विराटनगर

शिक्षा विधेयकको विरोधमा विराटनगरमा खबरदारी सभा

विराटनगर । संघीय सरकारले ल्याएको शिक्षा विधेयकका प्रावधानहरूले निजी शैक्षिक क्षेत्रमा गम्भीर चिन्ता र आक्रोश पोख्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । निजी शैक्षिक संस्थाका सञ्चालकहरूको छाता संगठन प्याब्सनसहित पाँच संगठनले विराटनगरको महेन्द्र चोकमा शुक्रबार जिल्लाव्यापी खबरदारी सभा आयोजना गरे�. . .


शिक्षादीप कलेजमा ‘शान्तिको लागि निश्शस्त्रीकरण’ विषयमा कविता प्रतियोगिता

विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले यस वर्ष पनि ‘शान्तिको लागि निश्शस्त्रीकरण’ विषयमा एक महत्वपूर्ण कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । आणविक हतियार परीक्षण विरुद्धको अन्तर्राष्ट्रिय दिवस, अगस्ट २९ को अवसर पारेर आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूमा आणविक हतियारको विन�. . .


विराटनगरमा १७२ वटा सहकारीमध्ये १९ वटा सम्पर्कविहीन, ४६ वटा अद्यावधिक छैनन

विराटनगर । विराटनगर महानगरपालिकाको सहकारी शाखामा हाल १७२ सहकारी दर्ता रहेका छन् । जस मध्ये १९ वटा महानगरको सम्पर्कमा छैनन् । महानगरले १९ वटा सहकारीहरुलाई पटक पटक तागेता गरेर सम्पर्क आउन भनेपनि अहिलेसम्म नआएको जनाएको हो । विराटनगर महानगरपालिकाको सहकारी शाखाका अनुसार १७२ मध्ये ४६ वटा सहकारीले भने अ�. . .


एभरेष्टका नौ जनाले निकाले आईओईको परीक्षामा छात्रवृत्तिसहित नाम

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका अधिकांश विद्यार्थीलेइन्जिनियरिङ अध्ययन संस्थान (आईओई)  ले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति सहित नाम निकाल्न सफल भएका छन् । एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओईको परीक्षामा सहभागिता जनाएका थिए । ति मध्ये ९ जनाले छात्रवृत्तिमा नाम �. . .


विराटनगरमा आकर्षक सभागृह : बल्लतल्ल एउटा फर्म ईच्छुक, त्यहिपनि धरौटी राख्न आनाकानी

विराटनगर । विराटनगर महानगरपालिकाले २० करोड बढी खर्चेर पुननिर्माण तथा प्रवलीकरण गरेको विरेन्द्रसभागृह एकवर्षदेखि सञ्चालनमा ल्याउन सकेको छैन । नगर विकास कोषसँग ऋण साझेदारीमा महानगरपालिकाले बनाएको सभागृह निजी क्षेत्रलाई ठेक्कामा दिने गरी कार्यविधी बनाएको एकवर्ष बितिसकेको छ । तर, पनि एकवर्षदेखि सभ�. . .


सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक महिलाको शव फेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान एक जना महिलाको शव नहरले बगाएर ल्याइरहेको अवस्थामा फेला परेको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा करिब ३० उमेरकी देखिने महिलाको शव बिहान करिब ८ः३० बजे भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार शवलाई �. . .


जनगायक स्व.जेबी टुहुरेको चौथो स्मृति दिवस मनाइने,बम देवान र खेम नेपालीलाई सम्मान

जनगायक स्व. जेबी टुहुरेको चौथो स्मृति दिवसको अवसरमा भोलि (शनिबार) विराटनगरमा सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ। जेबी टुहुरे फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्मृति दिवसको कार्यक्रम विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुलमा हुने छ। क. . .


भारतसँग कालापानी–लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : अध्यक्ष प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको दाबी गरेका छन् । विराटनगरमा सम्पन्न १ नं. प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्�. . .


विराटनगरमा बोईलर कुखुराको मासु अभाव देखिन थाल्यो

विराटनगर । प्रहरी तथा भन्सार राजस्व टोलिले सीमानाकामा कडाई गरेपछि विराटनगरमा कुखुराको मासुको अभाव देखिएको छ । पछिल्लो केही दिनयता भारतबाट अवैध रुपमा भित्रयाउने कुखुरा नियन्त्रण पर्न थालेपछि स्थानीय बजारमा आपूर्ति घटेको हो । भारतबाट आउने कुखुरा बन्देज गरेसँगै स्थानिय कुखुरा पालक कृषकलाई भने राहत �. . .


कोशी प्रदेशमा श्रृंखलाबद्ध चोरीको गिरोह पत्ता लगाउने चार प्रहरी उत्कृष्ट घोषित

विराटनगर । कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा लामो समयदेखि भइरहेका ट्रान्सफर्मर चोरीका घटनामा संलग्न गिरोह पत्ता लगाउने चार प्रहरी उत्कृष्ट घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा प्रसाद दाहाल, प्रहरी निरीक्षक सरोज खनाल, प्रहरी वरिष्ठ हवल. . .


भदौ १८ गतेदेखि अनिश्चत कालका लागि निजी विद्यालय बन्द गर्ने घोषणा (विज्ञप्ती सहित )

विराटनगर । सरकारले आफ्ना मागहरु भदौ १८ गते सम्म पनि सुनवाई गरेन भने सोहीदिनको भोलीपल्टदेखी सबै निजी विद्यालयका संचालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले यहि भदौ १८ गते सम्म पनि शिक्षा विधेयक सच्चाइएन भने विद्यालय बन्द गर्ने भ. . .


आरोहण गुरुकुलमा ‘एक चिहान’ नाटक मञ्चन सुरु

विराटनगर।आरोहण गुरुकुल विराटनगरमा हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास एक चिहान मा आधारित नाटक मञ्चन सुरु भएको छ । यो नाटक दिपेश भण्डारीको परिकल्पना र निर्देशनमा तयार गरिएको हो । समाज विकासमा बाधक तत्त्वहरूको पहिचान गर्दै ती हटाउनुपर्ने सन्देश दिने नाटकले नेपाली समाजमा गहिरो गरी बसेका अन्धविश्. . .