विराटनगर । विराटनगरमा रहेर साहित्य तथा समाजसेवाको क्षेत्रमा क्रियाशिल भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयसँग स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल तथा विराटनगर तीनपैनीस्थित आफ्नै निज निवासमा उपचारत सुरानाको बुधबार मध्यान्ह निधन भएको हो । परिवारका सदस्य अरुण सुरानाका अनुसार �. . .
विराटनगर । विराटनगर भन्सारले लक्ष्य भन्दा २० अर्ब न्यून राजस्व असुली गरेको छ । ५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्यमा ४० प्रतिशत न्यून अर्थात ३० अर्ब ३४ करोड ११ लाख मात्रै संकलन गरेको हो । आर्थिक वर्ष २०८०÷२०८१ का लागि ५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्य थियो । जसमा ५९.७१ प्रतिशत मात्र असुली गरेको कार्यालयका सूच�. . .
विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले बुधबार लिने भनिएको ट्रायल बिहान ७ बजेदेखि तय भएको थियो । लिखित परीक्षामा पास गरेर ट्रायल दिन बिहानै सेवाग्राही लाइनमा बसे । बिहान ७ बजेदेखि हुनुपर्ने ट्रायल सुरु भएन । सेवाग्राहीले किन भएन भरेर सोधे–कार्यालयका अधिकारीहरुले सिसी टिभी बिग्रेकोल�. . .
विराटनगर । कोशी प्रदेशमा गत एकवर्षको अवधीमा (२०८० असार–२०८१ साउन) ७७ जना नागरिकको मृत्यु प्राकृतिक विपदबाट भएको छ । कोशीका १४ जिल्लामा दुई हजार ८६८ विपदका घटना हुँदा त्यसले ७७ जनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी एवं प्रवक्ता भीमबहादुर दाहालका अनुसार बाढी, पहिरो, चट्य�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७४ हजार रुपैयाँमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुल. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ७ र ८ को सीमामा पर्ने हाटखोला क्षेत्रको सडक सधैं अस्तव्यस्त हुन्छ । हाटखोला क्षेत्रमा फुटपाथ विस्तार भएपनि व्यापारीले पार्किङदेखि सामान राख्नेसम्म गरेर अतिक्रमण गरेपछि पैदल यात्रुहरूले सडक प्रयोग गर्नुपर्ने अवस्था रहेको हो । हाटखोलादेखि सरस्वत. . .
विराटनगर । विराटनगर महानगरपालिका ७ स्थित रंगेली रोडमा "ऐना द स्किन हेर एण्ड लेजर क्लिनिक" सञ्चालनमा आएको छ। असार ३१ गतेदेखि सेवा सुरु गरेको यस क्लिनिकको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका हुन्। छाला रोग विशेषज्ञ डा. बिबिषा बानियाका अनुसार, यस क्लिनिकले छाला रोग, यौन रोग र सौ�. . .
विराटनगर । सटरको कोठा भाडा नदिएको भन्दै प्रिन्सीपलको कुटपिटबाट घाईते भएका मिथिला एजुकेशन कन्सलटेन्सीका मेनेजर सुभम साह अस्पतालमा भर्ना भएका छन् । विराटनगर १० मा रहेको कोवास कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले कलेज परिसरमा रहेको सटरको भाडा नतिरेको भन्दै कन्सलटेन्सीका मेनेजरलाई सोमबार सुरक्षागार्�. . .
विराटनगर । साउन महिनामा महिलाहरूले भगवान् शिवको विशेष आराधना गर्छन् । सनातन हिन्दू परम्पराअनुसार पाँचवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान् शिवको पूजासहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ । सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति प�. . .
विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा सवारी पटके बाटो राजश्व कर सेवा कार्यलय स्थापना गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मोरङको विराटनगरस्थित रानी नाका, सुनसरीको भन्टाबारी र झापाको चारआलीमा पटके बाटो इजाजत राजश्व संकलन केन्द्र स्थापना गरेको हो । भारतबाट नेपाल प्रवेश गर्ने सवारीले बाटो. . .
विराटनगर । विराटनगरलाई हरियाली शहरमा रूपान्तरण गर्ने उद्देश्यले स्थानीयवासीहरूले सुरु गरेको अभियानले तीव्र गति लिएको छ। गत तीन महिनादेखि चलिरहेको यस अभियान अन्तर्गत हालसम्म ७ सय विरुवा रोपि सकिएको हो । स्थानीय अभियन्ता पारुल क्षेत्रीका अनुसार, यो अभियान तीन महिना अघि सुरु भएको थियो, अहिलेसम्म सात. . .
विराटनगर । विराटनगर १० मा रहेको कोबास कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले मिथिला कन्सलटेन्सीका मेनेजर माथी निर्घात कुटपिट गरेको पिडितले बताएका छन् । प्रिन्सीपल श्रेष्ठले मिथिला कन्सलटेन्सीका मेनेजर २७ वर्षीय सुभम साह माथी कन्सलटेन्सीमा प्रवेश गरेर निर्घात कुटपिट गरेको हुन् । कोवास कलेजका प्रिन्स. . .