उदयपुर । उदयपुरमा त्रियुगा नगरपालिका ६ मा गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । २१ बर्षीय राम कुमार सदा लागुऔषध गाँजा सहित पक्राउ परेका हुन् । प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले कटारीबाट गाईघाट तर्फ जाँदै गरेको ना ४ ख ५८२४ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार कटारी–५ बस�. . .
लहान, ११ मङ्सिर (रासस) । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले सिरहाको कल्याणपुर नगरपालिका–१२ मा आजदेखि मदिराजन्य पदार्थको सेवन तथा खरीद बिक्रीमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले उपनिर्वाचन हुने वडा नम्बर १२ मा आजदेखि उपनिर्वाचन सकिएको भोलिपल्ट मङ्सिर १५ गते. . .
भोजपुर । नेत्रविक्रम चन्द नेतृत्व समूहका भोजपुर जिल्ला सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारगार चलन गरिएको छ । मङ्गलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको इजलासले विष्टलाई पुर्पक्षको लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ । विष्टलाई भोजपुर नगरपालिका–१२ बेहेरे दो�. . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी ७१ वर्षीया कमला श्रेष्ठले २५ लाख मूल्य बराबरको जग्गा वडा कार्यालयलाई निःशुल्क प्रदान गर्नुभएको छ । उहाँले पाँच रोपनी जग्गा वडा कार्यालयलाई दान गर्नुभएको हो । जेठा छोरा प्रतापसँगै दिक्तेल आउनुभएकी कमलाले जिल्ला मालपोत कार्यालयमा गएर आफ्नो न�. . .
बालिकाको चोरी गर्ने प्रयास गरेकाे आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ । बङ्गाली भाषामात्र बोल्न जान्ने भएकाले अनुसन्धानका क्रममा बङ्गाली भाषा बुभ्mने . . .
संखुवासभा । यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा राजनैतिक दलले चुनावी प्रचार प्रसार तिव्र बनाएका छन । निर्वाचनको शुन्य समय नजिकिए सगै दलका उमेदवार र नेता कार्यकर्ताले घर दैलो र कोण सभालाई तिव्र बनाएका हुन । संखुवासभा जिल्लामा मकालु गाउँपालिका अध्यक्ष र खाँदवारी नगरपालिका ३ को वडाध्यक्षको उपनिर�. . .
भोेजपुर । भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का अमिन राईको कोरियामा ज्यान गएको छ । रोजगारीका लागि कोरिया गएका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको उहाँका काका धनकुमार राईले जानकारी दिनुभयो । परिवारका अनुसार काम गर्दागर्दै रिंगटा लागेपछि अस्पताल पुर्याउनेबित्तिकै अमिनलाई अस्पतालले मृत घोषणा गरेको थिय. . .
बिबेक दाहाल विराटनगर मङ्सिर १०। झापाका प्रहरी निरिक्षक पप्पु नायकको चर्चा पछिल्लो समय चुलिँदो छ । २०६४ साल असोज २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका ८ जनाको हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्व श्रम मन्त्री मोहम्मद अफताब आलमलाई पप्पुले पक्राउ �. . .
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ । विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीले प्रदेश–१ का धार्मिक तथा पर्यटकीय स्थलहरुलाई �. . .
उदयपुर, मंसिर १० गते । उदयपुरको ताप्ली गाउँपालिका-४ का ५१ बर्षीय होम बहादुर रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार राती साँढे ७ बजेको समयमा यारी खोलाबाट थानागाउ तर्फ धान लोड गरेर जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्याक्टरले पैदल यात्रा गरिरहेका रानालाई ठक्कर दिंदा घाईते भएका रानाको स्थानीय �. . .
ताप्लेजुङ, मंसिर १० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ बस्ने ६० बर्षीया संगिता सुनुवार तमोर नदीले बगाएर बेपत्ता भएकी छन् । सोमवार अपरान्ह पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकी हुन् । नद�. . .
ताप्लेजुङ । पाँचौं उद्योग दिवसका अवसरमा ताप्लेजुङका तीन उद्यमीलाई सम्मान गरिएको छ । स्थानीय स्तरमा घरेलु तथा साना उद्योग खोली उद्योग प्रर्वद्धन र रोजगारी सृजना गरी योगदान पुर्याएबापत उनीहरूलाई सोमवार नगदसहित सम्मान गरिएको हो । फुङलिङ नगरपालिकास्थित आरपी आर्टस् तथा फ्रेमिङ सेन्टरका राजेन्द्र �. . .