विराटनगर

भारतबाट बालबालिका तथा असहाय व्यक्तिलाई विराटनगरमा माग्न ल्याउने चालक पक्राउ

विराटनगर । भारतको जोगवनीबाट बालबालिका, महिला, वृद्धा तथा असहाय व्यक्तिहरूलाई म्याजिक भ्यानमा रिजर्भ गरी विराटनगरको विभिन्न बजार क्षेत्रमा दिनभर माग्न लगाउने कार्यमा संलग्न भएको आरोपमा एक चालकलाई नगर प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विगत लामो समयदेखी यस्तो कार्य गर्दै . . .


छोटो समयमा धेरै कमाउने प्रलोभनमा पर्दा गुम्यो ४२ हजार

इन्दु कुमारी साह विराटनगर । सामाजिक सञ्जालले जति नागरिकलाई सहजीकरण गरिरहेको छ । त्यत्तिकै विभिन्न प्लेटफर्ममार्फत प्रलोभन देखाएर ठगी गर्ने घटनाहरू बढिरहेका छन् । यस्तै प्रलोभनमा परी विराटनगरका एक सिटी सफारी चालक ४२ हजार रुपैयाँ गुमाएका छन्। चालक मोजाहिद आलम एक महिना पहिले टेलिग्राममार्फत विस्न�. . .


विराटनगरमा महिला उद्यम समितिले मनायो तीज

विराटनगर । तीजको अवसर भित्रनै लाग्दा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । संघको महिला उद्यम समितिकी संयोजक श्रुती श्रर्माको सभापतित्वमा तीज शुभकामना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निर. . .


मानव अधिकार सञ्जाल विराटनगरको संयोजकमा अधिकारी, सहसंयोजक बजगाँई

विराटनगर । मानव अधिकार सञ्जाल विराटनगर पुनर्गठन भएको छ । आज(शुक्रबार) अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिको भेलाले बाँसु अधिकारीलाई संयोजक तोकेको हो । निवर्तमान संजालका अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा बैठक बसेर सञ्जाल पुनर्गठन गर्ने निर्णय गरेको थियो । प्रदेश बाल अधिकार परिष. . .


एनपिएल २ अक्सनमा विराटनगर किंग्सको बजेट कति, कोशी प्रदेशको कुन खेलाडी पर्लान टिममा ?

विवेक दाहाल , विराटनगर श्रावन २३। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको मिनी अक्सन शनिबार हुँदैछ । अक्सनमा १५० खेलाडी छनोट भएका छन्, जसबाट ३७ खेलाडी खरिद–विक्रि हुनेछन्। पहिलो संस्करणको अक्सनमा ८ फ्रेन्चाइज टोलीले ८० खेलाडी किनेका थिए। तर, त्यस सिजनका ३८ खेलाडी रिलिज भइसकेका छन्। यसपटक कर्णाल. . .


कोशी प्रदेशमा डिजिटल भुक्तानी प्रणाली सुरु

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेशमै पहिलो पटक डिजिटल भुक्तानी प्रणालीको शुभारम्भ गरेका छन् । उक्त प्रणालीको सुरुवात प्रदेश जन–स्वास्थ्य प्रयोगशालाबाट शुक्रबार गरिएको हो । मन्त्री राईका अनुसार अबको समय डिजिटल, सुशासन र पारदर्शिताको भएकाले यो कद�. . .


प्रतिवादीबाट भराउन नसक्ने क्षतिपूर्ति ‘पीडित राहत कोष’ बाट अदालतबाटै उपलब्ध

विराटनगर । मोरङ जिल्ला अदालतले जर्बरजस्ती करणी पीडितलाई पहिलो पटक ‘पीडित राहत कोष’ बाट क्षतिपूर्ति भराएको छ । कसुरदारबाट पीडितलाई क्षतिपूर्ति रकम भराउन नसक्ने अवस्था पाइएपछि अदालतको फैसला अनुसार ठहर भए बराबरको रकम पीडित राहत कोषबाट उपलब्ध गराइएको हो । मोरङ जिल्ला अदालतका सुचना अधिकारी हेमबहादुर �. . .


विपक्षीको प्रस्ताव अस्वीकृत भएपछि सरकारले दर्ता गर्यो कोशीमा सरकारी कामकाजको भाषा विधेयक

विराटनगर ।  कोशी प्रदेश सरकारले लिम्बु (याक्थुङ) र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याउने उद्देश्यले तयार पारेको विधेयक प्रदेशसभामा दर्ता गरेको छ । संविधानको धारा ७ को उपधारा (२) अनुसार प्रदेशले आफैं प्रयोग गर्ने सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने प्रावधान अनुसार सरकारद्. . .


मोरङमा बढ्दो स्वयंघात, घरदेखि विद्यालयसम्म सकारात्मक सन्देश दिनुपर्ने प्रहरीको भनाई

इन्दु कुमारी साह विराटनगर । मोरङ जिल्ला, कोशी प्रदेशमै आफूलाई आफैंमाथि घात गर्ने व्यक्तिको संख्या सबैभन्दा धेरै छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हरेक वर्ष तीन सयभन्दा बढी व्यक्तिले गलत तरिकाले मृत्युवरण गरिरहेका छन् । जुन आँकडा निकै गम्भीर र चिन्ताजनक रहेको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहर�. . .


विराटनगरको एभरेष्ट स्कुल र काठमाडौं विश्वविद्यालयबीच शैक्षिक गुणस्तर सुधार्ने समझदारी पत्रमा हस्ताक्षर

विराटनगर । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै केयूले एभरेष्ट स्कुलका सबै पक्षको आधारभूत सर्भेक्षण गरि आवश्यकताका आधारमा शिक्षकहरुलाई ‘�. . .


विराटनगरसहित ७५ देशमा एकसाथ ‘वल्ड विगेस्ट क्याम्पेन रक्तदान महोत्सव’

विराटनगर । तेरापन्थ युवक परिषदले विश्वका ७५ देशमा एकसाथ गर्ने रक्तदान कार्यक्रम अन्तर्गत विराटनगरमा समेत तयारी तिव्र पारिएको छ । एकसाथ विश्वका ७५ देशमा हुने भएकोले यसलाई ‘वल्र्ड विगेस्ट क्याम्पेन रक्तदान महोत्सव’ भनिन्छ ।  तेरापन्थ युवक परिषद विराटनगरले यही असोज १ गते ‘हाम्रो रक्त, हाम्रो लागि’ भन�. . .


मेरिल्याण्ड कलेजका कक्षा १२ को परीक्षामा सर्वोउकृष्ट अंक ल्याउने विद्यार्थी सम्मानित

विराटनगर । विराटनगरको रगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोउत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा व्यवस्थापन संकायमा उच्च जीपीए ल्याएर कलेजको गौरव बढाउने प्रतिभाहरूलाई कलेजले बिहीबार आयोजित एक �. . .