विराटनगर

विराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थी बेलायतको विश्वबिद्यालयबाट दीक्षित हुदै

बिराटनगर कार्तिक २७ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका दोश्रो ब्याचका स्नातक तहको व्यवस्थापन डिग्री (बिबिएम) विषयका बिद्यार्थी दीक्षित हुने भएका छन्  । वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई  दीक्षित  गर्न लागेको . . .


मोरङको धनपाल गाँउपालीकाको उप–निर्वाचनमा कांग्रेस र समाजवादीबीच सहकार्य

विराटनगर, २७ कात्तिक । मोरङको धनपालथान गाउँपालिकामा मंसिर १४ गते हुने उप–निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य हुने भएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै सहकार्यको घोषणा गरिएको हो । कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूले दुवै पार्टी एक भएर निर्वाचनमा जाने बताए । &nb. . .


लेटाङका १४ जनाको बैदेशिक रोजगारी ठगी काण्ड ः बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्धारा खारेज

विराटनगर । वैदेशिक रोजगारीको ठगीसँग जोडिएका मोरङको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कूलबहादुर लिम्बूका तर्फबाट परेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ । इजरायल पठाइदिने भन्दै परिवारका सदस्य, आफन्त, छिमेकी गरेर लेटाङकै १४ जनासँग लाखौं रुपैयाँ ठगी गरेको पाइएपछि उनलाई श्रम कार्या�. . .


परीक्षामा फेल भएको भन्दै विराटनगरको अर्पण स्कुलका शिक्षकबाट विद्यार्थीमाथी निर्घात कुटपिट ( भिडियो सहित )

प्रेम देवान विराटनगर, २६ कार्तिक  । विद्यार्थीलाई कुटपिट गर्न नपाईने शिक्षा ऐनमा नियम हुदाँहुदै पनि एक विद्यार्थीमाथी परीक्षामा फेल भएको भन्दै निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ । यस्तो छ भिडियो : https://www.youtube.com/watch?v=BscDdvHSYoQ   विराटनगर – ४ राजवंशी चौकस्थित अपर्ण स्कूलका शिक्षकले एक विद्यार्थीलाई न. . .


प्रदेश-१ मा भ्रष्ट्राचार शून्य सहनशीलता अपनाएका छौँ-मुख्‍यमन्त्री राई

विराटनगर। मुख्यमन्त्री शेरधन राइले सुशासन कायम गर्न प्रदेश-१ मा सरकारले भ्रष्ट्राचारमा शून्य सहनशीलता अपनाएको बताएका छन्।मंगलबार स्थानीयतहको पदाधिकारीबीच सुशासन सम्वन्धी विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले कुनैपनि कार्यमा भ्रष्टचार गर्ने छुट कसैलाई नहुने प्रस्टाए। कार्यक्रमम�. . .


विराटनगरको नोबेलमा लगाएको कृत्रिम आँखा दुरुस्तै : बिरामी मख्ख, देख्ने छक्क

बिराटनगर, २६ कात्तिक । बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिल�. . .


कटुवा पेस्तोलसहित विराटनगर रानी बोर्डरबाट हतियार बोक्ने भरिया पक्राउ

विराटनगर, २६ कात्तिक । विराटनगर महानगरपालिका–१५ रानीबाट प्रहरीले सोमबार राति कटुवा पेस्तोलसहित हतियार कारोबारीका भरियाको काम गर्ने युवालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट पेस्तोल बोकेर आउँदै गर्दा विराटनगर–५ त्रिमूर्ति चोकका २५ वर्षीय बिल नरसिंह भनिने दिपक गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरी. . .


विराटनगरमा भारतीय विस्तार विरुद्ध मोदी सरकारको चर्को विरोध प्रर्दशन (भिडियो सहित)

विराटनगर, २६ कात्तिक । नेपाली भूमी लिम्पियाधुरा, कालापानीहुँदै लिपुलेकलाई आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक गरेको भन्दै विराटनगरमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । विराटनगरको आर्दश स्कुल कलेजका विद्यार्थीहरुले नेपाली भुमी अतिक्रमित भूमीको फिर्ता माग्दै भारतीय प्रधानमन्त्�. . .


कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै विराटनगरमा विद्यार्थीको प्रदर्शन

विराटनगर । भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै विराटनगरमा नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले जुलुससहित प्रदर्शन गरेका छन् । व्यवस्थापन क्याम्पस ईकाइको आयोजनामा निस्किएको र्यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रध. . .


प्रदेश १ को नाम सहमतीको आधारमा टुङ्ग्याईने मुख्यमन्त्री राईको भनाई

विराटनगर । देशको नाम सहमतिमै कार्यक्रमका अवसरमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको नाम सबै दलको सहमतिमा छिट्टै प्रदेशसभाले टुंगो लगाउने बताए।किरात समुदायमा समाज सुधारको अभियान सुरु गर्ने नेपालका १६ औं राष्ट्रिय विभूति किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्मजयन्त�. . .


प्रदेश १ का पहाडी जिल्लामा गाँजा खेती रोकिएन, प्रहरीको सर्च अभियान

विराटनगर । प्रदेश-१ का पाँच जिल्लाबाट प्रहरीले १ लाख ८५ हजार गाँजाको बोट फडानी गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सर्च अभियानको क्रममा धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र इलाममा गरी १ लाख ८५ हजार भन्दाबढी गाँजाको बोट नष्ट भएको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी �. . .


मोरङका खोलामा अबैध दोहन रोकिएन, जेसिबी नियन्त्रण पछि छाड्न दवाव

विराटनगर । निषेधित घोषणा गरिएको वन क्षेत्र भएर बग्ने खोलाको दोहन भएपछि प्रहरीको सक्रियता बढेको छ । अबैध रुपमा दोहनका लागि प्रयोग भएका तीनवटा जेसिबीलाई चालकसहित मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । खोला उत्खनन् र दोहनमा प्रयोग गरिरहेका बेला एकै पटक तीनवटा जेसिबी पक्राउ परेको यो पहिलो घटना हो । नियन्त�. . .