विराटनगर

बिराटनगर भन्सार नजिकै पटाका बिष्फोट

मोरङ, असोज १९ मोरङ जिल्लाको बिराटनगर २१ स्थित भन्सार कार्यालयको ढाट नजिकै सोमबार राती पटाका बिष्फोट भएको छ। सोमबार राती करिब पौने नौ बजेतिर बिराटनगर भन्सार कार्यालयको २ नम्बर ढाट नजिक सुतलीले बेरेको पटाका विष्फोट भएको हो। बिष्फोटबाट कुनै क्षती भएको छैन्। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा घटन. . .


रानी भन्सार बाट हिजो दिनभरिमा २५ वाट तेल ट्यांकर भित्रिए

विराटनगर १९ असोज । हिजो दिनभरी सम्म बिराटनगरको रानी भन्सार नाकाबाट पेट्रोलियम पदार्थ बोकेका २५ वटा सवारी साधन नेपाल प्रवेश गरेका छन् । लामो समयदेखि नाका बन्द हुँदा भन्सार जाँचपासको प्रतिक्षामा रहेका पेट्रोल, डिजेल र ग्यास बोकेका ट्यांकर भित्रिएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो . . .


डिपोमा तेलको मौज्दात सकिन लागेपछि मोरङ प्रशासनद्धारा कुपनबाट तेल दिन सुरु

विराटनगर १८ असोज । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा कुपनबाट तेल वितरण गर्न सुरु गरेको छ । विराटनगरस्थित नेपाल आयल निगमको डिपोमा तेलको मौज्दात सकिन लागेपछि वितरण प्रक्रियालाई सहज बनाउन प्रशासनले कुपनबाट तेल दिन सुरु गरेको हो । अतिवासकीय यातायात, सुरक्षा निकायका गाडी, पत्रकार, अस्पताल, एम्बु�. . .


जोगवनीबाट भित्रदै इन्धन र ग्याँस बोकेका ट्यांकरहरु

विराटनगर १८ असोज । आज बिहान जोगवनी नाकाबाट नेपाल प्रवेश गरेका सवारी साधनमा इन्धन र ग्याँस बोकेका ६ वटा ट्यांकर भित्रीएका छन् । जसमा २ वटा ग्याँसको बुलेट, ८ वटा पेट्रोल र ११ डिजेलको ट्यांकर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले बताए । आइतबार मध्यरातमा प्रहरीले बल प्रयोग गरि. . .


विराटनगर भन्सार नाकाबाट १३ गाडी भित्रिए

  ध्रुव भट्टरार्इ १८ असोज, विराटनगर । फलफूल तथा औद्योगिक क्षेत्रका कच्चा पदार्थ बोकेका १३ सवारी साधन विराटनगर भन्सार कार्यालयबाट नेपाल भित्रिएका छन् । सामान लोड गरेर तयारी अवस्थामा रहेका ट्रक बिहान नेपाल भित्रिएको विराटनगर भन्सार कार्यालयका प्रमूख कृष्ण बस्नेतले जानकारी दिए । फलफूल र कच्चा पदार. . .


पाँच बुँदे सहमति भएपछी विराटनगर जोगवनी नाका खोलिने

  प्रेम देवान विराटनगर १७ असोज । भारतीय विदेश मन्त्रालयले नाकाबन्दी खुलाउन निर्देशन दिएपछि विराटनगरको जोगवनी नाकास्थित भन्सारका दुवै तर्फका अधिकारीहरुको संयुक्त बैठक बसेर आपूर्ति सुचारु गर्न पाँच बुँदे सहमति भएको छ । पाँच बुँदे सहमति भएसंगै आउदै गरेको दशैं तिहारका लागी सामान किन्न सहज हुने भन्. . .


