटनगरमा सवारीचालकले चेकिङमा बसेका प्रहरीलाई घुस दिदा परे फन्दामा

विराटनगर बैशाख २८, विराटनगरमा प्रहरीलाई सवारी चेकजाँचको क्रममा घुस दिने एक मोटसाइकल चालक समातिएका  छन् । विराटनगर वडा नम्बर ६ मा सवारी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको बिलबुक भित्र राखेर प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिने  चालकलाई पक्राउ गरिएको हो । को.१८ प ४९२२ नम्बरको मोटरसाइकल चालक सुनसरीको झु. . .


धनकुटाकी बन्दानाकाे नाचेरै विश्व किर्तिमान कायम, नृत्यमा पिएचडी गर्ने तयारी

प्रेम देवान विराटनगर, २८ वैशाख । धनकुटाको महालक्ष्मीनगरपालिका–९ मूर्तिढुंगाकी १७ वर्षीय बन्दना नेपालले लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेरै विश्वकीर्तिमान राख्न सफल भएकी छिन् । लगातार १सय २६ घण्टा नाचेर बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्न�. . .


विराटनगरकाे शिक्षादीप कलेजका बिद्यार्थीले सुनाए आफ्ना वितेका पल

विराटनगर, २७ बैशाख । विराटनगरमा रहेको शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विज्ञान तथा व्यस्थापन संकायका ९ र्औं ब्याचका १ हजार सय ३० जना विद्यार्थीहरुलाई मायाँको चिनो सहित बिदाई गरेको हो । कलेजका प्राचार्य ज्ञानबहादुर खडका, क. . .


प्रधानमन्त्री कप एक दिवसिय क्रिकेटमा विराटनगरका खेलाडीको विरोध, प्रतियोगितामा नाताबाद हावी

विराटनगर, २७ वैशाख । आगामी जेठ १ गतेदेखि काठमाण्र्डौंमा हुने प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिताकालागि खेलाडी छनौट प्रक्रिया विवादमा तानिएको छ । प्रदेश नम्बर एकबाट खेलाडी छनौट प्रक्रियामा नाताबाद र आफन्त खेलाडी छनौट गरेको भन्दै विराटनगरका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले विर�. . .


मोरङको धनपालबाट खैरो हेरोईन सहित दुई भारतीय पक्राउ

रबिन्द्र बराल रंगेली, २७ बैशाख । मोरङको धनपालथान गाउँपालिकाबाट प्रहरीले खैरो हेरोईन सहित दुई भारतीयलाई पक्राउ गरेको छ । प्रदेश नम्बर १ को प्रहरी कार्यलय बिराटनगरको विशेष टोलीले धनपालथान गाउँपालिका ३ को स्थित बेतौनाबाट खैरो हिरोइन सहित दुई भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्ने भारतको कुर्सकट्ट�. . .


बिराटनगरमा दुई दिने भारतीय शैक्षिक मेला शुरु, विद्यार्थीको उल्लेख्य सहभागिता

विराटनगर, २७ वैशाख । विराटनगरको नमस्कार होटलमा शुक्रबारदेखि सुरु भएको दुई दिने भारतीय शैक्षिक मेलामा विद्यार्थीको उच्च सहभागिता देखिएको छ । भारतका विभिन्न कलेज तथा विश्वविद्यालयमा पढ्न जाने बिद्यार्थीहरुको लागि परामर्स दिने हिसावले शुक्रवारदेखि सुरुभएको शैक्षिक मेलामा विद्यार्थी र अभिभावक शै�. . .


बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” आयोजना हुदै

बिराटनगर बैशाख २७ , बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय "प्रिन्सिपल समिट" आयोजना हुने भएको छ । सक्सेस सोसाइटी इन्टरनेसनलको आयोजनामा जेठ ४ गते   बिराटनगरको होटेल ह्यारिसनमा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा प्रदेश नम्बर १ का बिभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु सहित शिक्षा क्षेत्रमा योगद. . .


विराटनगरको मेरिल्याण्ड कलेजका कक्षा १२ का विद्यार्थीलाई विदाई

बिराटनगर बैशाख २७ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विहिवार विराटनगरमा एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ । कलेजमा अध्ययनरत व्यवस्थापन संकायका १६ औं ब्याचका ८१३ जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदानगरी कलेजले विदाई गरेको हो । कार्यक्रमा विद्यार्थीहरुले बि�. . .


विराटनगर महानगरपालिकाकाे आयाे विज्ञप्ती , राजधानी भएकोमा खुसीसँगै सशंकित

विराटनगर, २७ बैशाख । विराटनगर महानगरपालिकाले प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकेकोमा प्रदेश १ का सरकारलाई धन्यवाद दिएको छ । प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीहरु तथा मन्त्रिपरिषद, सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरुप्रति महानगरले धन्यवाद व्यक्त गरेको हो । यद्यपी विज्ञप्ति मार्फत नेपालकै औद्�. . .


मोरङ जिल्ला अदालतले कानुन दिवस मनायो, स्वच्छ रुपमा न्याय सम्पादन गर्नुपर्नेमा जोड

विराटनगर, २७ बैशाख । न्यायपालिकाले स्वच्छ रुपमा न्याय सम्पादन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन । कानुन दिवसको अबसरमा विराटनगरमा उच्च अदालत र मोरङ अदालतले संयुक्त रूपमा आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरुले संविधान र कानुनको कार्यन्वयन गर्न न्यायकर्मी स्वच्छ ढंगले लाग्नुपर्ने बताए. . .