सद्भावनाका जिल्ला सदस्य नन्दलाल साह रहेनन्

विराटनगर १७ असोज । सद्भावना पार्टीका मोरङ जिल्ला सदस्य नन्दलाल साहको ७८ वर्षको उमेरमा हिजो निधन भएको छ । पित्त थैलीमा भएको पथरीमा इन्फेक्सन भएपछि उपचारका लागि उहाँलाई काठमाडौं लगिएको थियो । उहाँको शवलाई विराटनगर ल्याई आज स्थानीय सिंघिया नदीमा दाहसंस्कार गरिएको छ । साहको शवलाई सद्भावना पार्टीका मोर�. . .


ठूला व्यापारीले खाद्य वस्तुको मूल्य वृद्धि गरे , अनुगमन गर्ने भएनन्

प्रेम देवान विराटनगर १७ असोज । भारतबाट दैनिक उपभोग्य सामग्रीको आपूर्ति बन्द भएपछि ठूला व्यापारीले खाद्य वस्तुको मूल्य वृद्धि गरेका छन् । ठूला व्यापारीले भन्सार विभागले मूल्यांकन शुल्क बढाएको र बन्दका कारण ढुवानी खर्च बढेको भन्दै मिलोमतो गरेर चामल र खानेतेलको मूल्यमा बढाएका हुन् । चामलमा प्रतिकिल�. . .


नाकाबन्दी खोलेको भने पनि पेट्रोलियम पदार्थको आपूर्ति नहुँदा विराटनगरमा अस्पताल प्रभाबित

मोरङ, असोज १७ गते । भारतले लगाएको अघोषित नाकाबन्दी खोलेको बताइए पनि जोगवनी भन्सारबाट पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा विराटनगरमा सञ्चालित एक दर्जन ठूला अस्पतालमा इन्धनको अभाव भएको छ । विराटनगर– ५ स्थित नोबेल अस्पतालमा इन्धनको अभावका कारण अति आवश्यक सेवा प्रभावित भएको अस्पताल प्रशासनले जना. . .


मोरङका जङ्गलमा चोरी सिकारीले वन्यजन्तुको अस्थित्व सङ्कटमा

  मोरङ, १६ असोज । चोरी सिकारीका कारण मोरङका जङ्गलमा पाइने वन्यजन्तुको अस्थित्व सङ्कटमा पर्न थालेको छ । मोरङको टाँडी, जाँते, मधुमल्ला, वरवन, केरौन, भोगटेनी, पथरी शनिश्चरेलगायतका जङ्गल क्षेत्रका वन्यजन्तुको चोरी सिकारी हुन थालेपछि वन्यजन्तुको अस्थित्व सङ्कटमा परेको हो । मृग, हरिण, बदेल, दुम्सी, सालक, . . .


बन्द र नाका बन्दीकारण पूर्वका स्वास्थ्य क्षेत्रमा प्रभावित हुदै

प्रेम देवान विराटनगर १६ असोज । लगातारको बन्द र एक सातादेखिको भारतको अघोषित नाकाबन्दीका कारण पूर्वका स्वास्थ्य क्षेत्रमा नराम्रो प्रभाव परेको छ । पेट्रोलियम पदार्थको अभाव हुँदा अस्पतालले दिने सेवामा पनि कठिनाई उत्पन्न भएको छ । बिरामीको चाप घटेसँगै अस्पतालबाट दिइने सेवा सामग्री चलाउन कठिनाई भएको छ �. . .


मधेसी मोर्चाका चारमध्ये २ माग सम्बोधन

बिराटनगर असोज १६ मन्त्रिपरिषद् बैठकले मधेसी मोचाका चारमध्ये २ माग सम्बोधन गरेको छ । मधेसी मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनरावलोकन हुनुपर्ने माग गरेको थियो । सरकारले त्यसलाई पूरा गर्ने निर्णय गरेको छ । यससँगै मोर्चाले अपेक्षा गरेको अन्तरिम संविधानको अधिकार पुनस्थापित भएको छ । यता �. . .